पूर्वी हटलाइन दैनिक पत्रिकाको १३ औँ वार्षिकोत्सवमा पत्रकार र समाजसेवी सम्मानित

  • वैशाख १२, २०८३ / नेपाल रेखा
alt

इटहरी । संकटपूर्ण परिस्थितिका बीच छापा पत्रकारिताको निरन्तरता कायम गर्दै पूर्वी हटलाइन दैनिकको १३ औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोह इटहरीमा शुक्रबार सम्पन्न भएको छ ।
कार्यक्रमका सभापति तथा प्रधान सम्पादक शालीग्राम पाण्डेले प्रतिकूल अवस्थाका बाबजुद पनि पत्रिकाले आफ्नो दायित्व निर्वाह गर्दै आएको बताए । उनले छापा पत्रकारिताले अझै पनि विश्वसनीय सूचनाको स्रोतका रूपमा भूमिका निर्वाह गरिरहेको उल्लेख गरे ।
समारोहमा प्रमुख अतिथि प्रा. डा. भीम खतिवडा तथा विशेष अतिथि, पुरस्कारका संस्थापक मोहनप्रसाद ढकालले विभिन्न विधामा सम्मान तथा पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य अमर खड्का, समाज सेवी तथा रिजाल्स् भिजन पार्टी प्यालेसका संचालक विष्णु रिजाल, महासंघ सुनसरीका उपाध्यक्ष अर्जुन सुवेदी, सचिव विनय बाह्रकोटी, स्तम्भकार एवम् कोष तथा लेखा नियन्त्रक कार्यालय मोरंगका कार्यालय प्रमुख तोमनाथ उप्रेती, सेवा बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष प्रदीप पोखरेलको उपस्थित रहेको थियो । त्यसै गरी इटहरी साहित्यिक समूहका सचिव जगदिश सापकोटा, इटहरी एफएमका चेतन धमला, साहित्यकार लक्ष्मीप्रसाद पराजुली, जीवन विज्ञान प्रशिक्षक गणेश निरौला, भोजपुर समाजका पूर्व अध्यक्ष उमानाथ ढकाल, सचिव राजन बस्नेत, सल्लाहकार कमल पाण्डे, यातायात मजदुर बिज्ञान राई लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई सम्मान गरिएको छ । समाज सेवी, शिक्षा सेवी, धार्मिक अनुयायी विश्वप्रसाद रिजाल, व्यवसायी तथा समाजसेवी खुमानन्द चापागाईं, बहुमुखी प्रतिभाका धनी डा.कुलबहादुर पाण्डे तथा विज्ञापनदाता स्वोपार्जन साकोसका अध्यक्ष रञ्जन कुमार रेग्मी सम्मानित भएका छन् ।
त्यसैगरी, पत्रकारिता क्षेत्रमा योगदान पुर्याउने पत्रकारहरूलाई नगद ५ हजार ५ सय ५५ रुपैयाँसहित पुरस्कृत गरिएको छ । पुरस्कृत हुनेहरूमा ललिता भट्टराई (मोरङ), सीतादेवी ढकाल स्मृति पत्रकारिता पुरस्कार, राजेन्द्र गौतम (झापा), सीतादेवी ढकाल स्मृति पत्रकारिता पुरस्कार बाट पु्रस्कृत भएका छन् । त्यसै गरी भगीरथ भण्डारी (इलाम) तथा रञ्जना पौडेल (सुनसरी), दीर्घमाया ढकाल स्मृति पुरस्कारबाट सम्मानित भएका छन् ।
पूर्वी हटलाइनद्वारा प्रत्येक वर्ष प्रदान गरिने पूर्वीहटलाइन सीर्जनशील पत्रकारिता पुरस्कार २०८३ फोटो पत्रकार नवीन गड्तौलालाई प्रदान गरिएको छ ।
कार्यक्रममा कार्यकारी सम्पादक राजन केडीले स्वागत मन्तव्य राखेका थिए । सम्मानित व्यक्तित्व विश्व प्रसाद रिजाल, पुरस्कृत व्यक्तित्व राजेन्द्र गौतम, नागरिक समाज इटहरी पूर्व अध्यक्ष बालिका भट्टराई, इटहरी साहित्यिक समूहका अध्यक्ष हेमन्त गौतमले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । प्रमुख अतिथि लगायत अन्य वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्दै चुनौतीपूर्ण समयमा पनि पत्रकारिताको भूमिका अझ महत्वपूर्ण हुने धारणा राखेका थिए ।

गर्मी छल्न पौडी ...

सुनसरीको इनरुवा नगरपालिका-६ स्थित सुनसरी मोरङ सिचाइँ आय ...

गृहमन्त्रीलाई ज्ञाप ...

बाराको निजगढमा मङ्गलबार गृहमन्त्री सुधन गुरुङ ...

भानुजयन्ती प्रभातफेर ...

आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्तीका ...

मादी माध्यमिक विद्या ...

इटहरी । संखुवासभाको मादी माध्यमिक विद्यालय पूर्व विद्या ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]