बाँझोगरा कृषक समूहद्वारा वडा कार्यालयलाई राहत हस्तान्तरण "लाभग्राहीलाई आजै वितरण गरियो"

  • वैशाख १९, २०७७ / "नेपाल रेखा"
alt

धरान । लकडाउन लम्बिदै जाँदा उत्पन्न हुने खाद्यन्नको संकट टार्न विभिन्न संघ, संस्थाहरुबाट राहत संकलन गर्ने क्रम जारी रहेकै बेला धरान १५ मा क्रियाशिल बाँझोगरा बहुउद्देश्यीय कृषक समूहले पनि शेयर सदस्यहरुबाट राहत संकलन गरी सोही वडा कार्यालयलाई हस्तान्तरण गरेको छ ।
शेयर सदस्यहरुबाट संकलन गरिएको ६०० केजी चामल, ६० केजी नुन, ६० केजी दाल, ६० लिटर खाने तेल गरी ६० हजार बराबरको राहत धरान–१५ नम्बर वडा कार्यालयलाई शुक्रबार हस्तान्तरण गरिएको समूहकी अध्यक्ष ज्योति लिम्बूले बताइन् ।
समूहकोतर्फबाट उक्त राहत वडा अध्यक्ष नरेशकुमार ईवारमलाई हस्तान्तरण गरेपछि धरान–१५ स्थित गर्वलाल टोल र महादेव चौकका अति विपन्न ६० घरपरिवारलाई आजै वितरण गरिएको छ ।

दशैंको मुस्कान पछाडि ...

  दशैं नजिकिँदै छ। घरमा हाँसो, टीका, जमरा, मिठो ख ...

भेडेटार पार्क ...

पूर्वको प्रसिद्ध पर्यटकीयस्थल धनकुटाको भेडेटा ...

बिक्री गर्दै बाँसका ...

जनकपुरधाम उपमहानगरपालिका-६ पेठिया बजारमा बाँस ...

बूढीगण्डकी नदीकाे बा ...

बाढी आएपछि गोरखास्थित बूढीगण्डकी नदी आसपास क् ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]