निकासी कर बढेपछि अलैँची व्यवसायी मारमा

  • साउन ४, २०७७ / "नेपाल रेखा"
alt

झापा । बजार मूल्यभन्दा डेढ गुणा बढी निकासी कर तिर्नु परेपछि अलैँची व्यवसायी मारमा परेका छन् । नेपाली बजारमा अहिले अलैँची प्रतिमन रु २० हजारमा कारोवार भइरहेको छ । तर भारतले अलैँचीमा प्रतिकेजी रु ८०० (भारु ५००) निकासी कर लिएपछि व्यवसायी मारमा परेका छन् । नेपाल अलैँची व्यवसायी महासङ्घका अध्यक्ष राजकुमार कार्कीले अलैँचीमा भारतले भारु ५०० प्रतिकिलो भन्सारदर कायम राखेका कारण व्यवसायी समस्यामा परेको बताउनुभयो ।

“नेपाली बजारमा रु ५०० प्रतिकेजीमा किनबेच भइरहेको अलैँचीको निकासी कर रु ८०० तिर्न सकिँदैन”, उहाँले भन्नुभयो, “सरकारले बजार भाउअनुसार भन्सार शुल्क समायोजन गर्न पहल गर्नुपर्छ ।” नेपाली अलैँची बङ्गलादेश निर्यात गर्दा बङ्गलादेशले ३५ प्रतिशत निकासी कर लिने गरेको अध्यक्ष कार्कीले बताउनुभयो तर भुटानबाट बङ्गलादेश निर्यात हुने अलैँचीमा भन्सार शुल्क लाग्दैन । बङ्गलादेशमा अलैँची निकासीका लागि भन्सार छुट र सहज निर्यातको वातावरण बनाइदिन व्यवसायीले माग गरेका छन् ।

नेपाली कृषि उत्पादन निर्यातको वातावरण सहज बनाइदिन उद्योग वाणिज्य मन्त्रालय ‘डेलिगेसन’ लिएरसमेत गएको उहाँले बताउनुभयो । व्यवसायीले नेपाली कृषिजन्य वस्तु निकासीमा देखिएका समस्याका बारेमा मन्त्रालयका सचिव वैकुण्ठ अर्याललाई अवगत गराएका छन् । भारतले नेपाली अलैँचीमा लगाउँदै आएको भन्सार करको समायोजन र नेपाली अलैँची बङ्लादेश निर्यात गर्नका लागि पहल गरिदिनलगायतका विषयमा सचिव अर्यालसँग छलफल गरिएको अध्यक्ष कार्की बताउनुहुन्छ ।

नेपाल निर्यात व्यवसायी महासङ्घका अध्यक्ष रामबहादुर गुरुङ, नेपाल हर्बल एशोसिएसनका अध्यक्ष गोविन्द घिमिरे, नेपाल अलैँची व्यवसायी महासङ्घका अध्यक्ष कार्कीलगायतको टोली डेलिगेसन लिएर जाँदा निकासी समस्या समाधान गर्न पहल गर्ने आश्वासन भने व्यवसायीले पाएका छन् । मन्त्रालयका सचिव अर्यालले मन्त्रालयले परराष्ट्रयलगायतका अन्य निकायसँग छलफल गरी समस्या समाधान गर्ने आश्वासन दिएको अध्यक्ष कार्कीले बताउनुभयो ।

नेपाल अलैँची व्यवसायी महासङ्घ सचिव सुवास भट्टराईले पूर्वीनाका काँकडभिट्टाबाट अहिले अलैँची निर्यात भइरहेको बताउनुभयो । उहाँले भुटानबाट बङ्गलादेश अलैँची निर्यातमा कर नलाग्ने भएकाले भारतीय व्यवसायीले समेत अलैँची भुटान लगेर त्यहाँबाट निर्यात गर्ने गरेको बताउनुभयो ।

सडककाे दुरावस्था ...

केही दिनदेखिकाे वर्षाका कारण सुनसरीको इनरुवा नगरपालिका- ...

पुलको ड्याम पुर्ननिर ...

कञ्चनपुरको भीमदत्त नगरपालिका-१२ स्थित महाकाली ...

समाजका लागि केही गर् ...

हामीले सुरु गरेको ‘व्यक्तित्व परिचर्चा’ कार ...

कोशी प्रदेशसभामा बजे ...

विराटनगर । कोशी प्रदेशसभाको आइतबारको बैठकमा आगामी आर्थि ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]