पत्रकार सुत्केरी हुँदा २५ हजार सहयोग दिने निर्णय

  • कार्तिक २९, २०७९ / नेपाल रेखा
alt

झापा । नेपाल पत्रकार महासङ्घ झापा शाखाले पत्रकार महिलालाई सुत्केरी हुँदा २५ हजार शल्यक्रिया खर्च उपलब्ध गराउने भएको छ । महासङ्घको हालै सम्पन्न साधारणसभाले सुत्केरी, बिरामी र मृत्यु संस्कारमा सहयोग दिने निर्णय गरेको शाखाका अध्यक्ष एकराज गिरीले बताए । उनका अनुसार महिला पत्रकार सुत्केरी हुँदा शल्यक्रिया गर्नुपरेमा २५ हजार दिने निर्णय गरेको छ भने महासङ्घका सदस्य बिरामी तथा घाइते हुँदा ३० हजार उपचार सहयोग दिइने भएको छ ।
पत्रकारको मृत्यु हुँदा आश्रित परिवारलाई ५० हजार उपलब्ध गराइनेसमेत उनले जानकारी दिए । नेपाल पत्रकार महासङ्घ झापाले पत्रकारको सामाजिक सुरक्षाका लागि एक करोडको पत्रकार उपचार कोष स्थापना गरेको छ । सो कोषमा दाताबाट सहयोग उठाएर हाल ६४ लाख जम्मा भइसकेको छ । कोषको ब्याजबाट पत्रकार बिरामी तथा घाइते भएको अवस्थामा उपचार खर्च यस अघिदेखि नै उपलब्ध गराउन थालिएको छ ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]