सडक सुरक्षाप्रति बेपरवाह स्थानीय – मर्चैयामा बाटोमै गाई–भैंसी बाँध्दा दुर्घटनाको जोखिम

  • असोज २७, २०८२ / नेपाल रेखा
alt

धिरेन्द्र कुमार चौधरी
रामधुनी । सुनसरीको रामधुनी नगरपालिका–९ मर्चैया गाउँका केही स्थानीयवासी सडक सुरक्षाप्रति बेपरवाह बन्दै आएका छन् । उनीहरूले सडककै छेउमा गाई–भैंसी बाँध्ने, घरायसी सामान राख्ने जस्ता कार्य गरी सडकलाई अवरुद्ध बनाउँदै आएका छन् ।
स्थानीय सवारी चालकहरूका अनुसार गाउँका करिब ८ देखि १० घरधुरीले नियमित रूपमा सडककै छेउमा गाई–भैंसी बाँध्ने गर्छन् । यसले गर्दा बाटो फोहोर हुने, दुर्गन्ध फैलिने र सवारी साधन चलाउँदा ठक्कर वा दुर्घटनाको जोखिम बढेको उनीहरूको गुनासो छ ।
रामधुनी नगरपालिकाको यो क्षेत्र करिब ५० फिट चौडा मुख्य बाटो भएको र यहाँ थारु समुदायका करिब तीन सय परिवार, दिनाभद्री समुदायका सय परिवारसहित ब्राह्मण, क्षेत्री, मधेसी लगायतका समुदायको बसोबास रहेको छ ।
स्थानीयहरूले सार्वजनिक सडकलाई निजी आँगनझैँ प्रयोग गर्न थालेपछि सडकको सौन्दर्य मात्र होइन, सुरक्षासमेत खतरामा परेको हो । सम्बन्धित निकायले समयमै ध्यान नदिए यसले ठूलो दुर्घटनाको रूप लिन सक्ने भन्दै स्थानीय चालक र सर्वसाधारणले सडक सुरक्षाप्रति सबैलाई सचेत रहन आग्रह गरेका छन् ।

आज महाअष्टमी पर्व मन ...

काठमाडौँ।आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी प ...

गोरखा दरबारबाट विधिप ...

गोरखा । बडादसैँको सातौँ दिन शनिवार गोरखा दरबारको दसैँघर ...

पूर्ण लोकतन्त्रको सङ ...

– सरोजकुमार मिश्र मधेसी समाजमा एउटा निकै प्रचलित ...

आज फूलपाती भित्र्याइ ...

काठमाडौँ । नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा न ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]