इटहरीमा ९३ वर्षीय ज्येष्ठ नागरिकले निःसाहय बालबालिकासँग जन्मदिन मनाए

  • असोज २९, २०८२ / नेपाल रेखा
alt

इटहरी । सुनसरीको इटहरीस्थित निःसाहय बालबालिका सेवा आश्रममा मोरङ बेलबारीका ९३ वर्षीय ज्येष्ठ नागरिक डिल्लीबहादुर थापाले आफ्नो जन्मदिन विशेष ढङ्गले मनाएका छन् ।
पूर्व प्रधानपञ्च समेत रहिसकेका समाजसेवी थापाले आफ्नो ९३ औं जन्मोत्सवको अवसरमा आश्रममा रहेका बालबालिकासँग खुसी बाँडेका हुन् । उनले बालबालिकालाई खानेकुरा वितरण गर्नुका साथै आश्रम सञ्चालनका लागि केही नगद सहयोग पनि प्रदान गरे ।
थापा आफ्नो छोरा हेमराज थापा र बुहारी एलिजा थापासहित आश्रम पुगेका थिए । सो अवसरमा उनले आश्रमकी सञ्चालिका गीता गौतमलाई सहयोग रकम हस्तान्तरण गरे ।
थापाले जन्मदिनमा फजुल खर्च गर्नुको सट्टा निःसाहय बालबालिकासँग खुसी बाँडेर मनाउँदा मनमा सन्तोष मिल्ने अनुभूति भएको बताए ।
कार्यक्रममा समाजसेवी नवराज पोखरेल, केसु विरहीलगायतको सहभागिता रहेको थियो ।

आज महाअष्टमी पर्व मन ...

काठमाडौँ।आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी प ...

गोरखा दरबारबाट विधिप ...

गोरखा । बडादसैँको सातौँ दिन शनिवार गोरखा दरबारको दसैँघर ...

पूर्ण लोकतन्त्रको सङ ...

– सरोजकुमार मिश्र मधेसी समाजमा एउटा निकै प्रचलित ...

आज फूलपाती भित्र्याइ ...

काठमाडौँ । नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा न ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]