दृष्टिविहीन शर्माद्वारा ५१औँ पटक रक्तदान

  • वैशाख २३, २०७७ / "नेपाल रेखा"
alt

विराटनगर । दृष्टिविहीन एक पुरुषले ५१ औँ पटक रक्तदान गर्नुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विराटनगर–११ कमिटीद्वारा आयोजित रक्तदानमा विराटनगरका ४२ वर्षीय चिरञ्जीवी शर्माले उक्त रक्तदान गर्नुभएको हो ।

शर्माले तीन महिनाभित्र खेर जाने रगतले समुदायमा रहेका बिरामीलाई प्रयोग गर्न पाउँदा ज्यादै नै खुशी लाग्ने गरेको बताउँदै मोरङको विभिन्न क्षेत्रमा हुने रक्तदान कार्यक्रममा यसरी नै सहभागी हुने गरेको जानकारी दिनुभयो ।

नेकपाका केन्द्रीय सदस्य महेश रेग्मीले रक्तदान दान जीवन दान भएकाले कोभिड–१९ को महामारीमा रक्तदान कम भइरहेको यस समयमा रक्तदान कार्यक्रमको आयोजनाबाट सामाजिक कार्यमा ठूलो कार्य गरेको विचार राख्नुभयो । उहाँले अशक्त रोगी तथा बिरामीको सेवाका लागि प्रत्येक तीन÷तीन महिनामा रक्तदान गर्न सबैलाई आग्रह गर्नुभयो ।

कार्यक्रमका संयोजक ममता प्रधान, वडाध्यक्ष तीर्थेन्द्र न्यौपाने, नेकपा जिल्ला सञ्चार प्रमुख मणि दाहाल र यातायात सङ्घका अध्यक्ष राजन कँडेलले समाजसेवा, गरिब तथा विपन्नको सेवामा पार्टीको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । रक्तदानमा महिला र पुरुष गरी ५० जनाले एक÷एक पिन्ट रगतदान गर्नुभएको थियो ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]