दशैंको मुखमा न्यायाधीशहरुको सरुवा

  • असोज २२, २०७७ / "नेपाल रेखा"
alt

 

जनक पाण्डे/इटहरी । न्याय परिषदको वुधवारको बैठकले जिल्ला अदालतका १ सय १४ जना माननिय न्यायाधीशहरुको सरुवा सिफारिस गरेको छ ।
परिषदले २९ जना माननिय जिल्ला न्यायाधीशको नयाँ नियुक्ती सहित पदस्थापन सिफारिस पनि गरेको छ । न्याय परिषदको असोज २१ गतेको बैठकले जिल्ला न्यायाधिशहरुको सरुवा सिफारिस र पदस्थापन सिफारिस गरेको हो ।


पदस्थापन सिफारिस भएका मध्ये झापा, मोरङ र सुनसरीमा चार जना न्यायाधीश नयाँ नियुक्ती भइ आएका छन् । सरुवा तथा पदस्थापन भइ आएका न्यायाधीशहरुमा झापामा चार, मोरङ्ग र सुनसरीमा सात÷सात जना सरुवा भएर आउन लागेका हुन् । झापामा दिलकुमार बर्देवा, मोरङ्गमा रोशनकुमार भट्टराई, सुनसरीमा निर्मला योङ्या र रामचन्द्र खड्का पदस्थापन नयाँ नियूक्ति लिएर आउनेछन् ।


सरुवा भइ जानेमा सुनसरी जिल्ला अदालतबाट न्यायाधिसहरुः धर्मराज पौडेल, ईन्द्रकुमार चोङ्टल्ली, शंकरबहादुर राई, खिमानन्द भूषाल, ध्रुवकुमार उप्रेती र मणिराम न्यौपाने सहित ६ जना रहेका छन् । त्यसैगरि सुनसरी जिल्ला अदालतमा सरुवा तथा पदस्थापन भइ आउने न्यायाधिसहरुमा कैलाशप्रसाद सुवेदी, कमलप्रसाद पोखरेल, सुभासवाबु पुरी, हेमबहादुर सेन, टिकेन्द्र दाहाल, रामचन्द्र खड्का र निर्मला योङ्या रहेका छन् । रामचन्द्र खड्का र निर्मला योङया नयाँ नियुक्ति हुन् । सुनसरीका कानून व्यवसायीहरु निर्मला योङ्यलाई सुनसरीमा पहिलो महिला न्यायाधीश रहने बताउँछन् ।

यो निर्णय संगै झापा, मोरङ्ग र सुनसरीका जिल्ला अदालतहरुमा नयाँ न्यायाधीशहरुले आफ्नो कार्याभार सम्हाल्ने छन् । सामान्यतया जिल्ला अदालत र उच्च अदालतमा न्यायाधिसको कार्यावधि दुई बर्ष सम्म रहने प्रावधान रहेको छ । सुनसरीमा १० जना न्यायाधीशको दरबन्दी रहेकोमा ९ जनाको दरबन्दी पूर्ति भएको छ । सुनसरीमा हालसम्म ८ जना न्यायाधीशहरु कार्यरत रहेका थिए ।

 

सिमरा सेजको चार सय न ...

वीरगञ्ज । सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) प्राधिक ...

ट्राफिक नियम उल्लङ्घ ...

काठमाडौँ । के तपाईँ ट्राफिक नियम उल्लङ्घनमा परेपछि प्रह ...

नेपालका प्रजनन स्वास ...

काठमाडौँ । अष्ट्रेलियाको मेलबर्नमा चार दिनसम्म चलेको वि ...

स्वयम्भूनाथमा भक्तजन ...

२५७०औँ बुद्धजयन्तीका अवसरमा आज काठमाडौँको स्व ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]