समाज

    Showing 21-30 of 181 items.
  • समुदायको सहयोगमा पुनर्निर्मित पकली प्रहरी कार्यालयको आय–व्यय सार्वजनिक

    पकली । सुनसरीको पकली इलाका प्रहरी कार्यालय पुनर्निर्माण तथा संरक्षण समितिले शनिबार एक कार्यक्रमको बीचमा आफ्नो आय–व्यय सार्वजनिक गरेको छ ।कार्यक्रममा समितिका अध्यक्ष ज्ञानबहादुर बस्नेतले आपतकालीन अवस्थामा प्रहरी र समुदायबीच सहकार्य आवश्यक हुने बताए । उनका अनुसार, भदौ २४ गते भएको आगलागीमा प्रहरी कार्यालय क्षतिग्रस्त भएपछि सुरक्षाको आवश्यकता महसुस गर्दै समितिले पुनर्निर्माण कार्य सुरु गरेको थियो । उनले गाउँका बासिन्दा र संस्थाहरूले स्वेच्छिक रूपमा सहयोग गरेको जानकारी दिए ।समितिले कुल ९८५ घरधुरीका बासिन्दा र १३ वटा संस्थाबाट सहयोग संकलन गरेको छ ।कोषाध्यक्ष भीम लुइँटेलका अनुसार समितिले हालसम्

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • 515 पटक पढिएको
    • नेपाल रेखा
  • इलामका बाढी–पहिरो पीडितलाई क्वीक रेस्क्यु टिमद्वारा राहत वितरण

    इटहरी । दशैंको टिकाको भोलिपल्टदेखि परेको अविरल वर्षाले इलामका विभिन्न स्थानमा बाढी र पहिरो गई ठुलो जनधनको क्षति भएको छ । सोही विपद्बाट प्रभावित परिवारहरूको दुःख कम गर्न क्वीक रेस्क्यु टिम नेपालले एक सयभन्दा बढी परिवारलाई राहत वितरण गरेको छ ।स्थानीय इसाई समाज र वडास्तरका जनप्रतिनिधिहरूको समन्वयमा माईजोगमाई गाउँपालिका, सुर्योदय नगरपालिका, देउमाई नगरपालिका र माई नगरपालिकाका बाढी–पहिरो पीडितलाई खाद्यान्न, त्रिपाल, ओढ्ने कपडा, जस्ता पाता र नगद सहयोग प्रदान गरिएको टिमका अध्यक्ष विक्रम एक्तेनले जानकारी दिए ।उनका अनुसार माई नगरपालिका–८ का नौ परिवारलाई एक–एक बण्डल जस्ता पाता वितरण गरि

    • प्रकाशित मितिः असोज ३०, २०८२
    • 366 पटक पढिएको
    • नेपाल रेखा
  • इटहरीमा ९३ वर्षीय ज्येष्ठ नागरिकले निःसाहय बालबालिकासँग जन्मदिन मनाए

    इटहरी । सुनसरीको इटहरीस्थित निःसाहय बालबालिका सेवा आश्रममा मोरङ बेलबारीका ९३ वर्षीय ज्येष्ठ नागरिक डिल्लीबहादुर थापाले आफ्नो जन्मदिन विशेष ढङ्गले मनाएका छन् ।पूर्व प्रधानपञ्च समेत रहिसकेका समाजसेवी थापाले आफ्नो ९३ औं जन्मोत्सवको अवसरमा आश्रममा रहेका बालबालिकासँग खुसी बाँडेका हुन् । उनले बालबालिकालाई खानेकुरा वितरण गर्नुका साथै आश्रम सञ्चालनका लागि केही नगद सहयोग पनि प्रदान गरे ।थापा आफ्नो छोरा हेमराज थापा र बुहारी एलिजा थापासहित आश्रम पुगेका थिए । सो अवसरमा उनले आश्रमकी सञ्चालिका गीता गौतमलाई सहयोग रकम हस्तान्तरण गरे ।थापाले जन्मदिनमा फजुल खर्च गर्नुको सट्टा निःसाहय बालबालिकासँग खुसी बाँडेर मन

    • प्रकाशित मितिः असोज २९, २०८२
    • 316 पटक पढिएको
    • नेपाल रेखा
  • महानगरको समन्वयमा लैंगिक हिंसा प्रभावितका लागि आर्थिक सशक्तिकरण कार्यक्रम

    विराटनगर । लैंगिक हिंसा प्रभावितका लागि विराटनगर महानगरमा आर्थिक सशक्तीकरण परियोजना शुभारम्भ बैठक सम्पन्न भएको छ । महानगरको समन्वय तथा ओरेकको आयोजना र यूएनएफपीएको आर्थिक सहयोगमा परियोजना सञ्चालन हुन लागेको हो। त्यसका लागि महानगरसहितका सरोकारवालासँग बैठक बसेर तयारी अगाडि बढाइएको छ । लैंगिक हिंसा प्रभावितलाई आयआर्जन, रोजगारीमा पहुँच, आत्मसम्मानमा वृद्धि गरी हिंसाको चक्रबाट बाहिर निकाली सम्मानजनक जीवन जिउन सहयोग गर्ने परियोजनाको उद्देश्य रहेको छ । जसले उनीहरूको निर्णय क्षमतामा वृद्धि, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षामा पहुँच भई पुनः हिंसाको जोखिम न्यूनीकरण हुने यूएनएफपीएका प्रति

    • प्रकाशित मितिः असोज २८, २०८२
    • 240 पटक पढिएको
    • नेपाल रेखा
  • सडक सुरक्षाप्रति बेपरवाह स्थानीय – मर्चैयामा बाटोमै गाई–भैंसी बाँध्दा दुर्घटनाको जोखिम

    धिरेन्द्र कुमार चौधरीरामधुनी । सुनसरीको रामधुनी नगरपालिका–९ मर्चैया गाउँका केही स्थानीयवासी सडक सुरक्षाप्रति बेपरवाह बन्दै आएका छन् । उनीहरूले सडककै छेउमा गाई–भैंसी बाँध्ने, घरायसी सामान राख्ने जस्ता कार्य गरी सडकलाई अवरुद्ध बनाउँदै आएका छन् ।स्थानीय सवारी चालकहरूका अनुसार गाउँका करिब ८ देखि १० घरधुरीले नियमित रूपमा सडककै छेउमा गाई–भैंसी बाँध्ने गर्छन् । यसले गर्दा बाटो फोहोर हुने, दुर्गन्ध फैलिने र सवारी साधन चलाउँदा ठक्कर वा दुर्घटनाको जोखिम बढेको उनीहरूको गुनासो छ ।रामधुनी नगरपालिकाको यो क्षेत्र करिब ५० फिट चौडा मुख्य बाटो भएको र यहाँ थारु समुदायका करिब तीन सय परिवार, दिना

    • प्रकाशित मितिः असोज २७, २०८२
    • 357 पटक पढिएको
    • नेपाल रेखा
  • इटहरीमा बाढीपीडितलाई रेडक्रस सोसाइटीद्वारा राहत वितरण

    इटहरी । यही असोज १९ र २० गतेको अविरल वर्षाका कारण आएको बाढीबाट प्रभावित परिवारलाई नेपाल रेडक्रस सोसाइटी इटहरी उपशाखाले शुक्रबार राहत वितरण गरेको छ ।इटहरी उपशाखाले वडा नम्बर ७ का १५ घरपरिवार, वडा नम्बर ५ का ४ घरपरिवार र वडा नम्बर २ का ३ घरपरिवार गरी कुल २२ घरपरिवारलाई राहत सामग्री वितरण गरेको हो । राहत सामग्रीमा म्याट, चामल, त्रिपाल लगायतका आवश्यक सामग्री समावेश गरिएको उपशाखा सहकोषाध्यक्ष डा खगेन्द्र ओलीले जानकारी दिए ।राहत वितरण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी इटहरी उपशाखाका सभापति दिनेश भट्टराई, सहकोषाध्यक्ष डा. खगेन्द्र ओली, कर्मचारी रामप्रसाद आचार्य, नेपाल प्रहरीका प्रतिनिधि तथा सञ्चारकर्

    • प्रकाशित मितिः असोज २५, २०८२
    • 553 पटक पढिएको
    • नेपाल रेखा
  • चितवनका २५९ भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र प्रदान

    चितवन । चितवन स्थित भूमि समस्या समाधान आयोग जिल्ला समितिले जिल्लाका २५९ जना भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाणपत्र प्रदान गरेको छ । आयोगका अध्यक्ष इमानसिंह मोक्तानका अनुसार रत्ननगर नगरपालिकाका १३० र भरतपुर महानगरपालिकाका १२९ जनालाई जग्गाधनी प्रमाणपत्र प्रदान गरिएको हो । आयोगमा ५१ हजार जनाले जग्गाधनी प्रमाणपत्रका लागि आवेदन गरेका छन् । एक व्यक्तिले पाँच पटकसम्म पनि आवेदन गरेका छन् । भूमिहीन ४०० जनालाई प्रमाणपत्र वितरण गर्नेगरी काम भरहेको छ । हालसम्म १५० जनाको प्रमाणपत्र तयार भइसकेको छ भने आगामी असोजसम्ममा ४०० जनाको तयार गर्ने लक्ष्य अध्यक्ष मोक्तानले सनाउनुभयो । स्

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • 317 पटक पढिएको
    • नेपाल रेखा
  • महिला विरोधी कानुन नल्याउन महिला सङ्घ ध्यानाकर्षण

    काठमाडौँ । नेपाल महिला सङ्घले बहुविवाहसम्बन्धी कानुन निर्माण हुन लागेको विषयमा सरकारको ध्यानाकर्षण गराएको छ । सङ्घको बागमती प्रदेश समितिले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियालाई एक ज्ञापनपत्र बुझाउँदै महिला विरोधी कानुन निर्माण नगर्न आग्रह गरेको हो ।नेपाली महिलाहरुले पितृसत्तात्मक उत्पीडनवाट मुक्ति पाउनका लागि धेरै लामो सङ्घर्ष गर्दै आएको स्पष्ट पार्दै सङ्घले विभिन्न आन्दोलनवाट प्राप्त अधिकार तुहाउने प्रयास भइरहेकामा चिन्ता व्यक्त गरेको छ । राजनीतिक प्रतिनिधित्वमा गठबन्धनको कारण सहभागिता घटेको, विवाहको उमेर घटाएर महिलालाई उत्पादन सम्बन्धसँग जोडिन र घरको चौघेरोबाट बाहिर आउन न

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 366 पटक पढिएको
    • नेपाल रेखा
  • निःशुल्क रगत उपलब्ध गराउन दुई करोडको अक्षयकोष

    काभ्रेपलाञ्चोक । यहाँका नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउन रु दुई करोडको अक्षयकोषको स्थापना गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको आयोजनामा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाको उपस्थितिमा आज उक्त कोष स्थापना गरिएको हो । मन्त्री थापाले व्यक्तिगत रु ५५ हजार ५५५ प्रदान गर्ने घोषणा गर्नुभयो । “रेडक्रसले विपद्मा धेरै काम गरेको छ, यसरी जिल्लामा ब्लड बैंक स्थापना गर्नु निकै सराहनीय कार्य हो, यसको निरन्तरता ह्ुनुपर्छ”, उहाँले भन्नुभयो । उहाँले बागमती सरकारबाट रु २५ लाख कोषमा राखेको जानकारी गराउनुभयो । उहाँले सो अवसरमा प्रदेशस्थित स्वास्थ्य मन्त्रालयले स्वास्थ्यसम्बन्धी थप

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 361 पटक पढिएको
    • नेपाल रेखा
  • ‘योगदान राष्ट्रको लागि’ अभियान अन्तरगत इटहरीमा अशक्त परिवारको घर भुइँ ढलाइ र प्राथमिक उपचार तालिम सम्पन्न

    इटहरी । ‘हाम्रो सरोकार, राष्ट्रको लागि योगदान’ भन्ने मूल मन्त्रका साथ अगाडि बढिरहेको ‘योगदान राष्ट्रको लागि’ अभियान अन्तरगत इटहरी शाखाद्वारा दुई महत्वपूर्ण सामाजिक कार्यहरू सफलतापूर्वक सम्पन्न भएका छन् ।साउन १७ गते शनिबार सुनसरीको इटहरी–५ रामजानकी चौकस्थित आर्थिकरूपमा अति विपन्न कुमार भुजेल जो प्यारालाइसिसले ग्रसित र उनकी श्रीमती समेत शारीरिकरूपमा अशक्त परिवारको घरको भुइँ ढलाइ गरियो । अभियानको इटहरी शाखा अध्यक्ष डा. खगेन्द्र ओलीको नेतृत्वमा सम्पन्न सो श्रमदान कार्यक्रममा संस्थाका वैकल्पिक केन्द्रीय सदस्य, उपाध्यक्ष, सचिव, कोषाध्यक्षलगायत संस्थामा आबद्ध सदस्यहरू तथ

    • प्रकाशित मितिः साउन १८, २०८२
    • 548 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]