महानगरको समन्वयमा लैंगिक हिंसा प्रभावितका लागि आर्थिक सशक्तिकरण कार्यक्रम

  • असोज २८, २०८२ / नेपाल रेखा
alt

विराटनगर । लैंगिक हिंसा प्रभावितका लागि विराटनगर महानगरमा आर्थिक सशक्तीकरण परियोजना शुभारम्भ बैठक सम्पन्न भएको छ ।
महानगरको समन्वय तथा ओरेकको आयोजना र यूएनएफपीएको आर्थिक सहयोगमा परियोजना सञ्चालन हुन लागेको हो। त्यसका लागि महानगरसहितका सरोकारवालासँग बैठक बसेर तयारी अगाडि बढाइएको छ ।
लैंगिक हिंसा प्रभावितलाई आयआर्जन, रोजगारीमा पहुँच, आत्मसम्मानमा वृद्धि गरी हिंसाको चक्रबाट बाहिर निकाली सम्मानजनक जीवन जिउन सहयोग गर्ने परियोजनाको उद्देश्य रहेको छ । जसले उनीहरूको निर्णय क्षमतामा वृद्धि, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षामा पहुँच भई पुनः हिंसाको जोखिम न्यूनीकरण हुने यूएनएफपीएका प्रतिनिधि सरोज भुषालले बताए ।
कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र दुलालले परियोजनाको लक्ष्य अत्यन्तै राम्रो रहेको बताए । लैंगिक हिंसा प्रभावितका लागि परियोजनाले अघि सारेको योजना निकै पवित्र रहेको उनको भनाइ थियो । परियोजना सफल बनाउन महानगरका तर्फबाट सहयोग रहने उनले प्रतिबद्धता जनाए । महानगरको कानुन शाखाकी प्रमुख शारदा थपलियाले महानगरको न्यायिक समितिसँग समन्वय गरेर अगाडि बढ्न आग्रह गरिन् । न्यायिक समितिमा पनि लैंगिक हिंसा पीडितहरू पनि आउने गरेको थपलियाले सुनाइन् । गैसस मोरङकी अध्यक्ष विष्णु शर्माले परियोजनाको लक्ष्य निकै राम्रो रहेको बताइन् । महिला–पुरुष दुवै लैंगिक हिंसाबाट पीडित हुन सक्ने बताउँदै अध्यक्ष शर्माले वास्तविक पीडितले परियोजनाबाट लाभ पाउनुपर्नेमा जोड दिइन् ।
शाही नर्वेली दूतावासको आर्थिक सहयोग रहेको परियोजना कोशी प्रदेशको विराटनगर महानगरपालिकासहित उदयपुरको त्रियुगा र कटहरी नगरपालिकामा सञ्चालनमा आउन लागेको हो । आगामी ७ महिनाका लागि तीन पालिकाका लागि ‘पाइलट फेज’का रुपमा परियोजना सञ्चलन हुनेछ ।
सो अवसरमा महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख रामप्रसाद ढुंगेल, सामान्य प्रशासन महाशाखा अर्जुन थपलिया, राजस्व महाशाखा प्रमुख सरोज गौतम, आर्थिक प्रशासन महाशाखा प्रमुख संजीव भट्टराई, महिला तथा बालबालिका शाखाकी मञ्जु लोहनी, जिल्ला प्रहरी कार्यालय मोरङको महिला सेल प्रमुख रुचिता चौधरी, ओसीएमसीको सम्पर्क व्यक्ति अनिताकुमारी राउतलगायतले परियोजनाका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

प्रभावित जिल्लामा तत ...

काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]