कृषि दिगोे आयस्रोतको माध्यम " बिकाशमा स्वभाबिक रुपमा जनताको चाहना धेरै छन् "

  • आश्विन २९, २०७७ / "नेपाल रेखा"
alt


नेपालरेखा / नगरबासी कृषकहरुको आयमा बृद्धि गर्दै आत्मनिर्भर बनाउन, कृषि प्रवर्धन र प्रोत्साहनका लागि पथरी शनिश्चरे नगरपालिकाले बिभिन्न कार्यक्रम सहित अनुदानका कार्यक्रम, उन्नत जातका बिउबिजनको बितरण, पशुपालक कृषकका लागि बिभिन्न जातका घाँसका बिउ, औसधी खोप, बिभिन्न कृषि औजार, पानीको आपूर्तिका लागि बोरिङ्ग पाइप, मोटर समेत बितरण गर्ने गरेको छ ।


नगरको संमुन्नत बिकाश र सम्बृद्धिका लागि शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि तथा पूर्वाधार निर्माण लगायतका योजना कार्यक्रमहरुमा काम गर्दै आएको पथरी–शनिश्चरे नगरपालिकाले यूवा स्वरोजगार र जेष्ठ नागरिक बिषेश स्वास्थ्य सेवा कार्यक्रम समेत संचालन गर्दै आएको छ ।


कृषिलाई प्राथमिकतामा राखेर योजनाहरु निमाण गर्ने गरेको पथरी शनिश्चरे नगरपालिका प्रमुख प्रसासकिय अधिकृत अम्बिकाप्रसाद धमला संग नेपालरेखा डटकम का लागि जनक पाण्डेले कुराकानी गरेकाछन् ।


पालिकाको काम संधै चुस्त दुरुस्त राख्ने पथरी शनिश्चरे नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत अम्बिका प्रसाद धमला आफ्नो जिम्मेवारी सम्हाले देखिनै उर्जाशिल, इमान्दार, सुशासन, पारदर्शिता, जवाफदेहिता र पदिय जिम्मेवारी प्रति प्रतिवद्ध छन् ।


जनप्रतिनिधि र जनताको समस्याहरुलाई प्रशासनिक रुपमा सम्बोधन गर्दै सहजिकरण गराउने बिकाश प्रेमी, जनमैत्री, सुशासन प्रेमी सवैलाई समान ब्यवहार गर्ने प्रशासनिक ब्यक्तित्व अम्बिका प्रसाद धमला संग गरिएको कुराकानीको सम्पादित अंशः


नगरको बिकाश निर्माण कार्यहरु कसरी अगाडी गईरहेको छ ?

स्थानिय तह संञ्चालन ऐन,२०७४ तथा कार्यबिधीको परिधीभित्र रहेर कार्यहरु अगाडी बढाईरहेका छौं । आव. ०७७ / ०७८ को बजेट पास भएपछि लकडाउनले काम रोकिए पनि जनतामा राहत तथा उद्धारका कार्यहरु गर्ने काममा ब्यस्त रह्यौं ।
साना, ठुला सवै योजनाहरुमा अनुगमन गरेका छौं । नगरपालिकाको बजेट बाट पास भएका योजनाहरु उपभोक्त समिति मार्फत नभए ठेक्का प्रकृया बाट हुन्छ । कार्यगर्दा सार्वजनिक खरिद प्रकृया अनुसार नै गर्ने गराउने गरेका छौं ।

 

सिंह दरबारको अधिकार नगरमा आएको अनुभूति जनताले महसुस गरेकाछन् त ?

अवस्य पनि संघिय र स्थानिय सरकारको राज्य प्रणालिमा जनताका कार्यहरु आ–आफ्ना बडावाट नै हुनेहुँदा यो अधिकार र सुबिधा जनतामा महशुस भएको हुनुपर्छ । जनताले आफ्नो लागि बिकाश आफैले गर्नेहुँदा बिकाशको गति पनि पहिलाको भन्दा दु्रत गतिमा भईरहेको हामी देख्न सक्छौं । सवैलाई बिकाश चाहिएको छ । अहिले संघियता मन नपराउनु हुनेहरुबाट केहि असन्तुष्टि देखिएपनि राम्रो बिकाश निर्माण भईसकेपछी गुनासाहरु स्वत हराउँदै गएका पनि छन् ।

 

पथरी–शनिश्चरे नगरबासीको प्रमुख आयस्रोत के लाई मान्न सकिन्छ ?

नगरको अधिकांश क्षेत्र कृषि ब्यवशायमा आधारित छ । आर्थिक कारोवारको हिसावमा आसपासका क्षेत्र र नगर क्षेत्रहरु समेटिएको आधारमा धेरैजसोले ब्यापारिक केन्द्रको रुपमा यस नगरलाई बुझ्नुहुन्छ तर नगरको उत्पादन, उत्पादकत्व क्षमताका साथै नगरबासीको पेशागत संलग्नता र नियमित आयस्रोत को हिसावले हेर्दा कृषि ब्यवशायलाई हामिले प्रमुख मान्नुपर्ने हुन्छ । अधिकाँश नगरबासीहरु कृषक हुनुहुन्छ । नगरले पनि कृषि र पशुपालन ब्यावशायमा उहाँहरुको आवश्यकता अनुसार बिभिन्न कृषि प्रवर्धन कार्यक्रम र अनुदानका योजना र कार्यक्रमहरु लैजाने गरेको छ ।

 

तँपाईले प्रसासन सम्हाले यता जनतामा अनुभूति हुनेगरि के कस्ता बिकाश निर्माणका कार्यहरु भए, कसरी सम्झनु हुन्छ ?

यो कुरा मैले भन्ने भन्दापनि, नगरबासीहरुले महशुस गरेर प्रतिकृया जनाउदा वास्तबिक उपलब्धिको अनुभूति हुने हो । २ नं. वडामा पथरी नगर अस्पताल सञ्चालनमा आएको छ । पशु बधस्थलको क्षेत्रगत रुपमा निर्धारण भएको छ । नगरपालिकाका ५ बटा वडा कार्यालय भवनहरु बनेका लगायत प्रत्येक बडामा आधारभूत स्वास्थकेन्द्र स्थापनाको योजना, राजमार्ग जोड्ने सडक र भित्रि सडक निर्माण गरि नगरका सवै वडाहरु जोड्ने पूर्वाधार निर्माणका कामहरुलाई लिनुपर्छ ।



पाँच वर्ष पछि नगरपालिको परिवर्तन कस्तो होला ?

अपेक्षा ठुलो छ । स्वभाबिक रुपमा जनताको चाहना धेरै छ । स्रोत साधन न्यून छन् । न्यून स्रोत र साधनको अधिकतम उपयोग गरेर योजनाहरुमा अगाडी बढ्नुपर्ने हुन्छ । समग्रमा राम्रो छ । बिकाश सन्तोस जनक रुपमा अगाडी बढ्दो छ भन्न सकिन्छ । यो वर्षको कार्यप्रगति हेर्दा ८० प्रतिशत सम्म प्रगति छ भन्न सकिन्छ ।

 

प्रशासनिक कार्यहरु गर्दा केहि कठिनाइहरु आउनेगरेका छन् की ?

त्यस्तो समस्या त भईहाल्छ नि, हामीसंग नगरको आफ्नो बिल्डीङ्ग छैन, भवन छैन । नगरको केन्द्र बिवादका कारण आफ्नो निजी प्रशासनिक भवन बन्न सकेको छैन । आफ्नो प्रसासनिक भवन नहँदा सानोठाउँमा सवैले अटाएर काम गर्नुपर्दा केहि कठिनाइ त भैहाल्छ नि । अन्य सेवा प्रवाह र योजनाका काममा हामी कानुनी परिधीमै रहेर कार्यहरु अगाडी बढ्ने हुन् । फाईनल बिल भूक्तानि बाहेक त्यस्तो कुनै पेश्की भूक्तानि हुँदैन । समस्या पनि आँउदैन । बाँकी चल्दैछन्, ठिक छ ।



काम गर्दा जन प्रतिनिधीहरु संग के कसरी सहकार्य गर्नुहुन्छ ?

सहकार्य बिना त कामै चल्दैन । जनप्रतिनिधी र नगरबासीको साथ र सहयोगले नै हामिले काम गर्ने हो । सवैको साथ, सहयोग र सहकार्य अनुसार नै जानेहँुदा असहयोग भन्ने कुरा हँुदैन । समग्रमा मूल्याँकन ठिकै छ । सवैको स्वाभाव पनि त एकै हँुदैन, सवैसंग मिलेरै जानुपर्छ ।

 

अन्तमा संपूर्ण नगरबासीहरुलाइ के भन्न चाहनुहुन्छ ?

यो समय हामी सवै कोभिड–१९ बिरुद्ध लडिरहेका छौ । यो देश र समाजलाई स्वस्थ्य राख्न र आफू पनि स्बस्थ्य रहनु हामी सवैको दायीत्व हो । कोभिड– १९ बाट बच्न र बचाउन सरकार द्वारा जारि गरिएका स्वास्थ्य मापदण्ड अपनाएर चाडपर्वहरु मनाऔं । नगर कार्यपालिकाको तर्फबाट सम्पूर्णमा आउदै गरेको दशैँ, तिहार र छटपर्व लगायतका पर्वहरुमा हार्दिक मगलमय शुभकामना भन्न चाहन्छु ।

 

विराटनगर महानगर क्षे ...

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र १ सय ९१ ज ...

राउण्ट टेवल नेपालद्व ...

विराटनगर । राउण्ट टेवल नेपालले गरिब तथा विपन्न र जेहेन् ...

सुनको मूल्य प्रतितोल ...

काठमाडौं । स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ । ...

संगित चोकका व्यवसायी ...

इटहरी । इटहरी बजार क्षेत्रलाई आगलागीबाट सुरक्षित राख्न ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]