विविध विकासमा पथरी शनिश्चरे ६ नम्बर वडा "कृषिमा प्रोत्साहन, वडाबासीको आयआर्जनमा बृद्धि गरिने"

  • असोज २९, २०७७ / "नेपाल रेखा"
alt

 

जनक पाण्डे/हसन्दह । मोरङको पथरी–शनिश्चरे नगरपालिकाको वडा नम्बर ६ ले वडाबासीको आयआर्जन बृद्धि गर्ने गरि वडाका योजना र कार्यक्रमहरु अघि सारेको छ ।

बडावासीको आम्दानीको स्रोत फराकिलो बनाउन कृषि, शिक्षा, स्वास्थ्य लगायत स्वरोजगार कार्यक्रमलाई आफ्नो योजनाको प्राथमिकतामा राखेको वडाले कृषि पेशालाई प्रवद्र्धन र प्रोत्साहन गर्ने उद्देश्य सहित आफुले काम गरेको पथरी–शनिश्चरे ६ नं. वडा अध्यक्ष जयबहादुर तामाङ्ग बताउँछन् ।

पथरी–शनिश्चरे ६ नं. वडाले वडामा बाटो, घाटो भौतिक पूर्वाधार निर्माण र बिस्तारको काम सम्पन्न गर्दै वडालाई नगरको सडक सञ्जालमा जोडेर अत्यावश्यक साधन एम्वुलेन्स दमकल र यातायत सहज बनाउदै कृषि उत्पादन, प्रवद्र्धन र वडाबासीको आयआर्जन बृद्धि बिकासमा लागेको छ ।

कुल १२ सय घरधुरी र ६०११ जनसंख्या रहेको पथरी–शनिश्चरेको ६ नंंं. वडाले कृषि प्रोत्साहनका लागि कृषकहरुलाई बिभिन्न अनुदान सहुलियत उपलब्ध गराएको छ । कृषिमा पानीको आपूर्ति सहज बनाउन संस्थागत तथा समूहगत किसानलाई सहुलियत हुने गरी वडामा ३५ देखि ३६ वटा बिद्युतीय वाटरपम्प वितरण गरिएको सोही वडाका वडाध्यक्ष जयबहादुर तामाङ्गले बताए ।

अध्यक्ष तामाङ्गका अनुसार पानी नलाग्ने खेतका लागि पूर्ण अनुदानमा बिद्युतीय पम्प वितरण गरिएको छ । त्यसैगरी, धानको उन्नत विउमा ५० प्रतिशत अनुदान दिइएको छ । त्यस्तै पशु स्वास्थ्य विमामा ७५ प्रतिशत अनुदान दिइएको छ । साथै वडाको तर्फबाट २० प्रतिशत अनुदान दिइएको छ भने यसमा कृषकको ५ प्रतिशत मात्र लगानी भएको छ ।
त्यस्तै शैक्षिक सुधारका लागि पनि ६ नं. वडा पथरी–शनिश्चरेले लगानी गरेको छ । शिक्षा सदन प्रावि गेलावारी २ लाख ५० हजार चालु आ.व.मा विनियोजन गरिएको छ । त्यसैगरी, रामजनकी निमावि, दुर्गा आधारभूत विद्यालय मंगलबारे ३ वटै बिद्यालयलाई २ लाख ५० हजारका दरले शैक्षिक सुधारमा जम्मा ७ लाख ५० हजार सहयोग उपलब्ध गराइने नीति ६ नं. वडाको रहेको छ । साथै वडामा बाल शिक्षा कार्यक्रम पनि संचालन गरिएको छ ।

लक्षित वर्गको क्षमता अभिवृद्धिका लागि कार्यक्रम अघि बढाइएको छ । अघिल्लो वर्ष सार्वजनिक सुनुवाई गरेको पथरी शनिश्चरे ६ नं. वडाले यस पटक कोभिड १९ सुरक्षा जोखिमको कारण सार्वजनिक सुनुवाई कार्यक्रम हुन नसकेको जनाउदै यो पटक वडा प्रतिनिधि मार्फत घर, दैलो टोलमा गएर योजना र बिकासबारे जानकारी गराउने योजना रहेको वडा अध्यक्ष तामाङ्गले बताएका छन् ।

वडामा विकास निर्माण र सचेतना अभियान अघि बढाउदा विना विभेद कार्यक्रम संचालन गरिएको पनि उनले बताए । त्यसैगरी, स्वास्थ्य क्षेत्रमा आधारभूत स्वास्थ्य केन्द्रको भवन बनाउनका लागि पनि यस वडा योजना निर्माण गरिएको थियो । यसै योजना अन्तर्गत ६३ लाख लगानीमा भवन बनिरहेको छ । वडालाई खुला दिसामुक्त क्षेत्र पनि गरिएको वडा अध्यक्ष तामाङ्गले जानकारी दिएका छन् ।

 

तीव्र गतिको हावाहुरी ...

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था ...

वागेश्वरी मन्दिर ...

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२ स्थित घरबा ...

एस.ई.ई. स्पिकर प्रति ...

धरान । र्याडिकल लाईट नेपाल प्रा.लि. धरानको आयोजनामा सञ् ...

सामाजिक सुरक्षा भत्त ...

सुनसरीको इनरुवा नगरपालिका–१ स्थित एनआईएमबी बैंकअग ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]