रामधुनी नगरपालिकाले दियो सहकारीलाई मिल्क क्यान

  • जेठ २०, २०७९ / नेपाल रेखा
alt

धिरेन्द्रकुमार चौधरी
रामधुनी । सुनसरीको रामधुनी नगरपालिका कार्यालयको पशु सेवा शाखाको आयोजनामा नगर क्षेत्रमा क्रियाशिल दुग्ध सहकारी संस्थालाई आबश्यक सामग्री मिल्क क्यान बितरण गरिएको छ ।
शुक्रबार एक कार्यक्रमकाबीच रामधुनी नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख शंकरलाल चौधरीले दुग्ध सहकारी संस्थालाई क्यान वितरण गरेका हुन् । मिल्क क्यान पाउने रामधुनी–१ मा रहेकोे बर्षा कृषि तथा पशुपालन फर्म २ वटा, रामधुनी–३ मा रहेको सौरभ बहुउद्देश्यीय कृषि फर्म २ वटा, रामधुनी–४ मा रहेको दुग्ध उत्पादन सहकारी संस्था १२ वटा रहेका छन् । त्यसैगरी रामधुनी–५ मा रहेकोे महालक्ष्मी कृषि फर्म २ वटा र रामधुनी–८ मा रहेको आकर्षक दुग्ध सहकारी संस्थाले १२ वटा मिल्क क्यान प्राप्त गरेका छन् ।
कार्यक्रममा रामधुनीका प्रमुख प्रशासकीय अधिकृत कमलबहादुर थापाले दुग्ध व्यावसाय प्रबद्र्धन गर्न क्यान बितरण गरेको बताए ।
पशु सेवा शाखा रामधुनीका सहायक दुर्गाप्रसाद पराजुलीले ४० लिटर क्षमताको ३० वटा मिल्क क्यान बितरण गरिएको जानकारी दिए । रामधुनी नपाको आ.ब. २०७८÷०७९ मा स्वीकृत बार्षिक कार्यक्रम नगर योजनाबाट क्यान बितरण गरिएको हो ।
मिल्क क्यान अनुदानमा पाउने रामधुनी–१ मा रहेको महालक्ष्मी कृषि फर्मका संचालक बासुदेब अधिकारीले दुध संकलन गर्न र राख्न उपयुक्त हुने बताए । कार्यक्रममा पशु सेवा कार्यालयका प्रमुख शिवकुमार मोचीको सहभागिता रहेको थियो ।

 

सिमरा सेजको चार सय न ...

वीरगञ्ज । सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) प्राधिक ...

ट्राफिक नियम उल्लङ्घ ...

काठमाडौँ । के तपाईँ ट्राफिक नियम उल्लङ्घनमा परेपछि प्रह ...

नेपालका प्रजनन स्वास ...

काठमाडौँ । अष्ट्रेलियाको मेलबर्नमा चार दिनसम्म चलेको वि ...

स्वयम्भूनाथमा भक्तजन ...

२५७०औँ बुद्धजयन्तीका अवसरमा आज काठमाडौँको स्व ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]