मुख्यमन्त्री पौडेलद्वारा कोरोनाविरुद्धको लडाइँमा झा र अन्य चिकित्साकर्मीलाई बधाई

  • वैशाख २१, २०७७ / "नेपाल रेखा"
alt

हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले संसारलाई त्रसित बनाइरहेको कोरोना भाइरसविरुद्ध देशले घोषणा गरेको लडाइँमा डा रुना झा र अन्य चिकित्साकर्मीको योगदानको चिरकालसम्म स्मरण हुने बताउनुभएको छ ।

आज सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले संयुक्त राष्ट्रसङ्घीय महिला मिसन युएन वुमनले छनोट गरेको कोरोनाविरुद्धको अभियानमा स्वास्थ्य मोर्चाको अग्रपङ्क्ति सम्हाल्ने विश्वका पाँच महिलाभित्र नेपालकी डा रुना झा पनि पर्न सफल हुनुभएकामा हार्दिक बधाई ज्ञापन गर्नुभयो । “तपाईँ र तपाईँजस्ता चिकित्साकर्मीको योगदानको चिरकालसम्म स्मरण हुनेछ”, मुख्यमन्त्री पौडेलले जारी गर्नुभएको बधाई सन्देशमा उल्लेख छ ।

मुख्यमन्त्री पौडेलले यो सफलता देशको सबैभन्दा ठूलो सरकारी प्रयोगशालामा रहेर दैनिक औसत ७० बिरामीको स्वास्थ्य परीक्षण रिपार्टको अन्तिम टुङ्गो लगाउनुहुने डा झा र उहाँको समूहकोे अद्वितीय सफलता हो भन्नुभएको छ । पौडेलले यो सफलता कोरोना भाइरसको कहरका बीचमा प्राप्त अवसरको समुचित प्रयोगबाट निस्किएको राष्ट्रिय उपलब्धि पनि भएको उल्लेख गर्नुभएको छ ।

मुख्यमन्त्री पौडेलले नेपालका लागि कोरोना भाइरस एक महामारी मात्रै नभई संसारलाई नेपाली जनताको विवेक, स्वास्थ्यकर्मीको क्षमता, सुरक्षाकर्मीको लगन र सरकारको व्यवस्थापन देखाउने सुनौलो अवसरका रूपमा पनि आएको उल्लेख गर्नुभएकोे छ ।

उहाँले सन्देशमा कोरोनाविरुद्ध सरकारले व्यवस्थित र चुस्त रणनीति अपनाएको, देशभर परीक्षणको व्यवस्था गरेको तथा वाग्मती प्रदेशमा मात्रै विभिन्न छ स्थानबाट कोरोनाको परीक्षण भइरहेको उल्लेख गर्नुभएको छ । “कोरोनाविरुद्ध हामी सबै डटेर लागेका छौँ, हामी चाँडै नै कोरोनालाई सधैँका लागि बिदा गर्दैछौँ”, मुख्यमन्त्री पौडेलले सन्देशमार्फत भन्नुभएको छ ।

तीव्र गतिको हावाहुरी ...

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था ...

वागेश्वरी मन्दिर ...

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२ स्थित घरबा ...

एस.ई.ई. स्पिकर प्रति ...

धरान । र्याडिकल लाईट नेपाल प्रा.लि. धरानको आयोजनामा सञ् ...

सामाजिक सुरक्षा भत्त ...

सुनसरीको इनरुवा नगरपालिका–१ स्थित एनआईएमबी बैंकअग ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]