मुख्य समाचार

    Showing ५१-६० of ९१ items.
  • सरकारद्वारा कोरोना नियन्त्रण खर्च सार्वजनिक

    काठमाडौँ । सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रण कार्यमा अहिलेसम्म करिब आठ अर्ब ३९ करोड रुपियाँ खर्चको विवरण सार्वजनिक गरेको छ  ।कोरोना परीक्षण प्रयोगशाला, आइसोलेसन स्थापना, कोरोना अस्पताल तथा क्वारेन्टाइन निर्माण, औषधि तथा स्वास्थ्य सामग्रीको खरिदमा सो खर्च भएको जनाइएको छ । नेपालमा पहिलो सङ्क्रमण आशङ्कामा सङ्कलन गरिएको स्वाब नमुना परीक्षणका लागि हङ्कङ पठाइएको थियो । गुणस्तरीय र व्यवस्थित प्रयोगशालाको अभाव रहेको अवस्थाबाट तीन महिनाको अवधिमा देशमा २० भन्दा बढी प्रयोगशाला सरकारले स्थापना गरिसकेको छ । भारतलगायत विभिन्न देशबाट आएका एक लाख ५८ हजार ५० जना नेपाली अहिले क

    • प्रकाशित मितिः जेठ ३१, २०७७
    • ३०४ पटक पढिएको
    • "नेपाल रेखा"
  • धुमधामका साथ भइरहेको बालविवाह रोकियो

    सोलुखुम्बु । थुलुङ दूधकोशी गाउँपालिका–९ लोखिममा धुमधामका साथ भइरहेको बालविवाह रोकिएको छ । आइतबार तामझामका साथ दुलहीको घरमा दुलहासहित जन्ती आएको गोप्य सूचना पाएपछि जनप्रतिनिधि र प्रहरी पुगेर उक्त बालविवाह रोकेको वडाध्यक्ष भूपालसिं राईले जानकारी दिनुभयो । वडाध्यक्ष राईका अनुसार लोखिमका एक १९ वर्षीय युवक र १६ वर्षीया युवतीबीच दुवैको मञ्जुरीमा नै विवाह भइरहेको थियो । प्रहरी र जनप्रतिनिधि बेहुलीको घरैमा पुगेर दुवै पक्षलाई सम्झाइबुझाई विवाह रद्द गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो । मुलुकी अपराध संहिता, २०७४ को दफा १७३ को

    • प्रकाशित मितिः जेठ २६, २०७७
    • १६४ पटक पढिएको
    • "नेपाल रेखा"
  • प्रदेश १ को नीति कार्यक्रमः मेरो कृषि, मेरो पौरख

    विराटनगर । प्रदेश नम्बर १ को सरकारका तर्फबाट प्रदेशसभामा वार्षिक नीति तथा कार्यक्रम पेश भएको छ । प्रदेशसभा नियमावली, २०७४ को नियम ३५ (१) बमोजिम प्रदेश प्रमुख सोमनाथ अधिकारी‘प्यासी’ले आर्थिक वर्ष २०७७÷७८ का लागि सो कार्यक्रम सदनमा प्रस्तुत गर्नुभयो । नीति तथा कार्यक्रममा कोरोना भाइरसको महामारीद्वारा सिर्जिएको सङ्कटबाट प्रदेशलाई मुक्त गर्नु प्रदेश नं १ सरकारको पहिलो दायित्व हुने हुने उल्लेख छ । नीति कार्यक्रममा आगामी आर्थिक वर्ष २०७७÷७८ मा स्वास्थ्य र कृषि पहिलो प्राथमिकतामा रहने उल्लेख छ । कोभिड–१९को नियन्त्रण, रोकथाम र उपचार कार्यमा खटिने स्वास्थ्यकर्मी, अन्य

    • प्रकाशित मितिः जेठ २४, २०७७
    • ३३९ पटक पढिएको
    • "नेपाल रेखा"
  • ६१ जिल्लामा सङ्क्रमण, २६६ जना डिस्चार्ज

    काठमाडौँ । कोभिड–१९ को सङ्क्रमण नेपालका ६१ जिल्लामा देखा परेको छ । पछिल्लो रिपोर्ट अनुसार प्यूठानमा एक र पर्वतमा सातजनामा सङ्क्रमण देखिएपछि सङ्क्रमितको जिल्ला ६१ पुगेको हो । कोभिड–१९ को सङ्क्रमण जेठ २० गते मंगलबार एकै दिन २८८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको रिपोर्ट अनुसार विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा २७० पुरुष र १८ महिलामा सङ्क्रमण देखिएको हो । यसअघि सोमबार २३९, गत शनिवार १८९ र गत शुक्रबार १७० जनामा सङ्क्रमण देखिएको थियो । योसँगै सङ्क्रमितको सङ्ख्या दुई हजार ९९ पुगेको छ । तीमध्ये पुरुष एक हजार ९४९ र महिला १५० रहेका छन् । एकै

    • प्रकाशित मितिः जेठ २१, २०७७
    • १२१ पटक पढिएको
    • "नेपाल रेखा"
  • विनियोजन विधेयक २०७७ स्वीकृत

    काठमाडौँ । प्रतिनिधिसभाको सोमबारको बैठकमा ‘विनियोजन विधेयक २०७७’ स्वीकृत भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले संसद्मा प्रस्तुत गर्नुभएको सो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको हो । विधेयक स्वीकृत हुनुपूर्व विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदले कोरोना नियन्त्रण र त्यसबाट प्रभावित भएका नागरिकको सुरक्षामा ध्यान दिनुपर्ने बताउनुभएको थियो । सांसदको जिज्ञासामा अर्थमन्त्री डा. खतिवडाले स्वास्थ्य क्षेत्रमा यसपालिको बजेट केन्द्रित भएको स्पष्ट पार्नुभयो । उहाँले स्वास्थ्य सामग्री खरीदका लागि रु पाँच अर्ब थप निकासा गरिसकिएको र कोभिड–१९ सङ्क्रमण रोक्न राहत

    • प्रकाशित मितिः जेठ २०, २०७७
    • ४४१ पटक पढिएको
    • "नेपाल रेखा"
  • संघीय सरकारले ल्यायो रोजगार केन्द्रित बजेट

    इटहरी । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७÷७८ लागि प्रस्तुत गर्नुभएको बजेटमा रोजगारीलाई प्राथमिकतामा राखिएको छ । गरीबी निवारण कोषद्वारा प्रवद्र्धित ३२ हजारभन्दा बढी संस्थालाई सहकारी प्रणालीमा रूपान्तरण गरी १ लाख ५० हजार रोजगारी सृजना गरिने अर्थमन्त्रीले बजेट वक्तव्यमा भनेका छन् ।वैदेशिक रोजगार प्रवद्र्धन कोषलाई रोजगारी पुनःस्थापना गर्ने कार्यक्रममा उपयोग गर्ने सरकारको तयारी छ । वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूको शीप, अनुभव र रुचिको अभिलेख बनाई उनीहरूलाई देशभित्र नै रोजगारी दिने नीति सरकारले लिएको छ । हेरौं सरकारको तयारी बुँदागत रुपमाः –स्थानीय तहबाट सञ्चालन हुने

    • प्रकाशित मितिः जेठ १६, २०७७
    • ३५२ पटक पढिएको
    • "नेपाल रेखा"
  • प्रदेश नम्बर १ मा ४० हजार बढी नागरिकको पीसीआर परीक्षण गरिने

    इटहरी । कोरोना संक्रमित बढ्दै गएपछि प्रदेश नम्बर १ मा ४० हजार बढी नागरिकको पीसीआर परीक्षण गरिने भएको छ ।प्रदेश १ मा शुक्रबार सम्म कूल संक्रमितको संख्या ८५ पुगेको छ ।मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा शुक्रबार बसेको क्राइसिस म्यानेजमेन्ट सेन्टर प्रादेशिक समितिको बैठकले कोभिड–१९ को परीक्षण कार्ययोजना स्वीकृत समेत गर्दै ४० हजार बढीको पीसीआर परिक्षण गराइने भएको हो ।भारतबाट फर्किएका र आगामी दिनमा फर्किनेहरूको पहिचान गर्दै परीक्षणको दायरा बढाउने बैठकले निर्णय गरेको हो ।दैनिक एक हजारका दरले पीसीआर परीक्षण गर्ने गरी जनशक्तिसहितको व्यवस्थापन गर्न लागिएको मुख्यमन्त्री शेरधन राईले बताउनु भयो । स्

    • प्रकाशित मितिः जेठ ९, २०७७
    • २२८ पटक पढिएको
    • "नेपाल रेखा"
  • नेपालमा पहिलो पटक कोभिड–१९ बाट महिलाको मृत्यु

    काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिन्धुपाञ्चोककी २९ वर्षीया महिलाको मृत्यु कोभिड–१९ बाट भएको पुष्टि गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले मृतकको कोभिड–१९ संँग सम्बन्धित थप परीक्षणपछि कोरोना भाइरसबाट मृत्यु भएको बताउनुभएको छ । नेपालमा कोभिड–१९ बाट मृत्यु भएको यो पहिलो घटना हो । अहिलेसम्म कोरोना सङ्क्रमित ३६ जना उपचारपछि घर फर्किसकेका छन् । उहाँका अनुसार ती महिला गत वैशाख २३ गते त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भई वैशाख २४ गते साधारण तरिकाले सुत्केरी भएकी थिइन् । सुत्केरी भएपछि ती महिला वैशाख २५ गते डिस्चार्ज भएर सिन्धुपाल्चोक घर गए

    • प्रकाशित मितिः जेठ ४, २०७७
    • १५४ पटक पढिएको
    • "नेपाल रेखा"
  • दार्चुलाको छाङरुमा सीमा सुरक्षा पोष्ट स्थापना

    काठमाडौँ । दार्चुलाको कालापानी क्षेत्रमा सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीको छाङरुमा सीमा सुरक्षा पोष्ट स्थापना गरिएको छ ।आज बुधबार हेलिकोप्टरबाट बन्दोबस्तीको सामानसहित गएको टोलीले सुरक्षाा पोष्ट स्थापना गरेको हो । सो क्षेत्रमा छिमेकी देश भारतले नेपालकोे सीमा मिचेर सडक बनाएको भनी जनस्तरबाट व्यापक आक्रोश व्यक्त गरिदै छ । जनस्तरबाट आफ्नो देशको सीमाको सुरक्षा गर्नु पर्ने माग उठिरहेको बेला नेपाल सरकारको तर्फबाट पनि यसबारेमा पहलकदमी अघि बढाइएको छ । दार्चुला सदरमुकामको नेपाली सेनाको ब्यारेकमा हेलिकोप्टर अवतरण गराइएको थियो । त्यहीँबाट सशस्त्र प्रहरीको १२ जनाको टोलीलाई छाङरुमा गएको छ । त्यहाँ २५ जना

    • प्रकाशित मितिः बैशाख ३१, २०७७
    • १८३ पटक पढिएको
    • "नेपाल रेखा"
  • अर्थतन्त्रलाई आत्मनिर्भर र रोजगारमुखी बनाईनु पर्ने

    काठमाण्डौ । सरकारले अर्थतन्त्रलाई आत्मनिर्भर र रोजगारमुखी बनाउनु पर्ने भन्दै सांसदहरुले आ–आफ्नो धारणाहरु ब्यक्त गरेका छन् ।प्रतिनिधिसभाको बैठकमा आब २०७७÷७८ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताब बाहेक) सम्बन्धमा छलफल भएको छ । छलफलमा भाग लिँदै सवै सांसदहरुले कोभिड–१९ ले पारेको नकारात्मक असरलाई पनि ध्यानमा राखेर आर्थिक विकासका योजना अघि बढाउनु पर्ने कुरा धारण राखेका छन् । अर्थमन्त्रि डा. यूवराज खतिवडाले पेश गरेको बिधेयक आफैमा महत्वपुर्ण रहेको बताउँदै सांसदहरुले यसलाई बढि प्रभावकारी बनाएर बजेट ल्याउनु पर्ने छलफलमा सहभागी सांसदहरुले सुझाएका छन् । सांसदहरु

    • प्रकाशित मितिः बैशाख ३०, २०७७
    • ३३२ पटक पढिएको
    • "नेपाल रेखा"

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]