सूचनाको अधिकार छ तर, सहजरुपमा पाइदैन–सांसद सपना परियार

  • भदौ ३, २०८२ / नेपाल रेखा
alt

इटहरी । आज राष्ट्रिय सूचना दिवसको अवसरमा कोशी प्रदेश सांसद सपना परियारले प्रदेश सभामा मन्तव्य दिँदै सूचनाको अधिकार कार्यान्वयनमा देखिएको लापरवाहीप्रति गम्भीर चिन्ता व्यक्त गरिन् ।
कोशी प्रदेशकी सांसद सपना परियारले प्रदेश सभामार्फत प्रदेश सरकार र सार्वजनिक निकायहरूको ध्यानाकर्षण गराएकी हुन् ।
सूचनाको हक संविधानले धारा २७ मा व्यवस्था गरे पनि आम नागरिकले अझै सार्वजनिक निकायबाट मागिएको सूचना सहज रुपमा नपाइरहेकोप्रति सांसद परियारले गुनासो सुनाइन् । उनले खासगरी महिला, दलित, जनजातिजस्ता सीमान्कृत समुदायको सूचनामाथिको पहुँच सुनिश्चित गर्न जोड दिइन् ।
सांसद परियारले उदाहरण दिँदै भनिन्–‘कानुनले २० वर्षसम्मका सूचनाको विवरण राख्नुपर्ने भने पनि आज पाँच वर्षअघिको सूचना माग्दा ‘फाइल हरायो’, ‘कार्यालय सरेको हो’ भनेर जवाफ दिइन्छ ।’ उनले यस्तो अवस्था सच्याउन सूचना प्रणालीलाई प्रविधिमैत्री बनाउने र सार्वजनिक निकायलाई पारदर्शी बनाउन आग्रह गरिन् ।

गर्मी छल्न पौडी ...

सुनसरीको इनरुवा नगरपालिका-६ स्थित सुनसरी मोरङ सिचाइँ आय ...

गृहमन्त्रीलाई ज्ञाप ...

बाराको निजगढमा मङ्गलबार गृहमन्त्री सुधन गुरुङ ...

भानुजयन्ती प्रभातफेर ...

आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्तीका ...

मादी माध्यमिक विद्या ...

इटहरी । संखुवासभाको मादी माध्यमिक विद्यालय पूर्व विद्या ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]