नेपालमा पर्यटनको इतिहास "–के.बि.मसाल "

  • असोज २८, २०७७ / "नेपाल रेखा"
alt

पर्यटन एक गतिशिल क्षेत्र र व्यवसाय हो । यो क्षेत्रमा त्यतिकै मात्रामा चुनौतीहरु पनि छन् । नेपालमा पर्यटन क्षेत्रमा अनगिन्ती अवसरहरु रहेका छन् । समग्रमा पर्यटन क्षेत्र अवसर र चुनौती पनि हो । माउन्टेनियरिङ, जलयात्रा, धार्मिक पर्यटन, ग्रामीण पर्यटन जस्तै कैयौँ आयामहरु पर्यटन क्षेत्रमा छन् । तर पनि हामी नयाँ–नयाँ प्रविधिमा परिष्कृत छैनौँ । हाम्रो पर्यटन आन्तरिक चुनौतीमा नै अल्झिएको छ । हाम्रो सम्पदा भित्र रहेका पर्यटनको लागि नयाँ गन्तव्यहरुको खोजी गर्ने र तिनलाई प्रवद्र्वन गर्ने काम भएका छैन भन्दा पनि हुन्छ । ग्रामीण पर्यटनका बलिया आधार मानिने पर्या–पर्यटन, सांस्कृतिक पर्यटन, धार्मिक पर्यटन, साहसिक पर्यटनजस्ता महत्वपूर्ण आयामको उपयोग गर्न पर्याप्त व्यवसायीकरण गर्न सकिएको छैन । 

यो बर्ष कोरोना भाइरसको महामारीले बिश्वनै कोकाहल बनेको अवस्था छ । महामारीको प्रभाव कहिलेसम्म रहने, कति जनसंख्या प्रभावित हुने, कतिले ज्यान गुमाउनुपर्ने, रोग नियन्त्रणका लागि स्थायी उपचार विधि कहिले पत्ता लाग्ने कुनै आकलन अहिले सम्म भएको छैन् ।

पर्यटनको क्षेत्रमा गहिरो अध्यन गर्ने हो भने प्राचीनकालमा लिच्छविकाल समयमा नेपालमा चिनियाँ यात्री फाइयानले कपिलवस्तुमा सन् ३९९ देखि सन् ४१४ सम्म भ्रमण गरेको इतिहास भेटिन्छ । पछि सन् ६२९ देखि ६४५ सम्म चिनियाँ यात्री दुःख साङले नेपाल भ्रमण गरी नेपालकै विषयमा धेरै कुरा लेखेका थिए । मल्लकालीन समयमा भोट अर्थात चीनमा व्यापारका कारण विदेशीहरु नेपाल आउने गरेका थिए । त्यो समयमा नेपालीहरुले पनि विदेश भ्रमण गरेका थिए । जुन कुरा वि.सं. १९०६ मा श्री ३ जंगबहादुर राणाको बेलायत यात्रामा उनका टिममा ५० औं जनाको यात्रा उधारण लिन सकिन्छ । श्री ३ जगंबहादुर राणाको बेलायत भ्रमण गर्नु भन्दा पहिले व्रह्मपुत्र नदी पार गरेर कुनै पनि नेपाली वाहिरी मुलुकको भ्रमणमा गएका थिएनन् ।


नेपालको भूमीमा टेक्ने पहिला पर्यटक मन्जुश्रीलाई मानिएको छ भने नेपालबाट बाहिर जाने पहिलो पर्यटक भृकुटीलाई मानिएको छ । मन्जुश्री नेपाल प्रवेश गरेर काठमाण्डौ उपत्यकाको जलाशयलाई चोभारमा गल्छी बनाएर निकास दिएर उपत्यकामा मानव बस्तीको विकास गरेका थिए । स्रोङचनगम्पो सन् ६१७ देखि ६९८ सम्म तिब्बती सम्राट थिए । यिनैले लिच्छबी शासक अंशुवर्माको छोरी भृकुटी सग विवाह गरी नेपालसंग सम्बन्ध गाँसिएको थियो । बैवाहिक सम्वन्धबाट तिब्बत गएपनि भृकुटीलाई नेपालबाट विदेशमा पुग्ने पहिलो पर्यटक मानिन्छ ।

हिमाली भेगमा मानिसहरु बसोवास गर्न थालेको करिवन ९ हजार वर्ष भएको छ । सम्भवत भोट–बर्मेली मूलका मानिसहरु नेपालमा २ हजार ५सय वर्ष अगाडि बसोबास गर्न थालेका थिए । ईशापूर्व १५०० तिर आर्यन जातिहरु उपत्यका प्रवेश गरेका हुन । लिच्छवीहरुले ५औं शताब्दिको उत्तरार्धमा आएर राज्य गरे । लिच्छवीवंश ८ औं शताब्दिको उत्तरार्धमा अस्त हुन थाल्यो र सन् ८७९ देखि नेवार युगको उदय भयो । यी सबै इतिहासका कुराहरु पनि भ्रमणसंग जोडिएका छन् ।


सन् १९५० मा फ्रेञ्च नागरिक मरिस हर्जोग र लुइस लाकनलले अन्नपूर्ण हिमाल आरोहण गरेपछि नेपालमा पर्यटनको ढोका खुलेको मान्यता छ । पहिलोपटक आठ हजार मिटरको हिमालमा मानव पाइला परेको त्यो सफलता संसारभरि चर्चाको विषय भयो । जुन कारणले नेपाल संसारभरि हिमालको मुलुक भनेर चिनियो । हुन पनि आठ हजार मिटरभन्दा अग्ला १३ हिमाल त नेपालमै थिए । सन् १९५३ मा तेन्जिङ नोर्गे र एडमन्ड हिलारीले सर्वोच्च शिखर सगरमाथा चुमे । रोयल होटेल खोलेर नेपालमै बस्न थालेका बोरिस लिसानोभिचले सन् १९५७ र ५८ मा पर्यटकलाई घुम्ने प्याकेज बेच्न थालिसकेका थिए । त्यहीबेला जिम कोपम्यानले चितवनमा खोलेको हन्टिङ कम्पनी र टाइगर टप्स रिसोर्टले वन्यजन्तुका सौखिन पर्यटकलाई आकर्षित गर्न थाल्यो । यसैका कारण विश्वमा चर्चित अफ्रिका वन्यजन्तु पर्यटनको पायोनियर नेपालले तान्न सफल भयो ।


पर्यटनले भ्रमण मात्र होइन राजनीतिक महत्व पनि बढदै गएको छ । राजनीतिक स्थिरता भएको ठाउँमा विकास एवं शान्ति हुन्छ । पर्यटनका लागि त्यो अनुकूल वातावरण हो । फेरि अहिले विश्वव्यापी रुपमा पर्यटन व्यवसाय फैलिएको सन्दर्भमा कुनै पनि राज्य वा समाजले आफ्नो पुरानो राजनीतिक पूर्वाग्रहलाई त्याग्न सकेन भने पर्यटन व्यवसाय फस्टाउन सक्दैन । कतिपय मुलुकहरु त्यस्ता पूर्वाग्रहलाई त्यागी पर्यटन प्रवद्र्धनका लागि राजनैतिक रुपमा भ्रमण गर्न थालेका छन् । चीन, भारत, पाकिस्तानजस्ता देशहरु नजिकका उदाहरणहरु हुन् ।

सरकारप्रमुख, राज्यप्रमुख, नेता, मन्त्री, उच्चपदस्थ व्यक्ति, सांसद आदिको औपचारिक भ्रमणदेखि राजनैतिक बैठक, सभा सम्मेलनजस्ता राष्ट्रिय, अन्तर्राष्ट्रिय कार्यक्रमहरुले पर्यटनलाई सहयोग पु¥याउदै आएको छ । अर्को तर्फ राजनैतिक संगठन, समूह अर्थात सार्क, ओपेक आदि हरुको नियमित बैठक, भ्रमण आदिले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । वर्तमान अवस्थामा कुनै पनि राष्ट्र एक–अर्को राष्ट्रसँग अछुत भएर बस्न सक्दैन ।

अहिले धेरै मुलुक पर्यटनका कारण भाइचारामा वृद्धि भएको छ । राजनैतिक रुपमा सहयोगको आदन–प्रदान भएको छ । जसबाट कुनै पनि देशको बाह्य सम्बन्ध राम्रो र सहयोगात्मक मात्र नभएर आन्तरिक विकासमा समेत पर्यटनको राजनैतिक भ्रमणले सहयोग पुगेको छ ।


विश्वको कतिपय मुलुकमा कृत्रिम सुन्दरताले समेत पर्यटकलाई आकर्षित गरिरहेको बेला प्राकृतिक रुपमै रमणीय र साहसिक पर्यटकीय क्षेत्र रहेको नेपालमा हामीले पर्यटकलाई आकर्षण गर्न सकिरहेका छैनौं । नेपालमा प्राकृतिक रुपमा रहेका सायौ पर्यटकिय सम्पदामा मानविय लगानी गर्न परेको छैन । तर अब संरक्षणको खाचो भएको छ ।

ग्रामीण पर्यटनका बलिया आधार मानिने पर्या–पर्यटन, सांस्कृतिक पर्यटन, धार्मिक पर्यटन, साहसिक पर्यटनजस्ता महत्वपूर्ण आयामको उपयोग गर्न पर्याप्त व्यवसायीकरण गर्न सकिएको छैन । तर पनि विश्वका जुनसुकै मुलुकबाट आएका पर्यटक नेपालमा एक पटक पाइला टेकेपछि उनीहरु यसलाई अन्तिम भ्रमण बनाउँदैनन् । नेपालमा पहिलो पटक आउने पर्यटकलाई प्रश्न गर्दा उनीहरुले भनिरहेका हुन्छन्, म फेरि फर्केर आउँछु । त्यसपछि उनीहरु साथी भाइहरु सहित पुनः नेपाल आएको पाइन्छ ।


नेपाल एउटा पर्यटकीय गन्तब्य हो, हिमश्रृखलाहरु, मनोरम हरियाली, जैविक अनि सास्कृतीक विविधता र वुद्धभुमी नेपालको गहना हो । हरेक वर्ष नेपालको हिमशयलमा रमाउन, हिमालहरु आरोहण गर्न, पदयात्रा गर्न, धार्मिक पर्यटन गर्न अनि अन्य विभिन्न कुराहरु अवलोकन गर्न लाखौँ पर्यटकहरु नेपाल आउनेगर्दछन ।

पर्यटन एक गतिशिल क्षेत्र र व्यवसाय हो । यो क्षेत्रमा त्यतिकै मात्रामा चुनौतीहरु पनि छन् । नेपालमा पर्यटन क्षेत्रमा अनगिन्ती अवसरहरु रहेका छन् । समग्रमा पर्यटन क्षेत्र अवसर र चुनौती पनि हो । माउन्टेनियरिङ, जलयात्रा, धार्मिक पर्यटन, ग्रामीण पर्यटन जस्तै कैयौँ आयामहरु पर्यटन क्षेत्रमा छन् । तर पनि हामी नयाँ–नयाँ प्रविधिमा परिष्कृत छैनौँ । हाम्रो पर्यटन आन्तरिक चुनौतीमा नै अल्झिएको छ । हाम्रो सम्पदा भित्र रहेका पर्यटनको लागि नयाँ गन्तव्यहरुको खोजी गर्ने र तिनलाई प्रवद्र्वन गर्ने काम भएका छैन भन्दा पनि हुन्छ ।


पर्यटकीय दृष्टिबाट हेर्ने हो भने नेपाल पहिलो नम्बरमा आउँछ । सगरमाथा र बुद्धको जन्मथलोको रुपमा नेपाल बिश्वमानै परिचित छ । बिश्वभरी करीव ५३ करोड बौद्ध धर्मावलम्वी रहेका छन् । ५३ करोडमध्ये पनि करीव ५० करोड संख्या त एशियाका १० देशका नागरिक छन् । ती देश नेपालबाट केही घण्टाको हवाई दूरीमा रहेका छन् । एशियाबाट मात्रै बौद्ध धर्मावलम्वीहरु ०.२ प्रतिशत पर्यटकका रुपमा भित्राउन सक्ने हो भने करीव १० लाख पर्यटकको आगमन एशियाबाट मात्र पु¥याउन सकिन्छ । जुन असम्भव पनि छैन, किनकी बौद्ध धर्मका प्रणेता भगवान बुद्धको जन्मभूमि नेपाल हो ।

नेपाल विश्वमा रहेका कुनै पनि देशहरुसँग तुलना गर्न नमिल्ने भूपरिवेष्ठित मुलुक हो । यहाँको जैविक विविधता, प्राकृतिक सौन्दर्य, भाषिक सांस्कृतिक एकता, तराई, पहाड र हिमालको छुट्टाछुट्टै वातावरणीय विविधता, अतिथि देवो भवःभन्ने यहाँका मानिसहरुको संस्कार, परिवेश अनुपम रहेकाले वाह्य पर्यटकहरुको मन लोभ्याउने गर्दछ ।


नेपालमा सन् १९५३ मा तेन्जिङ शेर्पा र हिलारीले सगरमाथा आरोहण गरेपछि नेपालको पर्यटन क्षेत्रले चर्चा पाउन थालेको हो । त्यसपछि विश्वका पर्यटकको ध्यान नेपालका हिमालले खिच्यो । पर्यटन विकासको क्रममा नेपालमा सन् १९७६ मा पर्यटन मन्त्रालयको स्थापना भयो र वन्यजन्तु संरक्षण क्षेत्रहरुको घोषणा भयो । त्यस पछि जैविक विविधताका आधारमा नयाँ पर्यटकीय स्थलहरु पहिचान गरी प्रचारप्रसार समेत भएको छ ।

नेपाल भित्रिने कुल वाह्य पर्यटकहरु मध्ये कम्तीमा ६० प्रतिशत पर्यटक संरक्षित क्षेत्रभित्र रहेको जैविक विविधता हेर्न आउछन । राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, सिमसार तथा अन्य संरक्षित क्षेत्रमा जाने हरेक वर्ष वाह्य पर्यटकहरुको सख्या बढन थालेको छ । विश्वसम्पदा सूचीमा चितवन, सगरमाथा जस्ता संरक्षित क्षेत्र पर्न सफल भएको छ ।विश्वका उत्कृष्ट पर्यटकीय गन्तव्य भनेर चितवन, सगरमाथा, बर्दिया, शुक्लाफाँटा लगायतका क्षेत्र सूचीकृत भएका छन् । यी क्षेत्र जैविक विविधताका धनी क्षेत्र मानिन्छन् ।


राणा कालिन समयमा नेपालमा राजकीय भ्रमण बाहेक कुनै पनि विदेशीहरुलाई नेपाल भ्रमणको अनुमति थिएन । पछि रुसी पर्यटक बोरिस सिसानेबिचले थोमस कुक एण्ड सनमार्फत नेपालमा विदेशी पर्यटकहरु ल्याउन अनुमति पाए । बोरिसलाई दिइएको यो अनुमतिले नेपालमा वाह्य पर्यटक नेपाल भित्रिन शुरु भएको हो । सन् १९५० मा फ्रेन्च नागरिक मरिस हर्जोग र लुइस लाकनलले अन्नपूर्ण हिमाल आरोहण गरे । लगत्तै सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारी सगरमाथाको चुचुरो पुग्न सफल भए । संसारमा १४ ओटा ८ हजार मिटर भन्दा माथि उचाईका हिमालहरु छन । त्यसमध्ये ८ ओटा हिमाल नेपालमा छन् भन्ने कुरा पत्ता लागेपछि नेपाल पर्वतारोहणको प्रमुख गन्तव्य बन्न थाल्यो । हिमाल आरोहणका लागि पनि नेपाल उत्कृष्ट गन्तव्य भएको छ । विश्वकै सर्वोच्च शिखर सगरमाथा नेपालमै छ ।


पर्यटन शब्दको उत्पत्ति फेन्च शब्दबाट भएको मानिन्छ  । सामान्य अर्थमा पर्यटन पर्यटकको माध्यबाट सञ्चालन गरिने व्यवसाय हो  । पर्यटक भन्नाले विभिन्न किसिमका उद्देश्यहरु राखी देशको भौगोलिक सीमानाभित्र वा बाहिर भ्रमण गर्ने व्यक्ति बुझिन्छ र ती व्यक्तिहरुका लागि आवश्यक पर्ने सम्पूर्ण सहयोग उपलब्ध गराउने प्रायोजनले स्थापित व्यवसायलाई नै पर्यटन व्यवसाय भनिन्छ  ।

संसारमा फ्रान्सपछि बढी पर्यटक जाने अर्को देश अमेरिका हो । अमेरिकाले सन् १८५० मा योेसेमिट राष्ट्रिय निकुञ्जको स्थापना गरेको थियो । वन्यजन्तु र झरनाहरुको कारणले यो १८ औं शताब्दीमा विश्वचर्चित भयो । आज वार्षिक ३७ लाख पर्यटकले यो राष्ट्रिय निकुञ्जको भ्रमण गर्छन् । सन् १८६० मा अमेरिकाले अमेरिकाका प्रमुख शहरहरु जोडने अत्याधुनिक रेलमार्गको विकास ग¥यो । त्यसपछि मानिसहरु त्यसबेला रेलमार्ग हुँदै सो राष्ट्रिय निकुञ्जको भ्रमण गर्न लालायित भए । यस पछि अमेरिकाले बुझ्यो भौतिक विकासबाट पर्यटकीय गन्तव्यहरुको सहज पहुँच बनाउनु नै पर्यटन विकास हो ।


भुपरिवेष्ठित देशका मानिस समुन्द्र देख्दा रमाँउदछन अनि सामुन्द्रिक भूगोलका मनिसहरु हिमाल र पहाड देखेर रमाँउदछन् । यो मानवको स्वभाव हो, विविधतामा रमाउने । त्यसैले त हरेक मानिस घुमफिर गर्न रमाउछ । नेपालमा वाह्य पर्यटकहरु हिमाल र जैविक विविधता अर्थात प्रकृती, वनस्पती, जनावर, चराहरु आदी हेर्न नेपाल आँउछन । नेपालमा पाँच हजारभन्दा बढी तालतलैया, दह, कुण्ड, पोखरी र सिमसार क्षेत्र छन् । साना ठूला गरेर नदी, खोला–नालाको सख्या पनि छ हजारभन्दा बढी छन् । देशभरि गरेको अध्ययनका क्रममा पाँच हजार ३ सय ५८ वटा ताल भेटिएका छन् ।

संरक्षणमा बढी चुनौतीमा रहेका र पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण मानिएका अधिकांश ताल उच्च हिमाली र पहाडी क्षेत्रमा रहेका छन् । ती ताल राष्ट्रिय वन, निकुञ्ज तथा वन्यजन्तु आरक्ष, सामुदायिक वन क्षेत्रभित्र रहेका छन् । ताल क्षेत्रलाई सिमसार क्षेत्रका रुपमा पनि चिन्ने गरिन्छ । नेपालका तालतलैयालाई एसियाका ‘वाटर टावर’ पनि भन्ने गरिन्छ । यी जैविक र भौगोलिक विविधता नभएको भए यहाँ वाह्य पर्यटकहरु नेपाल आँउदैन थिए होला ?


त्यसै कारण यतिखेर हामी पर्यटन व्यवसाय वा पर्यटन उद्योगबाट मुलुकको विकास हुन्छ भन्ने कुरामा आशावादी भएका छौ । पर्यटन उद्योगको विकास र विस्तारले विदेशी मुद्रा आर्जन हुन्छ र क्रमशः मुलुकको आर्थिक विकास हुन जान्छ । पर्यटन उद्योगको विकास र विस्तारका लागि प्रचार–प्रसारको साथै पूर्वाधार विकासका लागि लगानीको आवश्यक छ । प्रचार–प्रसार एवं पूर्वाधारको विकास हुने हो भने काठमाडौं, लुम्बीनी वा पशुपति दर्शनलाई आएका पर्यटकहरुलाई मुलुकको अन्य पर्यटकीय क्षेत्र सगरमाथा आधार शिविर, रारा ताल वा तिलिचो ताल अवलोकनमा पनि पु¥याउन सकिन्छ । जसबाट उनीहरुको बसाइ एवं खर्चमा वृद्धि हुँदै जान्छ । ठूलो संख्यामा पर्यटकहरु मुलुकमा भित्रिँदा पर्यटन उद्योगमा लगानीको साथसाथै रोजगारी पनि बढ्दै जान्छ ।


नेपालमा पर्यटनको विकासका लागि सरकार र निजी व्यवसायहरुको सहकार्य आवश्यक छ । निजी क्षेत्रले पर्यटन विकासका लागि गरेका प्रयासलाई सरकारले स्वागत गर्न सक्ने हो भने पनि नेपालको पर्यटन विकासमा सुधार आउन सक्छ । नेपालको पर्यटन विकास र देशको अर्थतन्त्रमा सुधार आउन सक्छ । यस विषमा सबै निकाय गम्भीर हुन जरुरी छ । ऐतिहासीक, पुरात्वतिक, तथा धार्मिक महत्व बोकेका पर्यटकीय सम्भावनाका क्षेत्रलाई लगानीको आवस्यकता रहेको छ । नेपालका पर्यटकीय सम्भावना बोकेका क्षेत्रमा सरकारले लगानी बढाउन नसक्नु र पर्यटकको सेवा सुविधा पु¥याउन नसक्दा पर्यटकीय विकास ओझेलमा परेको छ । सरकारले त्यस्ता क्षेत्रमा लगानी गरेर त्यहाँको भौतीक पूर्वाधार निर्माण गर्न आवश्यक छ ।


चैत्र ११ देखि सुरु भएको लकडाउन अन्त्य भएको छ । तर पनि कोरोना भाइरसले सक्रमित हुनेको सख्या घटेको छैन । यतिखेर हवाईसेवा आंशिक रुपले खुलेको छ । हवाई सेवा खुलेसँगै लामो समयदेखि विभिन्न स्थानमा थन्किएर बसेका पर्यटकहरुलाई बिभिन्न मुलुक र नेपालका जिल्लाहरुमा आवत–जावत गर्न सजिलो भएको छ । सार्वजनीक यातायातका साधन सडकमा गुडन थालेका छन् । तर पनि पर्यटकहरुलाई भ्रमणमा निस्कन जोखिमहरु पनि उत्तिकै छन् । हामीले आशा गरौ यो महामारी लामो समयसम्म रहदैन । अब छिट्टै सामान्य अवस्थामा जनजीवन फर्किने छ र पर्यटनले पुन आफ्नो गती लिने छ ।

गर्मी छल्न पौडी ...

सुनसरीको इनरुवा नगरपालिका-६ स्थित सुनसरी मोरङ सिचाइँ आय ...

गृहमन्त्रीलाई ज्ञाप ...

बाराको निजगढमा मङ्गलबार गृहमन्त्री सुधन गुरुङ ...

भानुजयन्ती प्रभातफेर ...

आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्तीका ...

मादी माध्यमिक विद्या ...

इटहरी । संखुवासभाको मादी माध्यमिक विद्यालय पूर्व विद्या ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]