असी डिजिटल पत्रकारलाई तालिम

  • असार २५, २०८० / नेपाल रेखा
alt

काठमाडौं । प्रेस काउन्सिल नेपालको सहयोगमा नेपाल प्रेस इन्ष्टिच्यूटले डिजिटल पत्रकारिता गर्दै आएका र यस विधामा पत्रकारिता गर्ने रुचि भएका ८० जना सञ्चारकर्मीलाई असार २५ गतेदेखि एक साता लामो पत्रकारिता तालिम दिन सुरु गरेको छ ।
एक सय ५० भन्दा बढी निवेदन प्राप्त भएको यस तालिममा अनलाइन न्यूज पोर्टल र यूट्युव सञ्चालन, मोबाइल जर्नलिजम (मोजो) पत्रकारिता, डिजिटल मिडियाका लागि समाचार लेखन सीप र आचारसंहिताका विषयमा प्रशिक्षण दिइने प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले जानकारी गराए ।
कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष बस्नेतले ‘नेपालमा मात्र नभई विश्वमा मूलधारका सञ्चारकर्मीहरुलाई डिजिटल पत्रकारिताको ज्ञान नभए उनीहरु प्रतिस्पर्धामा आउन नै नसक्ने अवस्था आएको’ उल्लेख गर्दै मुलुकका पत्रकारको आवश्यकतालाई सम्बोधन गर्न काउन्सिल सदा तत्पर रहेको बताए ।
दूर शिक्षा प्रणालीका माध्यमबाट सञ्चालन गरिएको प्रशिक्षण सोमबार विहान ७ बजेदेखि ११ बजेसम्म चलेको थियो । पहिलो दिनको प्रशिक्षण वरिष्ठ न्यू मिडिया विज्ञ करुण थापाले दिनुभएको थियो । तालिम शुक्रबारसम्म चल्ने बताइएको छ ।

गोरखा दरबारबाट विधिप ...

गोरखा । बडादसैँको सातौँ दिन शनिवार गोरखा दरबारको दसैँघर ...

पूर्ण लोकतन्त्रको सङ ...

– सरोजकुमार मिश्र मधेसी समाजमा एउटा निकै प्रचलित ...

आज फूलपाती भित्र्याइ ...

काठमाडौँ । नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा न ...

गौरादहमा लालपैनी खोल ...

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र भौतिक प ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]