निःशुल्क रगत उपलब्ध गराउन दुई करोडको अक्षयकोष

  • साउन १९, २०८२ / नेपाल रेखा
alt

काभ्रेपलाञ्चोक । यहाँका नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउन रु दुई करोडको अक्षयकोषको स्थापना गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको आयोजनामा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाको उपस्थितिमा आज उक्त कोष स्थापना गरिएको हो ।
मन्त्री थापाले व्यक्तिगत रु ५५ हजार ५५५ प्रदान गर्ने घोषणा गर्नुभयो । “रेडक्रसले विपद्मा धेरै काम गरेको छ, यसरी जिल्लामा ब्लड बैंक स्थापना गर्नु निकै सराहनीय कार्य हो, यसको निरन्तरता ह्ुनुपर्छ”, उहाँले भन्नुभयो । उहाँले बागमती सरकारबाट रु २५ लाख कोषमा राखेको जानकारी गराउनुभयो ।
उहाँले सो अवसरमा प्रदेशस्थित स्वास्थ्य मन्त्रालयले स्वास्थ्यसम्बन्धी थप कार्य तथा रगत सङ्कलनार्थ आवश्यक स्वास्थ्य सामग्री सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीका जिल्ला शाखा सभापति देबेन्द्र भैलले जिल्लाबासी कोही पनि रगत अभावका कारणले मर्नु नपरोस भन्न अभियान थालिएको जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लास्थित रेडक्रसले २४ सै घण्टा ब्लड बैंक सञ्चालन गर्दे आएको र त्यसलाई थप ब्यबस्थापन तथा प्रविधिमैत्री बनाउन छ । सो अवसरमा भैलले कोषमा ५० हजार प्रदान गर्ने घोषणा गर्नुभयो ।
अक्षयकोषका लागि जिल्लामा रहेका ३८ वटा उपशाखाले जनही रु एक लाखका दरले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । बनेपा उपशाखाले १० लाख, कुशादेवी उपशाखा पाँच लाख, पनौती उपशाखाले एक लाख ११ हजार सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) काभ्रेपलाञ्चोक जिल्ला कमिटीका उपसचिव रत्नकुश रञ्जितले एक लाख एक हजार, उद्योग वाणिज्य महासङ्घका केन्द्रीय उपाध्यक्ष सुरकृष्ण बैद्यले ५५ हजार, बनेपाका देशसुधार भैलले ५० हजार, बनेपा नगरप्रमुख शान्तिरत्न शाक्यले ५० हजार, पाँचखाल नगरप्रमुख महेश खरेलले ५० हजारलगायतले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

प्रभावित जिल्लामा तत ...

काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]