समुदायको सहयोगमा पुनर्निर्मित पकली प्रहरी कार्यालयको आय–व्यय सार्वजनिक

  • कार्तिक २, २०८२ / नेपाल रेखा
alt

पकली । सुनसरीको पकली इलाका प्रहरी कार्यालय पुनर्निर्माण तथा संरक्षण समितिले शनिबार एक कार्यक्रमको बीचमा आफ्नो आय–व्यय सार्वजनिक गरेको छ ।
कार्यक्रममा समितिका अध्यक्ष ज्ञानबहादुर बस्नेतले आपतकालीन अवस्थामा प्रहरी र समुदायबीच सहकार्य आवश्यक हुने बताए । उनका अनुसार, भदौ २४ गते भएको आगलागीमा प्रहरी कार्यालय क्षतिग्रस्त भएपछि सुरक्षाको आवश्यकता महसुस गर्दै समितिले पुनर्निर्माण कार्य सुरु गरेको थियो । उनले गाउँका बासिन्दा र संस्थाहरूले स्वेच्छिक रूपमा सहयोग गरेको जानकारी दिए ।
समितिले कुल ९८५ घरधुरीका बासिन्दा र १३ वटा संस्थाबाट सहयोग संकलन गरेको छ ।
कोषाध्यक्ष भीम लुइँटेलका अनुसार समितिले हालसम्म १३ लाख ९३ हजार ४२४ रुपैयाँ संकलन गरेको र १३ लाख ९८ हजार ८७ रुपैयाँ खर्च भएको छ । बाँकी रकम समितिले आफैं मिलाउने निर्णय गरिएको उनले बताए । उनले नगदबाहेक जिन्सी सामग्री पनि प्रहरी कार्यालयलाई हस्तान्तरण गरिएको जानकारी दिए ।
कार्यक्रममा प्रहरी निरीक्षक लेखनाथ दाहालले प्रहरी र समुदाय सँगसँगै अघि बढ्नुपर्ने बताए । बिरेन्द्र राई र तेजबहादुर परीयार लगायतले पनि आफ्नो विचार राखेका थिए ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]