नेपालरेखा सुुनसरी । नयाँ भेरियन्ट सहितको दोस्रो लहरको कोरोना संक्रमण बढीरहेको बेला बन्द र निषेधाज्ञाले सर्वसाधारण बढी प्रभाबित भईरहेका छन् । दिनहुुँजसो कोरोना संक्रमित संख्या बढिरहँदा निषेधाज्ञा र बजार बन्द अझै लम्बिने या छोटिने भन्ने कुुराले किनमेलका लागि बजार र तथा बित्तिय संस्थामा समेत भिडभाड बढेका छन् ।
बजार, बित्तिय संस्था हरुमा भिडभाड बढ्दा सर्वसाधारण तथा सेवाग्राहीहरुले असुुरक्षा महसुुस गर्न थालेका गुुनासाहरु आएका छन् । त्रासकै माझ पनि कामकालागि बजार निस्कनु पर्ने सवसाधारणको बाध्यता एकातिर छ भने अर्कातिर निश्चित समयका लागि खुुलेका बजार र बितिय संस्थामा जाँदा लामो समय सम्म बाक्लो लाइन बस्नुु पर्दा बजार तथा बितिय संस्थाका सेवाग्राहि हरुले कोरोना जोखिमका कारण असुुरक्षा महशुुस गरेका हुन् । मंगलबार सम्म कोरोना संक्रमितको संख्या सात हजार ६ सय ६० पुुुगेको छ ।
कार्यालयहरुमा सेवा प्रवाहमा हुने ढिलासुुस्ती ले यस्तो महामारीको बेला सर्वसाधारणले झन मार खेख्नुु परेको गुुनासो इटहरी ५ का रोहित दुुलालको रहेको छ । कामका लागि ग्लोवल आइएमई बैक इटहरी शाखा पुुगेका दुुलाल बैंकमा टोकन प्रणाली नगरिदिंदा सेवाग्राहिहरु कोरोना जोखिम मोलेर धेरैवेर बाक्लो लाईन बस्नुु परेको गुुनासो उनले सुनाए ।
त्यस्तै अर्का ईटहरी ९ का सेवाग्राहि बिनोद भाटी को पनि गुुनासो उस्तै छ । स्टाफ बढाएर सेवा प्रवाह छिटो छरितो बनाउनुु पर्ने साथै सेवाग्राहिलाई टोकन दिएर कार्यालयमा हुुने भिडभाडलाई ब्यवस्थापन गर्नुपर्ने सेवाग्राही भाटीको सुुझाव रहेको छ ।
त्यसैगरेर ईटहरी ५ की राधिका लुुईटेल पनि यो कोरोना महामारीको बेला यसरी बाक्लो लाईनमा धेरैबेर बस्नुुपर्दा कोरोना जोखिमले असुुरक्षा महशुुस भईरहेको बताइन् ।
उता बैकका प्रवन्धक बिनोद कार्की बैंकमा हुुने यो अकेजनल भिड भएको जनाएका छन् । सेवाग्राहिलाई दुुख दिने नियत आफुुहरुको नभएको प्रवन्धक कार्की बताउँछन् । वहुुआयामिक सेवा र सुुविधा बैंकमा भएको जस्तो राजस्व भूूक्तानी, लोकसेवाको कलेक्सन जस्ता सुुबिधाले सेवाग्राहिको भिड बढेको प्रवन्धक कार्कीको भनाई छ । कार्यस्थल भित्र भिड नभएको ५ देखि ६ जना सम्म सेवाग्राहिलाई भित्र बोलाउँदै सेवा प्रवाह भईरहेको पनि कार्कीले बताएका छन् । बचत जम्मालाई प्राथमिकता दिंदै चार जना टेलर र एक जना हेड टेलर स्टाफ सहित काउन्टरवाट सेवा प्रवाह भईरहेको बैंकले जनाएको छ ।
भिड नियन्त्रणकै लागि भनेर टोकन प्रणालि रोकिएको पनि कार्कीले बताएका छन् । टोकन दिएपछि भित्र झन धेरै भिड हुुँदा जोखिमको सम्भावना पनि हुुनसक्ने कुुरालाई सेवाग्राहिले बुुझिदिन प्रवन्धक कार्कीले आग्रह गरेका छन् । गत बर्ष यस बैंकका जम्मा ३२ जन स्टाफमा २२ जनामा कोरोना संक्रमण देखिएको पनि कार्कीले बताएका छन् ।
तिन बजेसम्मको नरमल काउन्टर पनि पाँच बजेसम्म आफुुहरुले सेवा प्रवाह गर्ने गरेको बैंकका प्रवन्धक बिनोद कार्की बताउँछन्। खासगरेर शेयर डिम्याट खाता खोल्ने सेवाग्राहिहरु समेत अहिले आउनुु भएकोले अलि भिड बढ्न गएको कार्कीले बताएका छन् ।
टो्कन मार्फत काम गराउँदा आफुुहरुलाई कुुनै असहज नहुुने बरु भित्र भिड धेरै हुुने भएकोले बाहिर बाट सेवाग्राहिलाई पालोसंग बोलाउँदै सेवा प्रवाह गरेको कार्कीले बताएका छन् । टोकन को ब्यवस्था सहित सजगता अपनाएर यो महामारिको समयमा सुुरक्षित र छिटो छरितो सेवा प्रवाह गर्न आन्तरिक गाईडलाईन समेत तयार गर्दै गरेको बैंकले जानकारी दिएको छ ।