भावुक हुँदै बिदाई भए न्यायाधीशहरू

  • असोज २६, २०७७ / "नेपाल रेखा"
alt


नेपालरेखा / सप्तरी । सप्तरी जिल्ला बार एकाइले सरुवा भएर जान लागेका सप्तरी जिल्ला अदालतका न्यायाधीशलाई सम्मानका साथ बिदाइ गरेको छ । जिल्ला बार एकाइको सभाकक्षमा आयोजित एक समारोहबीच बार एकाइ र कानून व्यावसायीले मायाको चिनोसहित सम्मानका साथ बिदाइ गर्दा न्यायाधीशहरू भावुक बने ।

कार्यक्रममा सप्तरी जिल्ला अदालतका प्रमुख न्यायाधीश चन्द्रमणि ज्ञवालीले आफू ठिक भए वातावरण पनि ठिक हुने बताए । कानूनी ज्ञानका लागि सप्तरी जिल्ला अदालत विश्वविद्यालय रहेको भन्दै न्यायाधीश ज्ञवालीले सबैले ज्ञान, विवेक र अनुभवका आधारमा इमान्दारितापूर्वक न्यायको उद्देश्यमा केन्द्रित भएर काम गर्नुपर्ने बताए ।

सप्तरी जिल्ला अदालतबाट न्यायाधीश उमेश कोइराला भक्तपुर, जवाहरप्रसाद सिंह कपिलवस्तु, कृष्णप्रसाद पौडेल काठमाडौँ, नन्दकिशोरप्रसाद यादव धनुषा र सुदर्शन लामिछाने मोरङ जिल्ला अदालतमा सरुवा भएका छन् ।

कार्यक्रममा उपस्थित सरुवा भएका न्यायाधीश सिंह, पौडेल, यादव र लामिछानेले बिदाइ मन्तव्य राख्दै भावुक बने । उनीहरूले व्यक्तिगत र व्यावसायिकरूपमा सरोकारवाला निकाय र कानून व्यावसायीहरूको परिपक्व व्यवहारले दुई वर्षको अवधि छोटो लागेको बताए ।

सकारात्मक सोच र सहयोगका साथै विद्वान कानून व्यवसायीबाट प्राप्त बहस र सुझावले न्याय सम्पादन गर्न सहज महसुस भएको न्यायाधीशहरूले बताए । न्यायाधीशले सप्तरीसँग जोडिएको विगतको नाता कोट्याउँदै जहाँ रहे पनि सप्तरीको सम्झना सदैव स्मरणीय रहने र कानूनी काम परेमा सहयोग गर्ने पनि बताए ।

उनीहरूले जस्तोसुकै जटिल र कठिन परिस्थितिमा पनि स्वतन्त्र न्यायपालिकाको मूल्य मान्यतालाई अक्षुण राख्दै विधिको शासन र नागरिकको अधिकार संरक्षणका लागि भूमिका निर्वाह गर्ने प्रतिबद्धता दोहो¥याए । औपचारिक कार्यक्रममा पहिलोपटक आएका श्रेस्तेदार कुमार मास्केलाई समेत बार एकाइले सम्मान गरेको छ ।

सम्मानित न्यायाधीश र श्रेस्तेदारलाई वार एकाइका अध्यक्ष डोमन साहले गम्छा ओढाएर मायाको चिनो प्रदान गरे । साहको अध्यक्षतामा आयोजित कार्यक्रममा न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठ, श्रेस्तेदार मास्के, बार एकाइका पूर्वअध्यक्ष सुरेन्द्रप्रसाद यादव, रामकुमार यादव, दुर्गानन्द चौधरी, उपाध्यक्ष महेन्द्र देव, सचिव ओमप्रकाश यादव, सहसचिव रञ्जिता रिजाल, अधिवक्ता भूपेन्द्रनारायण मण्डल, मीना देव, मनु पोखरेल, इन्सेक प्रतिनिधि मनोहर पोखरेल, प्रादेशिक कानून सहायता अधिकृत किरण साहलगायतले बिदाइ गरे ।

 

सिमरा सेजको चार सय न ...

वीरगञ्ज । सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) प्राधिक ...

ट्राफिक नियम उल्लङ्घ ...

काठमाडौँ । के तपाईँ ट्राफिक नियम उल्लङ्घनमा परेपछि प्रह ...

नेपालका प्रजनन स्वास ...

काठमाडौँ । अष्ट्रेलियाको मेलबर्नमा चार दिनसम्म चलेको वि ...

स्वयम्भूनाथमा भक्तजन ...

२५७०औँ बुद्धजयन्तीका अवसरमा आज काठमाडौँको स्व ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]