खोप कहिले सरकार... "नागरिक खोप माग्दै, स्थानिय सरकार अझै अलमलमा"

  • जेठ ४, २०७८ / "नेपाल रेखा"
alt

जनक पाण्डे
सुनसरी÷मुलुकमा कोरोना संक्रमणको ग्राफ बढेसंगै अहिले स्थानीय स्तरमा समेत खोपबारे नागरिकहरुको चासो र चिन्ता बढ्न थालेको छ । मोरङ्गमा पहिलो डोजको खोप लगाएका नागरिकहरु दोस्रो डोजको खोप लगाउन पाइने हो या नपाइने हो कि त कहिले पाइने हो ? भनेर आ–आफ्नो पायक पर्ने नगरपालिकामा फोन गर्ने गरेको बिभिन्न पालिकाको कार्यालयहरुले जनाएका छन् । उर्लाबारी, पथरीशनिश्चरे, बेलबारी नगरपालिकाहरुमा नागरिकले कोरोना भाईरस बिरुद्धको खोपबारे टेलिफोनबाट चासो ब्यक्त गर्ने गरेको नगरपालिकाको कार्यालयहरुले जनाएका छन् ।


त्यसैगरी, मोरङ्गकै सुन्दरहरैंचा नगरपालिकामा पनि खोपबारे नागरिकले सोध्ने गरेको नगर प्रमुख शिवप्रसाद ढकालले जानकारी दिएका छन् । सरकारले खोप पठाए आफुहरुसंग योजना र म्यानपावर दुवै भएकाले तुरुन्त खोप लगाउन सुरु गर्ने सुन्दरहरैंचा नगरपालिका नगर प्रमुख ढकालले बताएका छन् ।


‘सरकारले खोप नदिई कसरी लगाउने...?’ संघिय सरकारले खोप पठाउन नसकेको भन्दै नगर प्रमुख ढकालले भने– ‘हामिसंग प्लानिङ्ग छ, म्यानपावर छ खोप पाउने बित्तिकै सुरु गर्छाैं’ । अहिले आफूलाई चाहिएको असी हजार डोज खोप नगरले माग गरिरहेकोछ । तर सरकार अलमलिएको अवस्थामा रहेको नगर प्रमुख ढकालले बताएका छन् । हिजोका दिनमा खोप लगाउन सबै डराएको स्थिति थियो । आज सबै आत्तिएको यो अवस्थामा खोपको माग पनि बढ्दो रहेको बताउँदै अहिले सत्प्रतिसत नागरिकहरु खोप लगाउन चाहेको कुरा पनि नगर प्रमुख ढकालले जानकारी दिएका छन् ।


उता, पथरीशनिश्चरे नगर पालिकाले संघिय सरकारले खोप पठाएको भोलिपल्ट नै नगरले खोप लगाउन सुरु गर्ने बताएको छ । जेठ पहिलो हप्ता भित्रमा स्वास्थ्य मन्त्रालयबाट खोप पठाउने सूचना आएको र ६ गते खोप पाए आफूहरुले ७ गते बाटै खोप कार्यक्रम सुरु गर्ने पथरीशनिश्चरे नगरपालिकाका प्रमुख दिलिपकुमार राईले बताएका छन् ।


त्यस्तै बेलबारी नगर पालिकाले यो खोप आफ्नो बुतामा भएको भए नगरवासीहरुलाई लगाइसक्ने बताएको छ । खोप केन्द्रबाट आउने हो अहिले आएको छैन खोप प्राप्त गर्न नगरले समन्वय गरिसकेको र आफुहरुले प्राप्त गर्ने बित्तिकै नागरिक स्तरमा खबर गरेर खोप कार्यक्रम सञ्चालन गर्ने बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताएका छन् ।


उता उर्लाबारी नगरपालिकामा खोप ६ गते मोरङ्ग जिल्लामा आइपुग्ने भएको र नगरले जेठ ११ गते देखि वडाहरुमा खोप लगाउन सुरु गर्ने जनाएको छ । खोपका लागि नगरबासीको समेत चासो रहदै आएकोले नगरले पहल गरेको र ११ गते देखि खोप कार्यक्रम सञ्चालन गर्न आफूहरुले तयारी थालेको नगर प्रमुख खड्ग फागोले जानकारी दिएका छन् ।


मुलुक कोरोनाले आक्रान्त बनिरहेका बेला आफ्ना नागरिकको जिवन रक्षा गर्नु सरकारको पहिलो जिम्मेवारी हो । मंगलबार साँझसम्म देशभर ८ हजार दुई सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार २० हजार ९ सय ७९ जनामा कोरोना परिक्षण गरिएको थियो । यो अवधिमा थप एक सय ९६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको जम्मा संख्या पाँच हजार चार सय ११ पुगेको छ । ६ हजार ८ सय ९१ निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ ।


फाल्गुण महिनामा पचास बर्ष भन्दा माथि उमेर समूहका जेष्ठ नागरिकलाई पहिलो चरणमा लगाइएको खोपको दोस्रो चरणको मात्रा तीन महिना कटिसक्न लाग्दा पनि सरकारले खोप दिन सकेको छैन । दोस्रो चरणको खोप कहिले आउला र लगाउने भन्नेबारे स्थानीय सरकार अझै अलमलमा परेको देखिएको छ । अर्कातिर नागरिकहरु कहिले खोप लगाएर यो महामारीबाट सुरक्षित हुन सकिएला भनेर खोपको पर्खाइमा बसिरहेका छन् । कोरोना बिरुद्धको यो खोप तीन महिना भित्रमा दोस्रो मात्रा डोज लगाउनु पर्ने भन्ने स्वस्थ्य निर्देशिकामा रहेको छ ।



मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]