६ जना भारतीय नागरिक डिस्चार्ज

  • वैशाख २४, २०७७ / "नेपाल रेखा"
alt

विराटनगर । कोसी अस्पताल अन्तर्गतको कोभिड–१९ उपचार केन्द्रबाट ६ जना भारतीय नागरिक डिस्चार्ज भएका छन् ।
कोभिड १९ उपचार केन्द्रमा उपचार गराइरहेका १२ जनामध्ये ६ जना डिस्चार्ज भएका हुन् ।
अस्पताल परिसरमा प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले उनीहरुलाई विदाइ गर्नुभएको थियो । कोरोनामुक्त भई डिस्चार्ज हुनेहरु ३० वर्षीय अनुस जैदी, २९ वर्षीय मोहम्मद अजिज, २८ वर्षीय मोहम्मद जावेद, २१ वर्षीय मोहम्मद अहमद साहेव, ३४ वर्षीय मोहम्मद अजिरवान र २६ वर्षीय मोहम्वद राशिद हुन् ।
उदयपुरको भुल्केस्थित मस्जिदमा रहेको बेला कोरोना देखिएपछि वैशाख ५ गते उनीहरुलाई अस्पताल भर्ना गरी उपचार गरिएको थियो ।
अस्पतालमा भर्ना भएको १४ दिनपछि गरिएको दोस्रो र तेस्रो पटकको स्वाब परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि उनीहरुलाई डिस्चार्ज गरिएको कोशी अस्पतालकी कार्यबहाक मेडिकल सुपरिडेन्डेन्ट संगीता मिश्रले जानकारी गराउनु भयो । डिस्चार्ज हुने सबैलाई विराटनगर रानीको एक मस्जिदमा निर्माण गरिएको क्वारेन्टाईनमा राखिने छ । १० वटा वेडरुम र १० वटा शौचालय भएको सो मस्जिदमा उनीहरुलाई राखिने भएको हो ।
पहिलो चरणमा अस्पताल भर्ना भएका १३ जनाको स्वाब परीक्षणमा ६ जनाको दोस्रो र तेस्रो पटक नेगेटिभ नतिजा आएकोले उनीहरु कोरोनामुक्त देखिएको थियो । अन्य संक्रमितको पनि स्वाब परीक्षण भइहरेको छ ।
विराटनगरको कोभिड १९ उपचार केन्द्रमा उदयपुरका २८ सहित ३१ जना उपचाररत छन् । तीमध्ये १२ जना भारतीय हुन् । उपचारमा रहेका अन्य २ जना झापाका र १ जना भोजपुरका छन् । उनीहरु सवैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । ६ जना डिस्चार्ज भएसँगै कोशी अस्पतालको कोरोना अस्पतालमा अब २५ जना उपचाररत रहनेछन् ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]