विराटनगर । दृष्टिविहीन एक पुरुषले ५१ औँ पटक रक्तदान गर्नुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विराटनगर–११ कमिटीद्वारा आयोजित रक्तदानमा विराटनगरका ४२ वर्षीय चिरञ्जीवी शर्माले उक्त रक्तदान गर्नुभएको हो । शर्माले तीन महिनाभित्र खेर जाने रगतले समुदायमा रहेका बिरामीलाई प्रयोग गर्न पाउँदा ज्यादै नै खुशी लाग्ने गरेको बताउँदै मोरङको विभिन्न क्षेत्रमा हुने रक्तदान कार्यक्रममा यसरी नै सहभागी हुने गरेको जानकारी दिनुभयो । नेकपाका केन्द्रीय सदस्य महेश रेग्मीले रक्तदान दान जीवन दान भएकाले कोभिड–१९ को महामारीमा रक्तदान कम भइरहेको यस समयमा रक्तदान कार्यक्रमको आयोजनाबाट सामाजिक कार्यमा ठूलो का
धनकुटा । धनकुटामा हुन सक्ने जस्तो सुकै विपतलाई पनि व्यवस्थापन गर्नका लागि सुरुमै सजकता अपनाई त्यसको तयारीमा पूर्व योजना सहित लाग्ने धनकुटा जिल्ला विपत व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ ।कोरोना भाईरस विरुद्ध अहिले सम्म धनकुटामा भैरहेको अभियानको बारेमा समीक्षा गर्दै कोरोना भाईरसलाई धनकुटामा फैलन नदिई नियन्त्रण गर्नका लागि अझ सहजकता अपनाई सवैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने र मनसुन परिर्वतन सँंगै अब हुन सक्ने बाढी पहिरो प्रकोपलाई समेत ध्यान दिई विशेष योजनाका साथ पूर्व तयारी गर्ने लगायतका विभिन्न निर्णयहरु धनकुटा जिल्ला विपत व्यवस्थापन समितिको बैठकले गरेको जिल्ला प्रशासन कार्यालय धनक
विराटचौक । मोरङको सुन्दरहरैंचा नगरपालिकामा कृयाशिल पत्रकार समूहले कोभिड–१९ नोबेल कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा नगरलाई सहयोग गर्दै आइरहेको छ । सुन्दरहरैंचाका अग्रज पत्रकार शिव भट्टराईको नेतृत्वमा १० सदस्यीय कोभिड–१९ जोखिम पत्रकारिता समिति समेत गठन गरेको छ । सुन्दरहरैंचा नगरपालिका भित्र लकडाउनको समयमा जोखिम पत्रकार गर्दै आएका सोही ठाउँका कृयाशिल पत्रकारहरुले नगर भित्रको सूचना सम्प्रेशण गर्न तथा नगरको हरेक क्षेत्रमा सहयोग गर्न शिव भट्टराईको संयोजकत्वमा १० सदस्यीय गरी सुन्दरहरैंचा कोभिड–१९ जोखिम पत्रकारिता समिति गठन गरेको छ । स्थानीय तथा राष्ट्रिय स्तरका विभिन्न रेडियो, ट
इटहरी । लक डाउन लम्बिदै जाँदा सुनचाँदी क्षेत्रमा काम गर्ने मजदुरहरु –कालीगढ) पनि बिहान बेलुका खाने कुराको समस्या झेल्न थालेका छन् । उनीहरुको समस्यालाई समाधान गर्न सुनचाँदी व्यवसायी संघ अघि सरेको छ ।संघद्वारा सोमबार इटहरीका ज्वेलर्सहरुमा काम गर्दै आएका १ सय ३० जना सुन चाँदी व्यावसायसँग आवद्ध मजदुरहरु (कालीगढ)हरुलाई खाद्यन्न प्रदान गरिएको छ । उनीहरुलाई प्रति कालिगढ २० केजी चामल, २ केजी दाल, २ लिटर तेल, १ केजी नुन दिइएको हो ।
हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले संसारलाई त्रसित बनाइरहेको कोरोना भाइरसविरुद्ध देशले घोषणा गरेको लडाइँमा डा रुना झा र अन्य चिकित्साकर्मीको योगदानको चिरकालसम्म स्मरण हुने बताउनुभएको छ । आज सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले संयुक्त राष्ट्रसङ्घीय महिला मिसन युएन वुमनले छनोट गरेको कोरोनाविरुद्धको अभियानमा स्वास्थ्य मोर्चाको अग्रपङ्क्ति सम्हाल्ने विश्वका पाँच महिलाभित्र नेपालकी डा रुना झा पनि पर्न सफल हुनुभएकामा हार्दिक बधाई ज्ञापन गर्नुभयो । “तपाईँ र तपाईँजस्ता चिकित्साकर्मीको योगदानको चिरकालसम्म स्मरण हुनेछ”, मुख्यमन्त्री पौडेलले जारी गर्नुभएको बधाई सन्देशम
इटहरी । नेपाल युवा उद्यमी मञ्च सुनसरीको प्रथम अधिवेशनले विनोद पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।सुनसरीको इटहरीमा सर्वसम्मत सम्पन्न अधिवेशनले नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कुुमोद निरौला र उपाध्यक्षमा सन्तोष आचार्यलाई चयन गरेको हो । त्यसैगरी, अधिवेशनले फाईनान्स विभागमा चन्द्र देवकोटा, अन्तर्राष्ट्रिय विभागमा रोहित पराजुली, तालिम विभागमा ंआकाश दुलाल चयन भएका छन् ।त्यस्तै, सदस्यहरुमा श्रुति शर्मा, पृथ्वीराज पराजुली, सिद्धार्थ श्रेष्ठ, ममता पराजुली चयन भएको संस्थापक अध्यक्ष सुदीप घिमिरेले जानकारी दिए । अधिवेशन निवर्तमान अध्यक्ष सुदीप घिमिरेको अध्यक्षता तथा नेपाल युवा उद्यमी मञ
विराटनगर । विराटनगरस्थित पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा कोभिड–१९ का शङ्कास्पद बिरामीको स्वाब परीक्षण शुरु भएको छ । प्रदेश नं. १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रयोगशालाको निरीक्षण गर्दै प्रदेश सरकारले कोभिड–१९ परीक्षणका लागि थप ल्याब सञ्चालन गरेसँगै प्रतिदिन ३०० भन्दा बढी शङ्कास्पद बिरामीको थ्रोट स्वाब परीक्षण गर्न सकिने बताए । उनले कोभिड–१९ परीक्षणको मात्रा बढाउँदै लगेको बताए । मन्त्री घिमिरेले प्रयोगशालामा दैनिक २० जनासम्मको परीक्षण गर्न सकिने उल्लेख गर्दै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको क्षमता विस्तार गरी १०० बढी र कोशी अस्पतालमा २०० जनास
धनकुटा । कोरोना भाईरस विरुद्ध जनचेतना मजदुरहरुमा फैलाउदै अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा धनकुटा उद्योग बाणिज्य संघले मजदुरहरुलाई स्वास्थ्य तथा सुरक्षित समाग्रीहरु वितरण गरेको छ । धनकुटा उद्योग बाणिज्य संघले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा मजदुरहरुमा कोरोना भाईरस विरुद्ध जनचेतना अभिवृद्धी गर्दै धनकुटा निगाले सिमेन्ट प्रा.लि. सिधुवा धनकुटा र गुरासे टि स्टेट प्राली धनकुटा हिलेका मजदुरहरुलाई स्वास्थ्य तथा सुरक्षित समाग्रीहरु वितरण गरेको हो । धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, वरिष्ठ उपाध्यक्ष मनकुमारी तितुङ्ग, उपाध्यक्ष तथा वितरक संघ हिले धनकुटाका अध्यक्ष कृष्णराज श्
धरान । लकडाउन लम्बिदै जाँदा उत्पन्न हुने खाद्यन्नको संकट टार्न विभिन्न संघ, संस्थाहरुबाट राहत संकलन गर्ने क्रम जारी रहेकै बेला धरान १५ मा क्रियाशिल बाँझोगरा बहुउद्देश्यीय कृषक समूहले पनि शेयर सदस्यहरुबाट राहत संकलन गरी सोही वडा कार्यालयलाई हस्तान्तरण गरेको छ । शेयर सदस्यहरुबाट संकलन गरिएको ६०० केजी चामल, ६० केजी नुन, ६० केजी दाल, ६० लिटर खाने तेल गरी ६० हजार बराबरको राहत धरान–१५ नम्बर वडा कार्यालयलाई शुक्रबार हस्तान्तरण गरिएको समूहकी अध्यक्ष ज्योति लिम्बूले बताइन् । समूहकोतर्फबाट उक्त राहत वडा अध्यक्ष नरेशकुमार ईवारमलाई हस्तान्तरण गरेपछि धरान–१५ स्थित गर्वलाल टोल र महादेव चौकका अति
झापा । झापाको मेची कृषक बहुमुखी सहकारीले रु ४ करोड ५० लाख मूल्य बराबरको दश प्रकारको ४५० मेट्रिक टन धानको बीउ मौज्दात रहेको जनाउँदै किसानलाई बेच्न शुरु गरेको छ । तराईमा धानखेतीका लागि ब्याड राख्ने बेला हुन लागेको हुँदा किसानहरूको सुविधाका लागि बीउको खुद्रा तथा थोक बिक्री शुरु गरिएको सो सहकारीका व्यवस्थापक दीपक काफ्लेले जानकारी दिएका छन् । मेचीनगर–७ इँटाभट्टामा रहेको सहकारीले पोस्ट हार्वेस्ट सेवा केन्द्रमार्फत आफँैले उत्पादन गरेको राधा–१२, रञ्जित, मन्सुली, सुख्खा–३, हर्दिनाथ–१, साम्बा, शर्णा सबवान, नुनिया, रातो बासमती र राम धानको बीउ झापा, मोरङ र सुनसरीका किसानलाई बेच्दै