बन्दाबन्दिमा गाडी नपाउदा एक ७७ वर्षिय बृद्धाले घर फर्किन पाएनन्

  • जेठ ७, २०७८ / "नेपाल रेखा"
alt

https://youtu.be/3KLAk9pnjSs  भिडियो हेर्न यो छेउको लिंकमा थिच्नुहोस ।


नेपालरेखा / सुनसरी । महामारी नियन्त्रण तथा रोकथामका लागि बिभिन्न जिल्लामा स्थानिय प्रसासनले निषेधाज्ञा जारि गरेपछि ईटहरीमा रोकिएका भोजपूरका एक ७७ बर्षिय बृद्धा घर कसरी फर्किने भन्ने बारे पिरोलिएका छन् ।


सुनसरीमा बैसाख १७ गते देखी यता निरन्तर निषेधाज्ञा जारी रहँदा ब्यावशाय, बजार, यातायात ठप्प रहेको छ । यातायात र बजार बन्दरहँदा आवतजावत पनि पूर्णतः बन्द नै रहेकोले घर फर्किन सवारी साधन नपाउँदा ईटहरीमा बिगत २२ दिनदेखी भोजपूरका ७७ बर्षिय बृद्धा लक्ष्मीबहादुर तामाङ्ग घर फर्किन नपाउदा चिन्तित बनेका हुन् ।


बिगत २२ दिनदेखी बन्दाबन्दिका कारण घर जान नपाएर यही ईटहरीमा समय बिताउँदै आएको लक्ष्मीबहादुर तामाङ्ग बताउँछन् । र्ईटहरीको धरान लाईनमा शडक र टहरातिर आस्रय लिई बस्दै आएका बृद्ध लक्ष्मीबहादुर तामाङ्ग भोजपूरको काफ्ले दिङ्गला जानेबाटो नजिकै आफ्नो घर रहेको बताएका छन् । भोजपूर तिवारी भञ्ज्याँङ्ग मा बहिनीको घर रहेको उनले बताएका छन् । उनि कसैले घर फर्किन यातायातको ब्यवस्था मिलाई दिए घर फर्किन चाहेको बताएका छन् । आफुलाई त्यहीँ तिवारी भञ्ज्याँङ्ग बहिनीको घर सम्म जान पाएपनि हुन्थ्यो भनेर बृद्ध तामाङ्गले नेपालरेखासंग कुराकानीमा भने ।


भोजपूरमा लक्ष्मीबहादुर तामाङ्गका ९८ बर्षका काका रहेका छन् । काकाका छोरा प्लम्बिङ्गको काम गर्ने उनले बताएका छन् । गत चैत महिनामा मोरङ्गको सुन्दर दुलारीमा आफन्त भेट्न आएका ति बृद्ध तामाङ्ग लकडाउन भएपछि घर भोजपूर जान नपाएको बताएका छन् । उनले भोजपूर बाट बृद्ध भत्ता पाईरहेको पनि बताएका छन् । घर जान नपाउँदा बृद्धा भत्ता अरु कसैले लगिदेलान कि भन्ने पीर पनि लक्ष्मीबहादुर तामाङ्गलाई छ ।

189200699_5534524513288960_3785356558938461837_n


बृद्ध तामाङ्ग सहित सूनसरीमा निषेधाज्ञा लागूभए यता र्ईटहरीको धरानलाईनमा शडक र टहरातिर आस्रय लिएर अन्य दई जना बालकहरु पनि बस्दै आएका छन् ।


बन्दाबन्दिमा खानाको जोहो गर्न उनिहरु ईटहरी र आसपासका मोरङ्गको बस्तीहरुमा गई सहयोगको याचना गर्ने गरेका छन् । खानाको लागि चामल, दाल, तरकारी तथा नगद सहयोगबाट निर्वाह गर्ने गरेको ति दुई बालक मध्ये आफ्नो नाम पवन पौडेल बताउने १५ बर्षिय बालक सुनाउँछन् । कहिलेकाँही खाना पनि आफै शडक पेटीमा पकाएर खानेगरेको ति बालक बताउँछन् । उनिहरुसंग भाँडाकूँडा बस्तीबाट सहयोग दिएको बालक पवन पौडेलले बताए ।


आफूलाई कसैले काम दिए उनीहरु काम गर्न ईच्छुर रहेको ति बालक बताउँछन् । उनिहरुले आफु पढ्न चाहेको कुरा पनि खुलासा गरेका छन् । अभिभावक नभएको र घर परिवार बाट हेला गरेर आफूले घर छोडेको बताउने ति बालकहरु आफुलाई कुनै मनकारी संस्थाले लगेर पढाई दिए आफुहरु पढ्न जाने बताएका छन् । उनिहरुले प्राथमिक तहको पढाई सकेको बताएका छन् ।

https://youtu.be/3KLAk9pnjSs  भिडियो हेर्न यो छेउको लिंकमा थिच्नुहोस ।

 

 

सिमरा सेजको चार सय न ...

वीरगञ्ज । सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) प्राधिक ...

ट्राफिक नियम उल्लङ्घ ...

काठमाडौँ । के तपाईँ ट्राफिक नियम उल्लङ्घनमा परेपछि प्रह ...

नेपालका प्रजनन स्वास ...

काठमाडौँ । अष्ट्रेलियाको मेलबर्नमा चार दिनसम्म चलेको वि ...

स्वयम्भूनाथमा भक्तजन ...

२५७०औँ बुद्धजयन्तीका अवसरमा आज काठमाडौँको स्व ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]