स्मरण रहोस् धरानमा व्रिटिसले गोर्खा सैनिक भर्ना हेतु एउटा क्यम्प स्थापना गरेको थियो । त्यसलाई मलाया क्याम्प भन्ने गरिन्थ्यो । त्यस क्याम सम्म सिधै पहुँचका लागि मालसामान ओसार प्रसार गर्न विराटनगरदेखि धरान सम्म दुई लाईनको रोड निर्माण गरेको थियो । यस रोडलाई मलाया रोड भन्ने गरिन्थ्यो । जुन आज कोशी राजमार्ग भएको छ । यस रोडको सडक सिमा दाँयाबाँया १५/१५ मिटर रहेको छ । ठाउँठाउँमा एध्म् लेखिएका सडक सिमा स्तम्भरहरु ठाउँठाउँमा अहिले पनि देख्न सकिन्छ । नापि साखाको ट्रेसिङ नक्सामा यहि सिमा कायम छ । मोहनप्रसाद ढकाल । कोशी राजमार्ग इटहरी उपमहानगरपालिकाको औधोगिक व्यापारिक करिडोर क्षेत्र भ
विराटनगर । जेठ २१ लाई छुवाछुत मुक्त दिवसका रुपमा मनाउन राजपत्र प्रकाशित गरेको भन्दै दलितहरुले बर्तमान प्रचण्ड नेतृत्वको सरकारलाई धन्यबाद दिएका छन् । ५८ औ अन्तर्राष्ट्रिय जातिय विभेद उन्मुलन दिवसको अवसरमा मंगलबार विराटनगरमा आयोजित कोसी प्रदेश स्तरीय दलित जनप्रतिनिधिहरुको भेलामा सहभागी दलितहरुले जेठ २१ गतेलाई छुवाछुत विरुद्धको राष्ट्रिय दिवसका रुपमा मनाउन राजपत्र प्रकाशित गरेको भन्दै वर्तमान प्रचण्ड नेतृत्वको सरकारलाई धन्यबाद दिएका हुन् । दलित अधिकारकर्मी उमेश विश्वकर्माले अन्तरिम संसदले पहिलो पल्ट देशलाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको दिन जेठ २१ लाई छुवाछुत मुक्त दिवसका रुपमा मनाउने वर्तमान
देशमा आज सम्म छलकपट, सामन्तवाद, अन्याय ,अत्याचार , दमन , जातिय विभेद, लिंगिय विभेद, धनी गरिव विचको विभेद आदी गलत कृयाकलापहरु हटाउने तथा त्यसको अन्त्य गर्न जनयुद्ध आवस्यक रहेको भनेर जनतामा हवला दिईयो । आखिर जनताले माओबादीले शुरु गरेको जनयुद्धबाट केही पाएनन् सत्तामा पहिले जे जस्ता विक्रिति विसंगति, अनियमितता थिए माओबादीका नेता प्रधानमन्त्री हूँदा पनि तिनै कुराले निरन्तरता पाएको अवस्था छ । जनताले अनुभुति गर्ने गरी के मा परिवर्तन भयो ? कहाँ परिवर्तन भयो ? राजनीतिमा आएका युवा नेताहरुका लागि यो खोजीको विषय बनेको छ । विश्वका कुनै पनि मुलुकमा सरकार रहेको हुन्छ र सरकारले देशका जनता, देशको
विराटनगर । विराटनगर महानगरपालिकाले सुकुम्बासीलाई व्यवस्थित गर्ने प्रक्रिया सुरु गरेको छ । विराटनगर क्षेत्रभित्र रहेका भूमिहीनलाई बोलाएर महानगरले व्यवस्थित गर्ने विषयमा छलफल गरेको हो । सुकुम्बासी समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्ने उद्देश्यका साथ छलफल गरिएको महानगरका मेयर नागेश कोइरालाले बताए । उनले सम्बन्धित सुकुम्बासीकै कुरा सुनेपछि समाधान गर्न सहज हुने भएकाले छलफल आयोजना गरेको प्रस्ट पारे । मेयर कोइरालाले आफ्नो कार्यकालमा सम्भव भएसम्म सुकुम्बासीलाई व्यवस्थित गर्ने प्रतिबद्धता जनाए । उनले बिजुली, खानेपानी, विद्यालय, खेलकुद मैदान, स्वास्थ्यचौकीलगायतका आधारभूत सुविध
हाल ७२ वर्ष पुग्दा पनि उसरी नै युवाअवस्थाममा झै खटिरहनु भएकी गिता आमाका धेरै छोरारोरी,बुहारी,नाती नातिनाहरु छन्, जो देश विदेश सम्म पुगेका छन् । विभिन्न सेवामा संलग्न छन् । अझै पनि वाहाको काखमा ४४ जना (नावालकमात्र) सन्तान छन् । कोही युवा छन् कोही वयस्क छन् । सबै गरी जम्मा ३सय६५ लगभग सन्तानहरु छन् जसको शिक्षा, संस्कार विहे पास्नी लगायत सवै कर्म उनै गीता आमाले गर्नुभएको छ । “आमा बन्न नौ-नौ महिना बच्चालाई कोखमा जन्माउनु पर्छ“ भन्ने जुन मान्यता छ, त्यसको ठिक उल्टो वाहाको जीवनकथा बनेको छ । आफुले कोखमा बोकेर जन्मेदिने आमाहरु बाध्यताको आडमा आफ्नो सन्तान जथाभावि फाल्ने र
शिवकुमार राई । कुनै पनि विद्याका वा पेशाका व्यक्तित्व हरुले राष्ट्र र समाज प्रति योगदान गरेको जुन योगदान बाट राष्ट्र गौरान्वित हुनुपर्छ त्यस्तो व्यक्तित्व हरुलाई स्वतःनागरिकको तर्फबाट स्वस्फुर्त नागरिक अभिनन्दन गर्ने अवाज आउनु पर्छ त्यसको लागी कुनै अभिनन्दन मुल समिति निर्माण गर्नुपदैन त्यस्तो व्यक्ति स्वतः नागरिक अभिनन्दनका पुणर् हकदार हुन्छ यसमा विवादको रत्ती भर ठाँउ रहन सक्दैन । अभिनन्दन सम्मान, पुरस्कार प्रदान गर्नु राम्रो कुरा हो यसलाई हरेक क्षेत्रहरुमा मलजल गरी निरन्तरता दिनुपर्छ किनभने फरक फरक विद्या का व्यक्तित्वहरु लाई यो सम्मान दिनु भनेको हौसला प्रदान गर्नु हो अझै कर्मशी
शालिग्राम पाण्डे । रवि लामीछानेको नागरिकता वंशजको आधारमाहो, जन्मका आधारमा होइन, नेपालीहरु भारतमा र बेलायतमा फौजीमा काम गरेर निवृत्ति भरण पाँए पछि नेपालमानै आएर वसोवास गर्नेगरेको पाइन्छ । के ती फौजीमा गएका नेपालीहरु फौजीमा जानु अपराध हो, फौजीमा गएर आप्mनो डिउटी पुरा गरेर अवाकास प्राप्त भए पछि नेपाल आएर आप्mनो व्यवहार समाल्नु अपराध हो उनीहरुले फौजीबाट फर्के पछि पुन अर्को नागरिकता लिनु पर्ने हो । प्रचलन के छ ? त्यो अदालतलाई थाहा हुनु पर्छ पर्दैन । नेपालका शासकले निणर्य गरेर नेपालीलाई बेच्न पाउने हो ? भारतमा र बेलायतमा फौजीमा काम गर्न जाने नजाने अधिकार जनताको हो कसैलाई जानै पर्ने वाध्
नेपालरेखा । राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको कोशी राजमार्ग धरान देखि बिराटनगर, जोगबनी सम्मको ६ लेन सडकमा ब्यापक भ्रष्टाचार भएको आशंकाको ठहर गर्दै स्वतन्त्र नागरिक समाज सुनसरीले सोमवार ईटहरी स्थित प्रदेश नं. १ को अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयलाई पत्र मार्फत ध्यानाकर्षण गराएको छ । सडकको निर्मित अवस्था कमजोर र सडकको केन्द्रबिन्दुबाट दुवैतर्फ २५÷२५ मिटरको मापदण्ड पुरा नभएको गुणस्तरहिन सडक निर्माण भईरहेको प्रति आम जनमानसको निष्र्कष लाई मध्यनजर गर्दैैै समाजले अख्तियारको ध्यानाकर्षण गराएको हो । सडक निर्माणको क्रममा राजनीतिक प्राविधिक लगायत स्थानिय जनप्रतिनिधिहरुवाट नीतिगत एवं आ
नेपालरेखा । ईलामका प्रेम प्रसाद आचार्य आत्मदाहको घटनामा राज्यको गैर जिम्मेवारीपन दोषी रहेको ठहर स्वतन्त्र नागरिक समाज सुनसरीले गरेको छ । घटनाका बारे प्रेस बिज्ञप्ती जारी गर्दै स्वतन्त्र नागरिक समाज सुनसरीले, अक्ष्यम राज्य सत्ताको कारण आचार्यले आत्मदाह हुनु अघि लेखेको पच्चिस बुंदा सहितको आत्म बृतान्त मार्फत दिएको सामाजिक संन्देशले राज्यको यस्तो गैर जिम्मेवारी लाई शासन मान्नु सुशासन नभएको बताएका छन् । स्वतन्त्र नागरिक समाज सुनसरीले प्रेस बिज्ञप्ती मार्फत लोकतन्त्रमा नागरिक सर्वोच्चता र सामाजिक नेतृत्वको आधार प्रमुख मानिएता पनि भ्रष्टाचार, अनियमितता, सामन्ती, शोषण, नवसामन्त र लुटेराहरुको अभिमुख
इटहरी । नेपालरेखा । सडक निर्माणकै क्रममा राजनितिक, प्राबिधिक, लगायत स्थानिय जनप्रतिनिधी बाट नितिगत एवं आर्थिक भ्रष्टाचार एवं परियोजनासंग निहित समुहहरुको एकिकृत भ्रष्टाचार ले गर्दा गौरवको आयोजना कोशी राजमार्गको निर्मित अवस्था कमजोर र गुणस्तर हिन रहेको स्वतन्त्र नागरिक समाज सुनसरीले निस्कर्ष निकालेको छ । राजमार्गको पुननिर्माणमा ढिलासुस्ती लगायत निर्माण स्तरको बारेमा सरकारको ध्यानाकर्षण नभएको भन्दै स्वतन्त्र नागरिक समाज सुनसरीले जिल्ला प्रसासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझी मार्फत सम्माननिय प्रधानमन्त्रीलाई सुक्रवार ज्ञापन पत्र बुभाएको छ । कोशी राजमार्ग अन्तर्गतको र