‘योगदान राष्ट्रको लागि’ अभियान अन्तरगत इटहरीमा अशक्त परिवारको घर भुइँ ढलाइ र प्राथमिक उपचार तालिम सम्पन्न

  • साउन १८, २०८२ / नेपाल रेखा
alt

इटहरी । ‘हाम्रो सरोकार, राष्ट्रको लागि योगदान’ भन्ने मूल मन्त्रका साथ अगाडि बढिरहेको ‘योगदान राष्ट्रको लागि’ अभियान अन्तरगत इटहरी शाखाद्वारा दुई महत्वपूर्ण सामाजिक कार्यहरू सफलतापूर्वक सम्पन्न भएका छन् ।
साउन १७ गते शनिबार सुनसरीको इटहरी–५ रामजानकी चौकस्थित आर्थिकरूपमा अति विपन्न कुमार भुजेल जो प्यारालाइसिसले ग्रसित र उनकी श्रीमती समेत शारीरिकरूपमा अशक्त परिवारको घरको भुइँ ढलाइ गरियो । अभियानको इटहरी शाखा अध्यक्ष डा. खगेन्द्र ओलीको नेतृत्वमा सम्पन्न सो श्रमदान कार्यक्रममा संस्थाका वैकल्पिक केन्द्रीय सदस्य, उपाध्यक्ष, सचिव, कोषाध्यक्षलगायत संस्थामा आबद्ध सदस्यहरू तथा स्थानीय समाजसेवीहरूको सक्रिय सहभागिता रहेको थियो ।
यस मानवीय कार्यका लागि विशेष सहयोग लुमिन केयर सर्भिस, अस्ट्रेलियाले १३ हजार १ सय २२ नेपाली रकम सहयोग गरेको छ । त्यसैगरि स्थानीय युवा जीवन खाती र केदार ओझाले सिमेन्ट उपलब्ध गराएका छन् ।
त्यसैगरी, अभियानको पाँचौं स्थापना दिवसको अवसरमा गत जेठ २९ गते बिहीबार, इटहरी–५, त्रिवेणी चौकस्थित बयरवना जेष्ठ नागरिक समाजमा फलफूल वितरण तथा प्राथमिक उपचार सम्बन्धी तालिम सम्पन्न भएको थियो । सो कार्यक्रमको सभापतित्व डा. खगेन्द्र ओलीले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा नेपाल रेडक्रस सोसाइटी इटहरी शाखा अध्यक्ष दिनेश भट्टराईको उपस्थिति रहेको थियो ।
तालिममा ‘खाना अड्किँदा के गर्ने ?’, ‘मानिस बिहोस भएमा’, ‘सर्पले टोकेमा’, ‘करेन्ट लाग्दा’ वा ‘गर्मीका कारण बेहोस भएमा कस्तो प्राथमिक उपचार दिन सकिन्छ ?’ भन्ने विषयमा व्यवहारिक ज्ञान दिइयो । सहभागीहरूले अत्यन्त आवश्यक र जीवनरक्षक तालिम पाएको महसुस गरेका थिए ।
कार्यक्रममा फलफूल वितरण सहजीकरणका लागि निर्मला बस्नेतलाई विशेष धन्यवाद दिइएको छ । बयरवना जेष्ठ नागरिक समाजलाई तालिम तथा वितरण कार्यक्रमका लागि स्थान प्रदान गर्नु भएकोमा आभार व्यक्त गरिएको थियो । नेपाल स्काउट इटहरी युथ ओपन क्रियु परिवारलाई साथ र सहयोगका लागि धन्यवाद दिइएको थियो ।
प्राथमिक उपचार तालिमलाई वडा–वडामा पुर्याउने योजना पनि अघि बढाइएको अभियन्ता डा. खगेन्द्र ओलीले जानकारी दिए ।

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

प्रभावित जिल्लामा तत ...

काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]