काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले टेलिकम कम्पनी एनसेलको शेयर खरिद बिक्रीसम्बन्धी छानबिन समितिको प्रतिवेदन नेपाल सरकार मन्त्रिपरिषद्मा विचाराधीन रहेकोे बताउनुभएको छ ।प्रतिनिधिसभाको शिक्षा, स्वास्थ तथा सूचना प्रविधि समितिमा जवाफ दिँदै मन्त्री शर्माले छानबिन समितिले प्रतिवेदन बुझाएकाले सोको अध्ययन भइरहेको जानकारी दिनुभयो । उहाँले त्यसबारे निर्णय नभएकाले हाल प्रतिवेदन सार्वजनिक गर्न नमिल्ने जवाफ दिनुभयो । समितिका केही सदस्यले प्रतिवेदन आफूहरुलाई दिन माग गर्नुभएको थियो । समितिको आजको बैठकमा सुरक्षण मुद्रणसम्बन्धी विधेयकका दफा १९ देखि २६ सम्ममा छलफल भई पारित भएको छ ।
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको जनमुखी कदमले सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति जनताको आशा र भरोसा बढाउने काम गरेको बताउनुभएको छ । नेपाल टेलिभिजनको ३९औँ वार्षिकोत्सवका उपलक्ष्यमा आज आयोजित कार्यक्रममा उहाँले जनतामा ‘अब चाहिँ केही हुन्छ’ भन्ने सकारात्मक सोचको विकास र नयाँ आशाको सञ्चार हुनु सकारात्मक उपलब्धि मान्नुपर्ने बताउनुभयो । चुनौतीपूर्ण परिस्थितिमा गठन भएको आफ्नो नेतृत्वको वर्तमान सरकारले एक वर्ष, एक महिनाको अवधि पूरा गरिसकेको उल्लेख गर्दै प्रधानमन्त्रीले यसबीचमा इतिहासले सम्झिने गरी कैयौँ साहसिक र जनपक्षीय काम अघि बढाएको बताउनुभयो । &l
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘सामाजिक सञ्जाल (प्रयोग तथा नियमन) ऐन, २०८०’ सम्बन्धी विधेयकमाथि सुझाव मागेको छ । सामाजिक सञ्जालको प्रयोगलाई मर्यादित, सुरक्षित र व्यवस्थित प्रयोग गर्न तथा सामाजिक सञ्चालको दुरुपयोगको कारण व्यक्ति र समाजमा पर्नसक्ने नकारात्मक प्रभावलाई निरुत्साहित गर्न ऐन ल्याउन लागेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले सामाजिक सद्भाव, सांस्कृतिक सहिष्णुता र सुशासन प्रवद्र्धन गर्न सामाजिक सञ्जालका प्लेटफर्म सञ्चालक र प्रयोगकर्तालाई जिम्मेवार र जवाफदेही बनाइ सामाजिक सञ्जालको सञ्चालन, व्यवस्थापन तथा नियमन गरिने ऐनमा उल्लेख छ । सामाजिक सञ्जाल प्लेटफर्म
काठमाडौँ । नेपाल पत्रकार महासङ्घले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सवालमा सन् २०२३ सन्तोषजनक नरहेको जनाएको छ । महासङ्घद्वारा आज जारी एक विज्ञप्तिमा यस वर्ष प्रेस स्वतन्त्रता हननसम्बन्धी ५८ घटना अभिलेख भएको उल्लेख छ । “विगतका वर्ष मा जस्तै यसवर्ष पनि प्रेस स्वतन्त्रता हननका विभिन्न घटना नेपाल पत्रकार महासङ्घको प्रेस स्वतन्त्रता अनुगमन इकाइमा अभिलेख भएका छन् । यसवर्ष पत्रकारको पेशागत असुरक्षा मुख्य चुनौतिको विषय बनेको छ”, विज्ञप्तिमा भनिएको छ महासङ्घका अनुसार सन् २०२३ मा अघिल्लो वर्ष सन् २०२२ को तुलनामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटना बढेका छन् । सन् २०२२ मा प्रेस स्वत
काठमाडौं । सरकारले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा नेपाल टेलिकमका फोन र एसएमएस निःशुल्क गर्ने व्यवस्था गरेको छ ।नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा फोन तथा एसएमएस पाँच दिनका लागि निःशुल्क व्यवस्था गर्ने निर्णय गरेको जानकारी दिए ।प्रवक्ता अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सूचना आदान प्रदानलाई निरन्तरता दिन उक्त क्षेत्रमा रहेका कम्पनीका सम्पूर्ण मोबाइल ग्राहकहरुलाई पाँच दिनको अवधिका लागि निःशुल्क फोन तथा म्यासेज सेवा उपलब्ध गराइएको छ । यसका अतिरिक्त उक्त क्षेत्रमा पाँच दिन निःशुल्क फोन तथा एसएमएस सेवासहित निःशुल्क सिम उपलब्ध गराइ
इटहरी । नेपाल पत्रकार महासंघ सुनसरी शाखाले शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ ।बिहीबार इटहरीको दुर्गा पार्टी प्यालेसमा विजय दशमी, नेपाल सम्वत, दीपावली, छठ, बकरइद, उद्यौली, ल्होसार, माघी पर्वलगायत चाडपर्वको अवसरमा सो कार्यक्रम गरिएको हो । शुभकामना आदान प्रदान कार्यक्रममा प्रेस चौतारी सुनसरी अध्यक्ष सुभद्रा प्याकुरेल, चौतारीकै कोशी प्रदेश उपाध्यक्ष सुमन पुरी, प्रेस युनियन कोशी प्रदेश महासचिव संजिव वाग्लेले पत्रकारिता पेशा संकटमा पर्दै गएकोले यसको सुरक्षामा सरकारले विशेष ध्यान दिनुपर्ने बताए । त्यसैगरि, शाखाका पूर्व अध्यक्षहरु कृष्णविनोद लम्साल, कृष्ण अधिकारी, महासंघ कोशी प्रदेश कार्
नेपालको पत्रकारिताको इतिहासमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्राप्तिका लागि पत्रकारहरूले धेरै सङ्घर्ष गरेका छन् । निर्दलीय पञ्चायती व्यवस्था र त्यसका हिमायतीले गरेका गलत क्रियाकलापविरुद्ध लेख्ने पत्रकारलाई बिभिन्न खालका झुटा मुद्दा लगाउने गरिन्थ्यो । उतिखेरका संविधान, ऐन–कानूनहरूमा पञ्चायती व्यवस्था, पञ्चहरूका विरुद्धमात्र होइन, भूमिगत वा प्रतिबन्धित भनिएका अन्य दलका गतिविधि, समाचार, विचार, लेख लेखेको (प्रकाशन गरेको) खण्डमा सो पत्रिकाको दर्ता खारेजी हुने, छापाखानासमेत जफत गर्न सकिने किटानी प्रावधान नै राखिएको थियो ।पञ्चायतकालका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी गतिविधि र कानुनी प
इटहरी । पत्रकारिताका माध्यमबाट सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै पूर्वी हटलाइन दैनिकका कार्यकारी सम्पादक राजन केडी, सप्तकोशी टेलिभिजनकी सञ्चालक तथा समाचार संयोजक रञ्जना पौडेल, ग्यालेक्सी फोकेका प्रकास तिम्सिना पदम पवित्रा पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन्।दुर्गाबहादुर विष्टले स्थापना गरेको पदम–पवित्रा पुरस्कार इटहरी उपमहानगरपालिका वडा नम्बर–६ मा रहेको स्वागत टोल विकास संस्थाको १८ औं स्थापना दिवसको अवसर पारेर तीन जना पत्रकारहरुलाई प्रदान गरिएको हो ।पदम पवित्रा अक्षय कोषबाट प्रदान गरिएको पत्रकारिता पुरस्कारबाट सम्मानित हुने केडी, पौडेल र तिम्सिनालाई क
कुमोद अधिकारी विराटनगर । रेडियो नेपालको समावेशी प्रसारण समुदायको सहभागिता विषयक अन्तरक्रिया एवं समाचार उत्पादन तथा प्रसारण डिजिटल प्रविधिको प्रयोग सम्वन्धी तालिम शुरु भएको छ ।विराटनगर महानगरपालिका–४ खार्जी स्थित तारिणीप्रसाद कोइराला स्मृति संचारग्राम रेडियो नेपालमा तालिम एवं अन्तरक्रिया शुरु भएको हो । रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय धनकुटाबाट प्रसारण हुदै आएको पूर्वेली थारु, राई वान्तवा तथा लिम्बू भाषाको समाचार तथा कार्यक्रमलाई थप प्रभावकारी बनाउन तथा श्रोता समक्ष कार्यक्रमले पारेको प्रभाव तथा आगामि दिनमा सुधार गर्नुपर्ने बिषयमा रेडियो नेपालले अन्तरक्रिया कार्यक्रमको आय
काठमाडौं । प्रेस काउन्सिल नेपालको सहयोगमा नेपाल प्रेस इन्ष्टिच्यूटले डिजिटल पत्रकारिता गर्दै आएका र यस विधामा पत्रकारिता गर्ने रुचि भएका ८० जना सञ्चारकर्मीलाई असार २५ गतेदेखि एक साता लामो पत्रकारिता तालिम दिन सुरु गरेको छ । एक सय ५० भन्दा बढी निवेदन प्राप्त भएको यस तालिममा अनलाइन न्यूज पोर्टल र यूट्युव सञ्चालन, मोबाइल जर्नलिजम (मोजो) पत्रकारिता, डिजिटल मिडियाका लागि समाचार लेखन सीप र आचारसंहिताका विषयमा प्रशिक्षण दिइने प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले जानकारी गराए । कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष बस्नेतले ‘नेपालमा मात्र नभई विश्वमा मूलधारका सञ्चारकर्मीहरुलाई डिजिटल पत्रकारित