जनक पाण्डे
इटहरी / कतिपय सवारी चालकहरुलाई जोर बिजोर प्रणाली बारे अनभिज्ञ रहेको बताएपछि सवारी साधनहरु बिच बाटोमा चेकजाँचको क्रममा प्रहरी नियन्त्रणमा परेपछि बाटोमा अलपत्र पर्ने गरेका छन् ।
जोर बिजोरबारे थाहा नपाएर को१ख ४७५५ नम्बरका ट्रिपर चालक धर्मेन्द्र सुब्बाले शनिबार बिहान मोरङ्गको लेटाङ्ग बाट सुनसरीको प्रकाशपूर पुगेर ११ः०० बजे इटहरी आउदा चोकमा गाडी रोक्दा मात्र आफूलाई जोरबिजोर प्रणाली अन्तर्गत आफ्नो गाडीको पालो नभएको थाहा पाएका थिए ।
आइतबार बिहान इटहरी उपमहानगरपालिका ५ नं. बडामा सिटीसफारी मोटरसाइकल लगायतका झण्डै १०० सवारी साधनहरु नियन्त्रणमा लिइए र सांझ ५ बजे सवारी धनीलाई दिइयो । कतिपय नागरिकहरुलाई जोरबिजोर प्रणालीबारे थाहा नभएको पो होकी भन्ने पूर्वीहटलाइनको प्रश्नमा–जोर गते जोर नम्वर बिजोर गते बिजोर नम्बरका सवारी चलाउन जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केसी बताउँछन् । जस्तो १९ गते बिजोर संख्या भएकोले बिजोर नम्बरका सवारी साधन चलाउने अनुमति भएको र त्यस्तै २० गते जोर संख्या भएकोले जोर नम्बरका सवारी चलाउने अनुमति भएको भन्ने नागरिकले बुझ्नु पर्ने प्रशासनको सूचना हो ।
यसैगरेर आइतबार बिहान आपतकालिन अवस्थाका बाहेक इटहरी उपमहानगरपालिकामा दुई सय १७ वटा मोटर साईकल, २१ वटा सफारी र अटो त्यस्तै ३ वटा कार जोर बिजोर प्रणाली अनुसार अनुमतिमा नपरेका सवारी साधनहरु नियन्त्रणमा लिएर ५ः०० वजे पश्चात सवारी धनीलाई जिम्मा दिइएको इलाका प्रहरी कर्यालय इटहरीले जनाएको छ ।
यसैबिच निशेधाज्ञाको अवज्ञा गर्नेहरु पनि प्रहरीको नियन्त्रणमा परेको खवर छ । निशेधाज्ञाको समयमा अवज्ञा गर्दै पशलहरु खोल्ने ३७ जना व्यापारी मानिसहरुलाई पनि केहि समय नियन्त्रणमा सम्झाई बुझाई आगामी समयमा यस्तो गर्ने गरि पठाइएको ईप्रका इटहरीका डिएसपी अर्जुन केसीले जानकारी दिए ।
महामारी नियन्त्रणका लागि ५ नं. वडाबाट जनसमर्थन सहित धेरैजासो नागरिकको सकारात्मक बिचार रहेको साथै निशेधाज्ञाको पूर्ण पालना भएको वडा प्रहरी चौकीका इन्चार्ज गंगाबहादुर तामाङ्गले बताएका छन् ।
आपतकालिन अवस्थामा कागजपत्र हेरी सवारी चलाउन दिइएको वडा चौकीले जनाएको छ । गत सुक्रबार राति १२ः०० बजेदेखि सुनसरीमा निशेधाज्ञा जारी भएपछि जिल्ला प्रसासन कार्यालयले सवारी साधनहरुलाई जोर बिजोर प्रणालीमा संचालन गराउने सूचना जारी भएको छ ।
नयाँ प्रकारको कोरोना भाइरसको संक्रमणको ग्राफ दिनहुँ बढ्दै गएपछि नियन्त्रणका लागि आपतकालिन अवस्थामा बाहेक जोरबिजोर प्रणाली मार्फत जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरका सवारी साधनहरु चलाउन सवैमा प्रसासनले सूचना जारि गरेको छ । आइतबारको कोरोना संक्रमणको ग्राफ अहिलेसम्मको उच्च सातहजार २ सय ११ पुगेको तथ्याँङ्कले देखाउँछ ।