दीपक कार्कीविराटचौक । युवा रोजगार मुलक कार्यक्रमलाई प्राथमिकतामा राखेर मोरङको सुन्दरहरैचा नगरपालिकाले कृषिजन्य उत्पादन वृद्धिमा जोड दिदै किसानहरुलाई बिभिन्न किसिमका अनुदान उपलब्ध गराउदै आएको छ ।युवा शक्ति वैदेशिक रोजगारीकालागि पलायन नहुन् भन्ने उद्देश्यले सुन्दरहरैचा नगरपालिकाले कृषिमा अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको हो ।पशुपक्षी प्रवद्र्धन शाखाका जिवन चापागाई सुन्दरहरैचा नगरपालिकाले विगत पाँच वर्ष देखि कृषि उत्पादनमा वृद्धि गर्ने हुने काम गर्दै आएको बताउछन् । उनले दुध, फुल र मासु उत्पादनमा जोड दिदै नगरलाई आत्मनिर्भर बनाउने कार्यक्रम सञ्चालन गर्दै आएको समेत जानकारी दिए ।सुन्दरहरैचा
धिरेन्द्रकुमार चौधरी रामधुनी । सुनसरीको रामधुनी नगरपालिका कार्यालयको पशु सेवा शाखाको आयोजनामा नगर क्षेत्रमा क्रियाशिल दुग्ध सहकारी संस्थालाई आबश्यक सामग्री मिल्क क्यान बितरण गरिएको छ ।शुक्रबार एक कार्यक्रमकाबीच रामधुनी नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख शंकरलाल चौधरीले दुग्ध सहकारी संस्थालाई क्यान वितरण गरेका हुन् । मिल्क क्यान पाउने रामधुनी–१ मा रहेकोे बर्षा कृषि तथा पशुपालन फर्म २ वटा, रामधुनी–३ मा रहेको सौरभ बहुउद्देश्यीय कृषि फर्म २ वटा, रामधुनी–४ मा रहेको दुग्ध उत्पादन सहकारी संस्था १२ वटा रहेका छन् । त्यसैगरी रामधुनी–५ मा रहेकोे महालक्ष्मी कृषि फर्म २ वटा र रामधुनी
काठमाडौं । संघिय सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि कुल १७ खर्ब ९३ अर्ब ८३ करोड रुपियाँको बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसद्मा उक्त आकारको बजेट प्रस्तुत गरेका हुन् ।बजेटमा चालु खर्च सात खर्ब ५३ अर्ब ४० करोड, पुँजीगत खर्च तीन खर्ब ८० अर्ब ३८ करोड वित्तीय व्यवस्थातर्फ दुई खर्ब ३० अर्ब २२ करोड विनियोजन भएको छ ।स्रोत जुटाउन सरकारले राजस्वमा १२ खर्ब ४० अर्ब ११ करोड लक्ष्य लिएको छ । दुई खर्ब ५६ आन्तरिक ऋण उठाउने भनेको सरकारले ५५ अर्ब ४६ करोड वैदेशिक अनुदान लिने जनाएको छ । बजेटमा गठबन्धन सरकारले कृषि क्षेत्रको दीर्घकालीन विकास, उद्योग क्षेत्रको विस्तार, बेर
इटहरी । इटहरी उपमहानगरपालिकाले २१ वटा क्रस बोयर जातका बोका वितरण गरेको छ । शुक्रबार एक कार्यक्रमकाबिच इटहरी उपमहानगर उपमेयर लक्ष्मी गौतमले कृषक समूहरुलाई बोका बितरण गर्नुभएको हो । इटहरी उपमहानगर कार्यालयका प्रमुख प्रशासकीय अघिकृत सूर्यप्रसाद सुवेदी, वडा नम्वर ३ का वडाध्यक्ष बालकृष्ण बिष्ट र वडा नम्वर १९ का वडाध्यक्ष श्रीनारायण चौधरीको समेत उपस्थितिमा क्रस बोयर जातका बोका वितरण गरिएको हो । इटहरी उपमहानगरपालिका पशुपक्षि शाखा प्रमुख दुर्गा श्रेष्ठका अनुसार प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम अन्तर्गत कृषि फर्महरुलाई १३ वटा बोका ७५ प्रतिशत अनुदानमा बितरण गरिएको हो । अरु बोका बाख्रा पकेट कार्यक
जनक पाण्डे । मोरङ्ग / वडामा भएका पूर्वाधार बिकाशलाई दिगो राख्न बर्खामा हुने अनियन्त्रित बाढी र डुवानको समस्यालाई ब्यवस्थापन गर्नुपर्ने पहिलो आवश्यकता रहेको पथरी शनिश्चरे नगरपालिका ५ नं. वडा सदस्य चेतेन्द्र खड्काले बताउनु भएको छ । धरातलिय स्वरुपमा होचो बनौट कोे भूभाग रहेको ५ नं. वडामा नवनिर्मित शडक पूर्वाधार बर्खामास पानीमा डुब्ने, बाढीले भत्काउने र बगाउने खतरा रहिनै रहेको जानकारी गराउँदै ५ नं. वडा सदस्य चेतेन्द्र खड्काले यस्तो बताउनु भएको हो । वडामा सिंचाईका लागि कुलो र पैनिको सन्तुलित ब्यवस्थापन हुनसके शडक पूर्वाधार, बाटोघाटोमा अनियन्त्रित पानीको प्रभावले हुने क्षय न्यूनिकरण ग
जनक पाण्डे/हसन्दह । मोरङको पथरी–शनिश्चरे नगरपालिकाको वडा नम्बर ६ ले वडाबासीको आयआर्जन बृद्धि गर्ने गरि वडाका योजना र कार्यक्रमहरु अघि सारेको छ । बडावासीको आम्दानीको स्रोत फराकिलो बनाउन कृषि, शिक्षा, स्वास्थ्य लगायत स्वरोजगार कार्यक्रमलाई आफ्नो योजनाको प्राथमिकतामा राखेको वडाले कृषि पेशालाई प्रवद्र्धन र प्रोत्साहन गर्ने उद्देश्य सहित आफुले काम गरेको पथरी–शनिश्चरे ६ नं. वडा अध्यक्ष जयबहादुर तामाङ्ग बताउँछन् । पथरी–शनिश्चरे ६ नं. वडाले वडामा बाटो, घाटो भौतिक पूर्वाधार निर्माण र बिस्तारको काम सम्पन्न गर्दै वडालाई नगरको सडक सञ्जालमा जोडेर अत्यावश्यक साधन एम्वुलेन्स दमकल
नेपालरेखा / इटहरी । संघीय र प्रदेश सरकार स्तरका योजना र बजेट आउन ढिलाई हुदा त्यसको असर स्थानीय तहमा पर्ने गरेको छ । संघ र प्रदेश स्तरबाट आउने योजना र बजेटमा आलटाल, ढिलासुस्ती हुदा बिगतमा स्थानीय तहहरुले बनाउने योजना र बजेट नै प्रभावित भएका छन् । सुनसरीको रामधुनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपानेले संघीय र प्रदेश सरकारले रकम ढिलो पठाउदा योजना सम्पन्न गर्न कठिनाई उत्पन्न हुने बताएका छन् । ‘आर्थिक बर्ष अन्त्य हुन लाग्दा स्थानीय तहमा माथिका योजना बजेट आईपूग्छ अनि कसरी हामीले समयमा काम सम्पन गर्ने ?’ न्यौपानेले गुनासो पोखे– समयमा काम नसके दोष स्थानीयत
इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाले ३० वटा गाई, भैंसीलाई सुत्केरी भत्ता दिएको छ । गाई, भैंसी ब्याउदा दानापानीमा खर्च गर्न नसक्ने किसानलाई गाई, भैंसी सुत्केरी भत्ता दिइएको हो । इटहरी उपमहानगरपालिकाको पशुपक्षी विकास शाखा प्राविधिक ठक्करबहादुर खत्रीले पशुपालक किसानहरुलाई सुत्केरी भत्ता स्वरुप कुल ७५ हजार वितरण गरिएको बताए । सुत्केरी पशुलाई पौष्टिक आहार खुवाउन उपमहानगरपालिकाले गत आर्थिक वर्ष २०७६–७७ को नीति तथा कार्यक्रममा ७५ हजार बजेट विनियोजन गरेको थियो । सुत्केरी भत्तास्वरुप वितरण गरिएको रकम सहकारी सदस्य, पशु विमा भएको गरिब किसानलाई पशुपालनका लागि प्रोत्सहान स्वरुप भत्ता वितरण गरिएको
झापा । बजार मूल्यभन्दा डेढ गुणा बढी निकासी कर तिर्नु परेपछि अलैँची व्यवसायी मारमा परेका छन् । नेपाली बजारमा अहिले अलैँची प्रतिमन रु २० हजारमा कारोवार भइरहेको छ । तर भारतले अलैँचीमा प्रतिकेजी रु ८०० (भारु ५००) निकासी कर लिएपछि व्यवसायी मारमा परेका छन् । नेपाल अलैँची व्यवसायी महासङ्घका अध्यक्ष राजकुमार कार्कीले अलैँचीमा भारतले भारु ५०० प्रतिकिलो भन्सारदर कायम राखेका कारण व्यवसायी समस्यामा परेको बताउनुभयो । “नेपाली बजारमा रु ५०० प्रतिकेजीमा किनबेच भइरहेको अलैँचीको निकासी कर रु ८०० तिर्न सकिँदैन”, उहाँले भन्नुभयो, “सरकारले बजार भाउअनुसार भन्सार शुल्क समायोजन गर्न पहल गर्नुपर्छ ।
इटहरी । लायन्स क्लब अफ इटहरी स्मार्ट सिटी, लियो क्लब अफ स्मार्ट सिटी र नयाँ लायन्स क्लब अफ् एक्टिभले आफ्नो कार्याकाल सुरु भएको पहिलो हप्तामै इटहरीका विभिन्न ८ स्थानमा संयुक्तरुपमा बृक्षरोपण गरेका छन् । यी क्लबहरुको सक्रियतामा आँप, लिची, अनार, कागती, कपुर, अशोक, मसला, टिक, रुद्राक्षका २ सय ८५ विरुवा रोपण गरिएको छ । मदन स्मृति आधारभूत बिद्यालय इटहरी १३, सहिद स्मृति आधारभूत बिद्यालय इटहरी १८, जेबि टुहुरे फाउन्डेसन इटहरी १०, सुकुमारी खोला इटहरी–६, मनमोहन आधारभूत बिध्यालय इटहरी १०, कबिर मा.बि. इटहरी–६ र इटहरी रंगशाला इटहरी–९ मा बृक्षा रोपण गरिएको हो । जुलाइ १ मा डिस्ट्रिक फस्ट गभर