भूकम्प गएको जाजरकोट र रुकुम पश्चिममा फोन र एसएमएस सेवा पाँच दिन निःशुल्क

  • कार्तिक १८, २०८० / नेपाल रेखा
alt

काठमाडौं । सरकारले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा नेपाल टेलिकमका फोन र एसएमएस निःशुल्क गर्ने व्यवस्था गरेको छ ।
नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा फोन तथा एसएमएस पाँच दिनका लागि निःशुल्क व्यवस्था गर्ने निर्णय गरेको जानकारी दिए ।
प्रवक्ता अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सूचना आदान प्रदानलाई निरन्तरता दिन उक्त क्षेत्रमा रहेका कम्पनीका सम्पूर्ण मोबाइल ग्राहकहरुलाई पाँच दिनको अवधिका लागि निःशुल्क फोन तथा म्यासेज सेवा उपलब्ध गराइएको छ । यसका अतिरिक्त उक्त क्षेत्रमा पाँच दिन निःशुल्क फोन तथा एसएमएस सेवासहित निःशुल्क सिम उपलब्ध गराइने छ ।’
साथै टेलिकमले उद्धार क्षेत्रमा सूचना आदानप्रदान गर्न आवश्यकता अनुसार निःशुल्क नमस्ते वाईफाई सेवा समेत उपलब्ध गराएको छ । हाल भूकम्प प्रभावित रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोट क्षेत्रमा नेपाल टेलिकमका सम्पूर्ण सेवाहरु सुचारु रहेको जनाइएको छ ।
टेलिकमले यस विषम परिस्थितिमा दूरुसञ्चार सेवाहरुलाई नियमित रुपमा सुचारु राख्ने प्रतिबद्धता समेत जनाएको छ ।

गोरखा दरबारबाट विधिप ...

गोरखा । बडादसैँको सातौँ दिन शनिवार गोरखा दरबारको दसैँघर ...

पूर्ण लोकतन्त्रको सङ ...

– सरोजकुमार मिश्र मधेसी समाजमा एउटा निकै प्रचलित ...

आज फूलपाती भित्र्याइ ...

काठमाडौँ । नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा न ...

गौरादहमा लालपैनी खोल ...

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र भौतिक प ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]