शडक पूर्वाधार जोगाउन बाढी र डुबान ब्यवस्थापनको खाँचो : वडा सदस्य खड्का "कृषिलाई सिंचाइ"

  • कार्तिक २८, २०७७ / "नेपाल रेखा"
alt

 

जनक पाण्डे । मोरङ्ग / वडामा भएका पूर्वाधार बिकाशलाई दिगो राख्न बर्खामा हुने अनियन्त्रित बाढी र डुवानको समस्यालाई ब्यवस्थापन गर्नुपर्ने पहिलो आवश्यकता रहेको पथरी शनिश्चरे नगरपालिका ५ नं. वडा सदस्य चेतेन्द्र खड्काले बताउनु भएको छ । 

धरातलिय स्वरुपमा होचो बनौट कोे भूभाग रहेको ५ नं. वडामा नवनिर्मित शडक पूर्वाधार बर्खामास पानीमा डुब्ने, बाढीले भत्काउने र बगाउने खतरा रहिनै रहेको जानकारी गराउँदै ५ नं. वडा सदस्य चेतेन्द्र खड्काले यस्तो बताउनु भएको हो ।


वडामा सिंचाईका लागि कुलो र पैनिको सन्तुलित ब्यवस्थापन हुनसके शडक पूर्वाधार, बाटोघाटोमा अनियन्त्रित पानीको प्रभावले हुने क्षय न्यूनिकरण गर्न सकिने वडा सदस्य चेतेन्द्र खड्काले बताउनु भएको छ ।


पूर्वाधार बिकाश निर्माणमा लगानी गरिएका शडक पूर्वाधारहरु जति बनाएपनि बर्खाको बाढी र पानीले भत्काउने र बगाउने समस्या वडामा रहेको छ । शडक बनायो पानीले भत्काउँछ र बगाउँछ । पटक पटक एकै स्थानमा बजेट खर्चको स्थिति श्रृजना हुनेहुँदा बिकाशनै प्रभाबित हुनसक्ने समेत वडा सदस्य चेतेन्द्र खड्काले नेपालरेखा डटकम लाई बताउनु भएको छ ।


प्रसस्त पानीको स्रोत रहेको ५ नं. बडामा सिंचाईका लागि हिँउदमा खेरजाने पानीलाई उपयोगमा ल्याउन सके कृषकको खेतमा वाटर पम्म, बिधुतमा हुने खपत र खर्च समेत जोगाउन सकिने वडा सदस्य खड्काको राय रहेको छ ।


५ नं. बडामा ९० प्रतिशत भन्दा बढी कृषकहरुको बसोवास रहेको छ । हिउदमा पानीको आपूर्ति कम हुनेहुँदा हिँउदे कृषिबालि प्रभावित हुनेगरेको स्थानिय कृषकहरुको गुनासो छ । तर बर्खामा पानीको बहाव बढेर शडक वाटो डुबाउने र बगाउने जोखिम छ । खेरगईरहेका पानी, नदी, नाला र खोला कुलो पैनिको ब्यवस्थापनले हिँउद महिनामा पनि सिंचाईको लागि पानीको आपूर्ति सहज गराउन सकिने देखिन्छ । बर्खामास बढी भएको पानीलाई सोही कुलो पैनि र निकास मार्फत वडामा हुने डुवानको समस्यालाई कम गराउन सकिने कुरा पनि वडा सदस्य खड्काले बताउनु भएको छ ।


बर्खाको बेला वडाका बिभिन्न स्थानहरु जलमग्न हुने र हिंउदमा अति सुख्खा हुनेहँुदा स्थानिय साना, ठूला तथा मझौला पानीका स्रोत एकत्रित गरेर ब्यवस्थाप गर्न सके हिँउदमा स्थानिय कृषि सिंचाईलाई टेवा पूर्याउन र बर्खामा हुने डुवानको समस्यालाई कम गर्न सकिने धारणा वडा सदस्य खड्काको रहेको छ ।

वडाको हसन्दह, सुगाबजार, सुन्दरी चोक, भोटेघुम्ती, मैनाखाडी, भेटघाट चोक लगायतका अधिकांश क्षेत्रहरु बक्राहानदी संग जोडिएका होचो तलामा रहेका छन् । यी स्थानहरुमा पूर्वाधार निर्माण बाढीले भत्काउने र बगाउने खतरा पनि उत्तिकै रहेको छ । यी क्षेत्रहरुमा कहिलेकाँही बक्राहा नदीको बहाव मानव बस्तीमा समेत पसेर प्रभाबित गर्ने गरेको छ ।

 

सडककाे दुरावस्था ...

केही दिनदेखिकाे वर्षाका कारण सुनसरीको इनरुवा नगरपालिका- ...

पुलको ड्याम पुर्ननिर ...

कञ्चनपुरको भीमदत्त नगरपालिका-१२ स्थित महाकाली ...

समाजका लागि केही गर् ...

हामीले सुरु गरेको ‘व्यक्तित्व परिचर्चा’ कार ...

कोशी प्रदेशसभामा बजे ...

विराटनगर । कोशी प्रदेशसभाको आइतबारको बैठकमा आगामी आर्थि ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]