प्रेस सेन्टर सुनसरीद्वारा रामधुनीमा आधारभूत पत्रकारिता तालिम आयोजना

  • भदौ १५, २०७९ / नेपाल रेखा
alt

रामधुनी । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सुनसरीको आयोजनामा रामधुनी नगरपालिकाको झुम्कामा तीन दिने आधारभूत पत्रकारिता तालिम बुधबारदेखी शुरु भएको छ ।
तालिममा रामधुनी नगर भरिका ३५ जना युवा, युवतीको सहभागिता रहेको प्रेस सेन्टर सुनसरी जिल्ला अध्यक्ष तिर्थ कार्कीले जानकारी दिए।। पत्रकारिता क्षेत्रमा बिकास र स्वरोजगारका लागि तालिमको आयोजना गरिएको कार्कीको भनाइछ ।
बुधबारको तालिममा प्रशिक्षक सेन्टरका केन्द्रीय सदस्य श्रीशीशा राई रहेका थिए । दोस्रो दिन प्रेस काउन्सिलका पूर्व अध्यक्ष भवानी बरालले सहजीकरण गर्ने अध्यक्ष कार्कीले बताए । साथै तेस्रो तिर्थ कार्कीले नेतृत्व विकास तथा उद्घोषण कलाबारे तालिम दिनेछन् ।
तालिमको उद्घाटन समारोहमा सेन्टरका उपमहासचिव राजन केडी, केन्द्रीय सदस्य अर्जुन शर्मा, नेकपा माओवादी केन्द्र रामधुनीका अध्यक्ष बलराम चौलागाईं, सचिव रमेश दाहाल, नगर पार्टी इन्चार्ज दिनेश चौधरी, पार्टी स्थानीय नेता योगेन्द्र साहको सहभागीता रहेको थियो ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]