रामु पोख्रेल राप्रपाको केन्द्रीय नेतृत्वमा "नेपालरेखा"

  • असोज २६, २०७७ / "नेपाल रेखा"
alt



नेपालरेखा / इटहरी । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समिति विस्तार गरी ७२७ जना सदस्य पु¥याईएको छ ।

पार्टी एकीकरण भएपछि ३२७ जना सदस्य रहेको कार्य समितिमा आइतबार ४०० जना थप भई ७२७ जनाको केन्द्रीय कार्यसमिति निर्माण भएको हो ।

एकीकृत पार्टीलाई निर्वाचन आयोगले मान्यता दिएपछि पहिलो पटक केन्द्रीय कार्य समितिको विस्तार भएको राप्रपाले जनाएको छ । सो पार्टीले असोज २९ गतेसम्म जिल्लास्तरमा समायोजन सम्पन्न गरिसक्ने र आगामी बैशाख २५ देखी २८ गतेसम्म काठमाडौंमा हुने केन्द्रीय महाधिवेशनको तयारीमा लाग्ने जनाएको छ ।

हालै चयन गरिएका नयाँ केन्द्रीय सदस्यहरूमा इटहरीबाट युवा समाजसेवी तथा राजनीतिकर्मी रामु पोख्रेल सहित सुनसरीका ५ जना राप्रपाको केन्द्रीय सदस्यमा मनोनित भएका छन् । त्यसैगरी, रामकुमार सुब्बा केन्द्रिय कार्य सम्पादन समितिमा मनोनित भएका छन् । सुब्बा पूर्व मन्त्रीसमेत हुन् ।

त्यसैगरी, गोपाल कोईराला, हरिकृष्ण श्रेष्ठ, हसबुल मिया, सुरेश आचार्य, इनु अधिकारी, मधु रिमाल, योगमाया तिम्सिना भरतराज भट्टराई र शंकर थापा गाँउले पनि केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।

नवनियुक्त केन्द्रीय सदस्य रामु पोखरेलले अब पार्टीलाई जनस्तरमा विस्तार गर्ने बताएका छन् ।

 

 

 

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]