इटहरी । संकटपूर्ण परिस्थितिका बीच छापा पत्रकारिताको निरन्तरता कायम गर्दै पूर्वी हटलाइन दैनिकको १३ औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोह इटहरीमा शुक्रबार सम्पन्न भएको छ ।कार्यक्रमका सभापति तथा प्रधान सम्पादक शालीग्राम पाण्डेले प्रतिकूल अवस्थाका बाबजुद पनि पत्रिकाले आफ्नो दायित्व निर्वाह गर्दै आएको बताए । उनले छापा पत्रकारिताले अझै पनि विश्वसनीय सूचनाको स्रोतका रूपमा भूमिका निर्वाह गरिरहेको उल्लेख गरे ।समारोहमा प्रमुख अतिथि प्रा. डा. भीम खतिवडा तथा विशेष अतिथि, पुरस्कारका संस्थापक मोहनप्रसाद ढकालले विभिन्न विधामा सम्मान तथा पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व
इटहरी । हुलाक सेवा विभागको पहलमा द्रुत डाँक सेवा (इएमएस) सम्बन्धी अन्तरक्रिया कार्यक्रम शुक्रबार इटहरीस्थित त्रियुगा होटलमा सम्पन्न भएको छ । जिल्ला हुलाक कार्यालय सुनसरीको समन्वयमा आयोजित कार्यक्रममा हुलाक सेवाको ऐतिहासिक यात्रा, वर्तमान संरचना, सेवा विस्तार र सुधारका सम्भावनासहित छलफल गरिएको हो ।कार्यक्रममा हुलाक सेवा विभाग निर्देशक जमुना मिश्रले नेपालमा हुलाक सेवाको ऐतिहासिक विकासक्रम विषयमा प्रस्तुति दिँदै २०१७ सालदेखि २०८१ सालसम्मका प्रमुख संस्थागत परिवर्तन, विभागीय विस्तार, संरचनागत सुधार र सार्वजानिक सेवा प्रवाहमा हुलाकको योगदानबारे उल्लेख गरिन् ।उनले हुलाक प्रशिक्षण केन्द्र (२०१९), केन्
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालसँग श्रम सम्झौता भएका देशहरूमा अनिवार्य रुपमा हुलाक सेवा सम्झौता गर्नुपर्ने बताउनुभएको छ । हुलाक सेवा विभागले वार्षिक प्रगति समीक्षा तथा अन्तरक्रिया कार्यक्रममा संवोधन गर्दै मन्त्री गुरुङले यस्तो निर्देशन दिनुभएको हो । उहाँका अनुसार हुलाकको पछिल्लो व्यावसायिक सम्भावना पार्सल डेलिभरी रहेको विदेशमा भएका नेपालीको पहुँच सम्म विस्तार बढाउन श्रम सम्झौता भएका देशहरूमा हुलाक सेवाको विस्तार गर्न आवश्यक हुने बताउनुभयो । मन्त्री गुरुङले पार्सले सेवालाई भरपर्दो, व्यापक र विश्वसनीय बनाउन पनि आग्रह गर्नुभयो । अन्तरक्रिय
विराटनगर । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले पत्रकारहरूसँग सहमति नगरी कोशी प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अगाडि नबढ्ने बताएका छन् । उनले प्रदेशका पत्रकार र मिडियाहरूको विकास र संवद्र्धनका लागि विधेयक प्रदेश सभामा सरकारले दर्ता गराएको भए पनि छलफलको कमी र बुझाइमा एकरूपता हुन नसक्दा समस्या भएको बताए । उनले समस्या हुँदा हुँदै पनि सरकार जबरजस्ती रूपमा विधेयक पास गरेर जानु पर्छ भन्नेमा नरहेको बताए । उनले भने, असमझदारी हुँदा हुँदै सरकार कुनै असमझदारीमा जाने, अनुचित अडान राख्ने, पत्रकारहरूसँग द्वन्द्वमा उत्रने कुनै मनाशय छैन&nb
इटहरी । कोशी प्रदेश सरकारले ल्याएको नयाँ आमसञ्चारसम्बन्धी विधेयकप्रति नेपाल पत्रकार महासंघले गम्भीर आपत्ति जनाउँदै विरोध जनाएको छ । महासंघले विधेयक प्रेस स्वतन्त्रतामाथि आघात पुर्याउने र संविधानविपरित रहेको बताएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले आज एक प्रेस विज्ञप्ति जारी गर्दै कोशी प्रदेश सरकारले अघि सारेको ‘कोशी प्रदेश आमसञ्चारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१’ मा सञ्चारमाध्यमको इजाजत खारेजदेखि डेढ लाख रुपैयाँसम्मको जरिवाना गर्ने प्रावधान समेटिनु आपत्तिजनक रहेको बताएको छ । उक्त विधेयक प्रदेश सभाको न्याय प्रशासन तथा विधायन समितिबाट पारित भइसकेको जानकारी पनि म
इटहरी । कोशी प्रदेश सरकारले प्रदेशको सञ्चार क्षेत्र व्यवस्थापनका लागि ल्याएको ‘आम सञ्चार विधेयक’लाई लिएर प्रदेशसभा भित्रै असहमति चुलिएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोले सामाजिक सञ्जालमार्फत विधेयकप्रति गम्भीर आपत्ति जनाउँदै पुनः समितिमा फिर्ता पठाउन माग गरेका छन् ।विधेयक आज प्रदेशसभामा न्याय, प्रशासन तथा विधायन समितिबाट सत्ता गठबन्धनले बहुमतको बलमा पारित गर्दै पेश गरेको छ । तर, माओवादी केन्द्रले विधेयकप्रति प्रष्ट असहमति जनाएको छ । नेता आङ्बोले स्पष्ट रूपमा माओवादीको फरक मत रहेको उल्लेख गरेका छन् ।उनको भनाइमा, ‘प्रदेश
इटहरी । कोशी प्रदेश सरकारले प्रदेशसभामा दर्ता गराएको ‘कोशी प्रदेश आमसञ्चार विधेयक’ प्रति नेपाल पत्रकार महासंघ, कोशी प्रदेश समितिले कडा रूपमा विरोध गरेको छ । प्रेस स्वतन्त्रता र संवैधानिक मर्ममाथि प्रहार गर्ने गरी विधेयक अघि बढाइएमा महासंघले सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ ।महासंघका महासचिव हिमाकुमारी चेम्जोङ्गले बिहीबार जारी विज्ञप्तिमा भनिएको छ, ‘विधेयक न्याय, प्रशासन तथा विधायन समितिबाट सरोकारवालको परामर्श बिना पारित भएको पाइयो । प्रेससँग प्रत्यक्ष सरोकार राख्ने विधेयकमा पत्रकार महासंघ र अन्य सरोकारवालाको सुझावलाई बेवास्ता गरिनु अत्यन्त दुर्भाग्यपूर्ण र लोकतान्त्रि
इटहरी । आज राष्ट्रिय सूचना दिवसको अवसरमा कोशी प्रदेश सांसद सपना परियारले प्रदेश सभामा मन्तव्य दिँदै सूचनाको अधिकार कार्यान्वयनमा देखिएको लापरवाहीप्रति गम्भीर चिन्ता व्यक्त गरिन् ।कोशी प्रदेशकी सांसद सपना परियारले प्रदेश सभामार्फत प्रदेश सरकार र सार्वजनिक निकायहरूको ध्यानाकर्षण गराएकी हुन् ।सूचनाको हक संविधानले धारा २७ मा व्यवस्था गरे पनि आम नागरिकले अझै सार्वजनिक निकायबाट मागिएको सूचना सहज रुपमा नपाइरहेकोप्रति सांसद परियारले गुनासो सुनाइन् । उनले खासगरी महिला, दलित, जनजातिजस्ता सीमान्कृत समुदायको सूचनामाथिको पहुँच सुनिश्चित गर्न जोड दिइन् ।सांसद परियारले उदाहरण दिँदै भनिन्–‘कानुनले
काठमाडौँ । नेपालमा पहिलो पटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी आचारसंहिता जारी गरिएको छ । अनलाइन टिभी पत्रकार सङ्घले ‘अनलाइन टिभी एआई आचारसंहिता २०८२’ जारी गरेको हो । काठमाडौँमा आज आयोजित आचारसंहिता घोषणा समारोहमा सङ्घका अध्यक्ष जीवन भण्डारीले १२बुँदे आचारसंहिता घोषणा गर्नुभएको हो । उहाँले एआईको दुरुपयोग न्यूनीकरण गर्ने र एआईको प्रयोगलाई सही बाटोतर्फ लैजानका लागि आचारसंहिताको आवश्यकता भएकाले एआई आचारसंहिता जारी गरिएको बताउनुभयो । एआईको प्रयोग अनलाइन टिभीहरूमा बढ्ने सम्भावना अत्यधिक देखिएकाले अनलाइन टिभीकर्मीलाई बेलैमा सचेत र जिम्मेवार बनाउन अनलाइन टिभी एआई आचारसंहिताको आवश्यक
काठमाडौँ । प्रेस काउन्सिल नेपालको आयोजनामा डिजिटल मिडिया व्यवस्थापन र पत्रकार आचारसंहिता’ सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा काउन्सिलका बोर्ड सदस्यद्वय शन्तराम बिडारी र नकुल अर्याल, पूर्वसदस्य शुभेच्छाविन्दु तुलाधर, क्रियाशील महिला पत्रकार डब्लुडब्लुजेका अध्यक्ष रामकला खड्का र काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसाललगायतले आचारसंहिताको महत्वबारे प्रकाश पार्नुभएको थियो ।पत्रकारिता पेसालाई मर्यादित, जिम्मेवार र विश्वसनीय बनाउन पत्रकार आचारसंहिता कडाइका साथ पालना गर्नुपर्नेमा वक्ताहरूले जोड दिनुभएको थियो । उहाँहरूले सूचना प्रविधिको विकासले पत्रकारिता क्षेत्रमा नयाँ चु