इलामका बाढी–पहिरो पीडितलाई क्वीक रेस्क्यु टिमद्वारा राहत वितरण

  • असोज ३०, २०८२ / नेपाल रेखा
alt

इटहरी । दशैंको टिकाको भोलिपल्टदेखि परेको अविरल वर्षाले इलामका विभिन्न स्थानमा बाढी र पहिरो गई ठुलो जनधनको क्षति भएको छ । सोही विपद्बाट प्रभावित परिवारहरूको दुःख कम गर्न क्वीक रेस्क्यु टिम नेपालले एक सयभन्दा बढी परिवारलाई राहत वितरण गरेको छ ।
स्थानीय इसाई समाज र वडास्तरका जनप्रतिनिधिहरूको समन्वयमा माईजोगमाई गाउँपालिका, सुर्योदय नगरपालिका, देउमाई नगरपालिका र माई नगरपालिकाका बाढी–पहिरो पीडितलाई खाद्यान्न, त्रिपाल, ओढ्ने कपडा, जस्ता पाता र नगद सहयोग प्रदान गरिएको टिमका अध्यक्ष विक्रम एक्तेनले जानकारी दिए ।
उनका अनुसार माई नगरपालिका–८ का नौ परिवारलाई एक–एक बण्डल जस्ता पाता वितरण गरिएको छ भने अन्य प्रभावित क्षेत्रमा चामल, दाल, तेल, नुन, त्रिपाल, कम्बल र लत्ताकपडा लगायतका सामग्रीहरू प्रदान गरिएको हो । साथै, केही अत्यधिक प्रभावित परिवारलाई तत्कालिक आवश्यकताका लागि नगद सहयोग पनि गरिएको छ ।
अध्यक्ष एक्तेनको भनाइमा, पहिलो चरणमा राहत वितरण सम्पन्न भए पनि आगामी चरणमा आवास पुनःनिर्माण र दीर्घकालीन पुनःस्थापनाका कार्यक्रमहरू ल्याउने तयारी भइरहेको छ ।
क्वीक रेस्क्यु टिम नेपालले विगतका वर्षहरूमा पनि प्राकृतिक विपद्, महामारी र सामाजिक समस्याबाट प्रभावित समुदायमा राहत र उद्धार कार्य गर्दै आएको छ । कोरोना महामारीको समयमा टिमले देशका विभिन्न जिल्लामा खाद्यान्न, स्वास्थ्य सामग्री, उपचार सहयोग र आगलागी तथा बाढी–पहिरो पीडितका लागि राहत अभियान सञ्चालन गरेको अध्यक्ष एक्तेनले स्मरण गरे ।
उनका अनुसार, मानवीय सेवा गर्ने उद्देश्यका साथ गठन भएको टिमले विपद्को बेला तत्काल उद्धार र राहत पुर्याउने कार्यलाई सधैं प्राथमिकतामा राख्दै आएको छ । इलामका बाढी–पहिरो पीडितका लागि गरिएको यस पटकको राहत अभियान इसाई समाज कोशी प्रदेश र स्थानीय तहका प्रतिनिधिहरूको सहकार्यमा सम्पन्न गरिएको हो ।
राहत वितरणका क्रममा स्थानीय बासिन्दा, वडाअध्यक्षहरू, इसाई समुदायका अगुवाहरू तथा टिमका स्वयंसेवकहरूको सक्रिय सहभागिता रहेको थियो ।

Bikram Aekten

 

आज महाअष्टमी पर्व मन ...

काठमाडौँ।आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी प ...

गोरखा दरबारबाट विधिप ...

गोरखा । बडादसैँको सातौँ दिन शनिवार गोरखा दरबारको दसैँघर ...

पूर्ण लोकतन्त्रको सङ ...

– सरोजकुमार मिश्र मधेसी समाजमा एउटा निकै प्रचलित ...

आज फूलपाती भित्र्याइ ...

काठमाडौँ । नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा न ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]