राष्ट्रिय

    Showing 81-86 of 86 items.
  • कृषि दिगोे आयस्रोतको माध्यम

    नेपालरेखा / नगरबासी कृषकहरुको आयमा बृद्धि गर्दै आत्मनिर्भर बनाउन, कृषि प्रवर्धन र प्रोत्साहनका लागि पथरी शनिश्चरे नगरपालिकाले बिभिन्न कार्यक्रम सहित अनुदानका कार्यक्रम, उन्नत जातका बिउबिजनको बितरण, पशुपालक कृषकका लागि बिभिन्न जातका घाँसका बिउ, औसधी खोप, बिभिन्न कृषि औजार, पानीको आपूर्तिका लागि बोरिङ्ग पाइप, मोटर समेत बितरण गर्ने गरेको छ । नगरको संमुन्नत बिकाश र सम्बृद्धिका लागि शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि तथा पूर्वाधार निर्माण लगायतका योजना कार्यक्रमहरुमा काम गर्दै आएको पथरी–शनिश्चरे नगरपालिकाले यूवा स्वरोजगार र जेष्ठ नागरिक बिषेश स्वास्थ्य सेवा कार्यक्रम समेत संचालन गर्दै आएको छ ।

    • प्रकाशित मितिः असोज २९, २०७७
    • 528 पटक पढिएको
    • "नेपाल रेखा"
  • नेपालमा पर्यटनको इतिहास

    पर्यटन एक गतिशिल क्षेत्र र व्यवसाय हो । यो क्षेत्रमा त्यतिकै मात्रामा चुनौतीहरु पनि छन् । नेपालमा पर्यटन क्षेत्रमा अनगिन्ती अवसरहरु रहेका छन् । समग्रमा पर्यटन क्षेत्र अवसर र चुनौती पनि हो । माउन्टेनियरिङ, जलयात्रा, धार्मिक पर्यटन, ग्रामीण पर्यटन जस्तै कैयौँ आयामहरु पर्यटन क्षेत्रमा छन् । तर पनि हामी नयाँ–नयाँ प्रविधिमा परिष्कृत छैनौँ । हाम्रो पर्यटन आन्तरिक चुनौतीमा नै अल्झिएको छ । हाम्रो सम्पदा भित्र रहेका पर्यटनको लागि नयाँ गन्तव्यहरुको खोजी गर्ने र तिनलाई प्रवद्र्वन गर्ने काम भएका छैन भन्दा पनि हुन्छ । ग्रामीण पर्यटनका बलिया आधार मानिने पर्या–पर्यटन, सांस्कृतिक पर्यटन, धार्मिक

    • प्रकाशित मितिः असोज २८, २०७७
    • 808 पटक पढिएको
    • "नेपाल रेखा"
  • भावुक हुँदै बिदाई भए न्यायाधीशहरू

    नेपालरेखा / सप्तरी । सप्तरी जिल्ला बार एकाइले सरुवा भएर जान लागेका सप्तरी जिल्ला अदालतका न्यायाधीशलाई सम्मानका साथ बिदाइ गरेको छ । जिल्ला बार एकाइको सभाकक्षमा आयोजित एक समारोहबीच बार एकाइ र कानून व्यावसायीले मायाको चिनोसहित सम्मानका साथ बिदाइ गर्दा न्यायाधीशहरू भावुक बने । कार्यक्रममा सप्तरी जिल्ला अदालतका प्रमुख न्यायाधीश चन्द्रमणि ज्ञवालीले आफू ठिक भए वातावरण पनि ठिक हुने बताए । कानूनी ज्ञानका लागि सप्तरी जिल्ला अदालत विश्वविद्यालय रहेको भन्दै न्यायाधीश ज्ञवालीले सबैले ज्ञान, विवेक र अनुभवका आधारमा इमान्दारितापूर्वक न्यायको उद्देश्यमा केन्द्रित भएर काम गर्नुपर्ने बताए । सप्तरी जिल्ला अदालत

    • प्रकाशित मितिः असोज २६, २०७७
    • 428 पटक पढिएको
    • "नेपाल रेखा"
  • रामु पोख्रेल राप्रपाको केन्द्रीय नेतृत्वमा

    नेपालरेखा / इटहरी । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समिति विस्तार गरी ७२७ जना सदस्य पु¥याईएको छ । पार्टी एकीकरण भएपछि ३२७ जना सदस्य रहेको कार्य समितिमा आइतबार ४०० जना थप भई ७२७ जनाको केन्द्रीय कार्यसमिति निर्माण भएको हो । एकीकृत पार्टीलाई निर्वाचन आयोगले मान्यता दिएपछि पहिलो पटक केन्द्रीय कार्य समितिको विस्तार भएको राप्रपाले जनाएको छ । सो पार्टीले असोज २९ गतेसम्म जिल्लास्तरमा समायोजन सम्पन्न गरिसक्ने र आगामी बैशाख २५ देखी २८ गतेसम्म काठमाडौंमा हुने केन्द्रीय महाधिवेशनको तयारीमा लाग्ने जनाएको छ । हालै चयन गरिएका नयाँ केन्द्रीय सदस्यहरूमा इटहरीबाट युवा समाजसेवी तथा राजनीतिक

    • प्रकाशित मितिः असोज २६, २०७७
    • 516 पटक पढिएको
    • "नेपाल रेखा"
  • ढिलासुस्ती गर्ने संघ र प्रदेश दोष पाउने स्थानीय तह

    नेपालरेखा / इटहरी । संघीय र प्रदेश सरकार स्तरका योजना र बजेट आउन ढिलाई हुदा त्यसको असर स्थानीय तहमा पर्ने गरेको छ । संघ र प्रदेश स्तरबाट आउने योजना र बजेटमा आलटाल, ढिलासुस्ती हुदा बिगतमा स्थानीय तहहरुले बनाउने योजना र बजेट नै प्रभावित भएका छन् । सुनसरीको रामधुनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपानेले संघीय र प्रदेश सरकारले रकम ढिलो पठाउदा योजना सम्पन्न गर्न कठिनाई उत्पन्न हुने बताएका छन् । ‘आर्थिक बर्ष अन्त्य हुन लाग्दा स्थानीय तहमा माथिका योजना बजेट आईपूग्छ अनि कसरी हामीले समयमा काम सम्पन गर्ने ?’ न्यौपानेले गुनासो पोखे– समयमा काम नसके दोष स्थानीयत

    • प्रकाशित मितिः असोज २६, २०७७
    • 629 पटक पढिएको
    • "नेपाल रेखा"
  • दशैंको मुखमा न्यायाधीशहरुको सरुवा

      जनक पाण्डे/इटहरी । न्याय परिषदको वुधवारको बैठकले जिल्ला अदालतका १ सय १४ जना माननिय न्यायाधीशहरुको सरुवा सिफारिस गरेको छ । परिषदले २९ जना माननिय जिल्ला न्यायाधीशको नयाँ नियुक्ती सहित पदस्थापन सिफारिस पनि गरेको छ । न्याय परिषदको असोज २१ गतेको बैठकले जिल्ला न्यायाधिशहरुको सरुवा सिफारिस र पदस्थापन सिफारिस गरेको हो । पदस्थापन सिफारिस भएका मध्ये झापा, मोरङ र सुनसरीमा चार जना न्यायाधीश नयाँ नियुक्ती भइ आएका छन् । सरुवा तथा पदस्थापन भइ आएका न्यायाधीशहरुमा झापामा चार, मोरङ्ग र सुनसरीमा सात÷सात जना सरुवा भएर आउन लागेका हुन् । झापामा दिलकुमार बर्देवा, मोरङ्गमा रोशनकुमार भट्टराई, सुनस

    • प्रकाशित मितिः असोज २२, २०७७
    • 394 पटक पढिएको
    • "नेपाल रेखा"

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]