संस्कृति

    Showing ८१-९० of १०५ items.
  • जितिया महोत्सव मधेसामा मनाइयो

    धिरेन्द्रकुमार चौधरी इनरुवा । थारु र अन्य समुदायका महिलाहरूले परम्परागत कालदेखि जितिया पर्व मनाउदै आएका छन् ।प्रत्येक बर्षमा एक पटक जितिया पर्व मान्ने चलन रहेको छ । पहिले चुलो चौका र घर व्यवहारमा मात्र सिमित रहेका थारु महिलाहरु पछिल्लो समयमा कार्यक्रममा सहभागी हुन थालेका छन् ।थारु महिलाहरू आफ्नो भेष भुषामा सजिएर आफ्नो संस्कार सस्कृती संरक्षण गर्न कार्यक्रममा सहभागी भएका थिए । परम्परागत कालदेखि महिलाहरूले मनाउदै आएको जितिया पर्वको अवसरमा इनरुवा–६ मधेशामा थारु, दलित र अल्पसंख्यक महिला कमिटीको आयोजनामा भब्य कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन इनरुवा नगरपालिकाकी उपप्रमुख विनिताद

    • प्रकाशित मितिः भदौ २६, २०७९
    • १६७ पटक पढिएको
    • नेपाल रेखा
  • उराव समुदायको सांस्कृतिक कार्यक्रमा नेताहरुको भिड

    सुकदेब चौधरी इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा पाचौं करम पूर्व सन्ध्या तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । यहाँ बसोबास गर्ने उराँव समुदायले आफ्नो महान पर्व करम पूजाको अवसरमा पूर्व सन्ध्या तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको हो ।नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठान इनरुवाको आयोजनामा करम पूर्व सन्ध्या कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको प्रतिष्ठानका अध्यक्ष बेचन उराँवले जानकारी दिए । भाद्र पूर्णिमाको दिन करम पूजा मनाइने भएकाले त्यस अघि नै जमरा राखेको र सोही जमारा लगाएर करम पुजा सहित सांस्कृतिक कार्यक्रम गरेको जनाएको छ । करम पूजा मनाउनलाई एक हप्ता अगाडि बाजा–गाजा सहित स्थानीय

    • प्रकाशित मितिः भदौ २६, २०७९
    • ८७ पटक पढिएको
    • नेपाल रेखा
  • चेपाङले मनाए ‘न्वागी’

    भरतपुर । चितवनका चेपाङ समुदायले ‘न्वागी’ पर्व मनाएका छन् । हरेक वर्ष भदौ महिनामा चेपाङ समुदायले यो पर्व मनाउँदै आएका छन् । भदौमा नयाँ अन्नबाली र फलफूल पाकेपछि यो पूजा गर्ने चलन छ । केही वर्षयता नेपाल चेपाङ सङ्घको पहलमा भदौ २२ गतेलाई छोनाम अर्थात् ‘न्वागी’ राष्ट्रिय पर्वको रूपमा मनाउने गरिएको छ । यस दिन चामल, पिँडालु, निबुवा आदि फलफूलले भूमि पूजा गरी पितृलाई खुवाउने गरिन्छ । झाँक्रीले पूजा नगरी गाउँमा नयाँ फलफूल तथा अन्न खाएमा रोगव्याधी लाग्ने विश्वास यो समुदायमा छ । रत्ननगर–१० स्थित गामबेँसी चेपाङ संरक्षण केन्द्रमा पनि त्यसैगरी झाँक्रीले पूजा गरी न्वागी मनाइयो । प

    • प्रकाशित मितिः भदौ २३, २०७९
    • ८९ पटक पढिएको
    • नेपाल रेखा
  • अ.ने.म. संघ (क्रान्तिकारी) द्वारा तीज विशेष कार्यक्रम आयोजना

    इटहरी । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा सुनसरीको इटहरीमा अ.ने.म. संघ (क्रान्तिकारी) इटहरी उपमहानगर समितिले तीज विशेष कार्यक्रमको आयोजना गरेको छ । नेकपा माओवादी केन्द्र पोलिट व्युरो सदस्य एवम् संसदीय दल सचेतक रामकुमारी चौधरीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । विशिष्ट अतिथि प्रदेश १ उपसभामुख सरस्वती पोखरेल, अतिथिहरुमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरु अनिता परियार, सपना परियार (सन्ध्या) रहेका थिए । साथै कार्यक्रममा उत्कृष्ट सांस्कृतिक प्रस्तुती दिनेलाई पुरस्कृत गरिएको थियो । सोही कार्यक्रममा गायिका सुनिता कटुवाल लगायतले प्

    • प्रकाशित मितिः भदौ १५, २०७९
    • १२९ पटक पढिएको
    • नेपाल रेखा
  • कुशे औंसीमा जेष्ठ पिता सम्मानित

    दीपक कार्कीइटहरी । कुसे औँसी तथा बुवाको मुख हेर्ने दिनको अवसर पारेर किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाले जेष्ठ पिता सम्मान कार्यक्रमको आयोजना गरेका छ ।शनिबार संस्थाको सभाहलमा आयोजित कार्यक्रममा सुनसरीभरी बिभिन्न शाखा अन्तरगतका शेयर सदस्यका पीताहरुलाई सम्मान गरिएको हो ।संस्थाका अध्यक्ष शालिकराम ढकालको अध्यक्षता तथा जिल्ला सहकारी संघ सुनसरीका अध्यक्ष गंगाप्रसाद दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ७० वर्ष भन्दा माथिका बृद्ध पिताहरुलाई ढाका टोपी, माला, प्रमाणपत्र र फलफुलले सम्मान गरिएको थियोे । यस्तै संस्थाले उक्त कार्यक्रममा सम्मानित हुने ६६ ज्येष्ठ नागरिकलाई मासिक एक सयका दरले सुर

    • प्रकाशित मितिः भदौ १२, २०७९
    • ३७० पटक पढिएको
    • नेपाल रेखा
  • मिथिलामा चाडबाडको रौनक

    महोत्तरी । साउन शुक्लपक्ष सुरु भएसँगै मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा चाडपर्वको रौनक छाएको छ । साउन महिना नै शिवभक्तिमा झुम्ने मिथिलामा शुक्लपक्ष सुरु भएसँगै एकपछि अर्को पर्वले चाडबाडको रौनक बढाएको हो ।साउन शुक्लपक्षको तृतीया तिथिमा नवविवाहिता मिथिलानी (मिथिलाका नारी) ले १३ दिने मधुश्रावणी पर्व सम्पन्न गरेका छन् । सोही तिथिमै मिथिला झुलनोत्सव सुरु भएको छ । तृतीयादेखि पूर्णिमासम्म मिथिलामा झुलनोत्सवको परम्परा छ । यस अवसरमा मठ, मन्दिर र धार्मिकस्थलहरूमा मर्यादा पुरुषोत्तम श्रीराम र मिथिला नन्दिनी सीताका प्रतिमा चाँदीका डोलामा राखेर भजनकीर्तन गाउँदै ‘झुलाघर’ पुर्याइन्छ । अघि त्

    • प्रकाशित मितिः साउन १७, २०७९
    • ८७ पटक पढिएको
    • नेपाल रेखा
  • नागपञ्चमीमा कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

    कर्णाली । कर्णाली प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेश मन्त्रिपरिषद्को निर्णयानुसार साउन शुक्ल पञ्चमी (नागपञ्चमी)का अवसरमा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।मन्त्रालयका प्रवक्ता उपसचिव निधिराज न्यौपानेले प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक सङ्घसंस्थामा बिदा लागू हुने बताए। प्रदेश मन्त्रिपरिषद्को २०७८ चैत २९ मा बसेको बैठकले प्रदेश सरकारले २०७९ सालमा दिने बिदासम्बन्धी निर्णय गरेको थियो । प्रदेश सरकारले नागपञ्चमीका साथै प्रदेश स्थापना तथा सहिद दिवस भदौ ४ गते, असार १५ धान दिवस (जुम्लाबाहेक), जुम्लामा चैत १२ गते धान दिवस, साउन १ गते देउडा दिवस, भदौ १

    • प्रकाशित मितिः साउन १७, २०७९
    • २८९ पटक पढिएको
    • नेपाल रेखा
  • जथाभावि सवारी पार्किङ्गले थलिएको ट्राफिक ब्यवस्थापन

    जनक पाण्डेसुनसरी÷शडक किनारामा गरिने अब्यवस्थित सवारी पार्किङ्ग अहिले ईटहरीको ट्राफिक ब्यवस्थापनको लागि मूख्य चुनौति बन्दै गएको छ । ईटहरीको शहरी क्षेत्र भित्र मापदण्ड सहितको कुनै सवारी पार्किङ्गको उचित ब्यवस्थापन नहुँदा यस्तो समस्याको श्रृजना भएको हो । तिव्र शहरीकरण, घना बस्ती तर भौतिक संरचना र पूर्वाधारको पूर्ण मापदण्ड बिना निर्माण गरिएका संरचना र त्यसले श्रृजना गरेका अवरोध नै आज ईटहरी का लागि ट्राफिक ब्यवस्थापनको लागि टाउको दुखाई बनेको छ । ईटहरीका अधिकाँस ब्यावशायीक भवन, संघ संस्था, बित्तिय संस्था सुपर मार्केट, डिपार्टमेन्टल स्टोर आदिका आफ्ना निजी पार्किङ्ग नहुँदा शडकमा हुने पार्किङ्ग

    • प्रकाशित मितिः साउन १५, २०७९
    • २५७ पटक पढिएको
    • नेपाल रेखा
  • थारु पोखरीमा ब्रह्माको मूर्ति राखेको भन्दै आपत्ती

    इटहरी । इटहरी उपमहानगरपालिका वडा नम्बर–४ स्थित थारु पोखरीमा यस अघिको इटहरी सरकारले निर्माण सुरु गरेको संरचना हालको इटहरी सरकारलाई समस्याको विषय बनेको छ ।२०७४ सालको स्थानीय तह निर्वाचनबाट निर्वाचित इटहरी सरकारले आर्थिक वर्ष २०७८–२०७९ को बजेटबाट इटहरी–४ स्थित थारु पोखरीमा ब्रह्माको मूर्ति बनाएको थियो । मूल्य अभिवृद्धि कर सहित ३ लाख ८७ हजार ४ सय ६ रुपैया ३२ पैसा लागतमा २०७९–१–८ गते आयोजना सुरु भइ २०७९–३–२९ गते सम्पन्न हुनेगरी सम्झौता अनुसार काम गरियो । तर थारु जातिको सांस्कृतिक पहिचान बोकेको उक्त पोखरीबाट सो संरचनाको थारु कल्याणकारी सभा–४ नम्वर वडा

    • प्रकाशित मितिः साउन ३, २०७९
    • २१८ पटक पढिएको
    • नेपाल रेखा
  • विविध कार्यक्रमसहित भानुको सम्झना

    इटहरी । इटहरी साहित्यिक समूहले बहु उद्देश्यीय सहकारी संस्थाको सभाकक्षमा भानु जयन्ती, भव्य समारोहका बीच सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. बद्रीविशाल पोखरेलले काठमाडौँ निवासी छन्दोबद्ध वरिष्ठ कवि अनुपमा आचार्यलाई १५ हजार रुपियाँको नगद पुरस्कार सहित सम्मान प्रदान गरेका थिए । डा. पोखरेलले मन्तव्यका क्रममा भानुभक्त आचार्यले भाषा साहित्यका क्षेत्रमा गरेको योगदानलाई सिर्जनात्मक रुपमा उपयोग गर्नु पर्ने बताए । उनले नेपालको भाषिक सांस्कृतिक क्षेत्रमा बाह्य प्रभाव र दवाव कम गर्ने हो र हटाउने हो भने एउटै मात्र भाषा साहित्य मात्र होइन नेपालका सबै राष्ट्र भाषाभाषीका बीच सिर्जनात्मक तथा सां

    • प्रकाशित मितिः असार ३०, २०७९
    • १०६ पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]