संस्कृति

    Showing 81-90 of 138 items.
  • नेवारी संस्कृतिमा आधारित तालिम

    इटहरी । नेवारी समुदायको धार्मिक तथा सांस्कृतिक मौलिक परम्परामा आधारित बिभिन्न सामाग्रीहरु बनाउने कार्य युवा पुस्तामा पनि हस्तान्तरण गर्ने उद्देश्यले सञ्चालित पाँच दिने तालिम समापन भएको छ ।नेवाः पुच इटहरीको आयोजनामा सञ्चालित मण्डप, धुप, बाती, टपरी, खाजा लगायतका सामाग्री बनाउने पाँच दिने तालिम समापन भएको हो ।नेवारी समुदायका ४५ जना महिलाहरुको सहभागिता रहेको तालिममा पुष्पा श्रेष्ठले सहजिकरण गरेकी थिइन् । नेपाः बहुउद्देश्य सहकारी संस्थाको प्रायोजन तथा नेवाः मिस पुच इटहरीको संयोजन रहेको तालिम समापन कार्यक्रम नेवाः पुच इटहरीका अध्यक्ष लक्ष्मीप्रकाश श्रेष्ठको अध्यक्षता तथा नेपाः बहुउद्देश्य सहकारीका क

    • प्रकाशित मितिः असार २४, २०८०
    • 160 पटक पढिएको
    • नेपाल रेखा
  • हसन्दहमा धान दिवश मनाईयो

    मोरंग/नेपालरेखा । कृषिकर्मलाई प्रोत्साहन गर्दै पथरी शनिश्चरे नगरपालिकाले आफ्नो नगरको ५ नं. वडा हसन्दहमा असार १५ गतेको अवसरमा धान दिवश मनाएको छ । जलवायु अनुकुलित कृषक मैत्री प्रबिधी, धान उत्पादनमा बृद्धि भन्ने नाराका साथ पथरीशनिश्चरे नगरले हसन्दहमा २०औं राष्ट्रिय धान दिवश-२०८० मनाएको हो । धान दिवश स्थानिय कृष्णबहादुर थापाको खेतमा जनप्रतिनिधी, बिभिन्न संघ संस्थाका प्रतिनिधीहरु लगायत स्थानीय वडा वासीको सहभागितामा सवैले धान रोपेर मनाईएको थियो । धान दिवशमा पथरी शनिश्चरे नगरपालिकाका मेयर मोहन प्रसाद तुम्वापो, उपमेयर देवीमाया काफ्ले, नगरका प्रमुख प्रसासकिय अधिकृत लक्ष्मी खरेल, पुर्व उपमेयर यमुना बिष

    • प्रकाशित मितिः असार १५, २०८०
    • 406 पटक पढिएको
    • नेपाल रेखा
  • पञ्चे बाजा बजाउदै प्रकाशपुरमा मनाइयो धान दिवस

    बराहक्षेत्र । ‘जलवायु अनुकूलित कृषि मैत्रि प्रविधि धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ बराहक्षेत्र नगरपालिकाले २० औं राष्ट्रिय धान दिवस रोपाई गरेर मनाएको छ । बराहक्षेत्र–१० प्रकाशपुरमा पञ्चे बाजासहित नाच गान गर्दै धान दिवास मनाइएको हो ।राजु सुबेदीको खेतमा बराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्की, सोही नगरपालिका उपप्रमुख नन्दकुमारी राई, कृषि विकास मन्त्रालय कोशी प्रदेशका सचिव डा. लेखराज दाहाल, कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख निलकमल सिंह, नगरका प्रशासकीय अधिकृत ऋद्धिप्रकाश सिटौला, बराहक्षेत्र नगरपालिकाको १० नम्बर वडा अध्यक्ष तेजबहादुर गुरुङ्ग, वडा न. ७ का अध्यक्ष कपिल आचा

    • प्रकाशित मितिः असार १५, २०८०
    • 194 पटक पढिएको
    • नेपाल रेखा
  • इटहरीमा प्रथम ऐतिहासिक जगन्नाथ रथयात्रा हुने

    इटहरी । सुनसरीको इटहरीमा प्रथम ऐतिहासिक जगन्नाथ रथयात्रा हुने भएको छ । रथयात्रा कार्यक्रमका विषयमा जानकारी गराउन बिहीवार आयोजना गरिएको पत्रकार सम्मेलनमा यही असार ९ गते भगवान जगन्नाथ, वलदेव र शुभद्रा महारानीको रथ यात्रा गरिन लागेको जानकारी गराएको हो । पत्रकार सम्मेलनमा रथयात्रा कार्यक्रमका अध्यक्ष विष्णु रिजालले यही असार ९ गते दिउँसो ३ वजे देखि इस्कोन इटहरी सेन्टर हटिया लाइनबाट दिव्य किर्तन, नृत्य सहित रथ यात्रा गरिने जानकारी दिए । रथयात्रा पछि राधाकृष्ण शिव मन्दिरमा आएर महा आरती, प्रवचन सहित प्रसाद वितरण गरि कार्यक्रम समापन गरिने इस्कोन इटहरी सेन्टरका प्रमुख प्रचारक ललित माधव दासले पत्रकारहरुल

    • प्रकाशित मितिः असार ८, २०८०
    • 1,505 पटक पढिएको
    • नेपाल रेखा
  • भाषा संरक्षणमा जुटे चितवनका तामाङ समुदाय

    मुग्लिन । चितवनका तामाङ समुदाय भाषा संरक्षणका लागि जुटेका छन् । पछिल्लो समय लोप हुँदै गएको तामाङ भाषाको संरक्षणका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गरेका हुन् । तामाङ पत्रकार संघ चितवनको आयोजनामा एक हप्ते ‘तामाङ भाषा प्रशिक्षण’ सम्पन्न भएको हो । प्रशिक्षणबाट लोप हुँदै गएको तामाङ भाषा संरक्षणमा थोरै भए पनि टेवा पुगेको तामाङ पत्रकार सङ्घ चितवनका अध्यक्ष बबिलाल तामाङले जानकारी दिए । समग्र आदिवासी जनजाति समुदायले आएको मातृभाषा हराउने क्रममा रहेको बेला संघले चितवन जिल्लामा रहेका तामाङ समुदायको सहभागितामा भाषा संरक्षणको लागि कक्षा सञ्चालन गरेको उनको भनाइ छ । भाषा प्रशिक्षण कार्यक्रममा भरत

    • प्रकाशित मितिः असार २, २०८०
    • 164 पटक पढिएको
    • नेपाल रेखा
  • पाहुनालाई पृथ्वीनारायण शाहको मूर्ति उपहार दिइने

    गोरखा । गोरखामा पृथ्वीनारायण शाहको मूर्ति बनाउने तालिम सम्पन्न भएको छ । गोरखा नगरपालिकाको आर्थिक सहयोग तथा महिला उद्यमी सङ्घ गोरखाको आयोजनामा गएको एक महिनाअघि भएको तालिममा १५ महिलाले ‘एड्भान्स’ तालिम लिएको गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिनुभयो ।सहभागीलाई तालिमका क्रममा नेपाल एकीकरणका अभियान्ता तत्कालीन राजा पृथ्वीनारायण शाहको मूर्ति बनाउने, मूर्तिको फ्रेम निर्माण गर्नेलगायताका तालिम प्रदान गरिएको आयोजकले जनाएको छ । यसअघि एकमहिने आधारभूत मूर्ति बनाउने तालिममा सहभागी भएकालाई दोस्रो चरणमा थप एक महिना ‘एड्भान्स’ तालिम प्रदान गरिएको उहाँले बताउनुभ

    • प्रकाशित मितिः जेठ २८, २०८०
    • 188 पटक पढिएको
    • नेपाल रेखा
  • रामजानकी मन्दिरको संरक्षणमा स्थानीय सरकारको ध्यान

    बाबुराम कार्की सुनसरी । प्रकाशपुर बजारमा रहेको रामजानकी मन्दिरको संरक्षणको काम वडा कार्यालयको अगुवाइमा सुरु गरिएको छ । चार दशक अगाडि स्थानीय माईराम चौधरीले प्रकाशपुर बजारमा रामजानकी मन्दिरको स्थापना गरेकी थिइन् । केही वर्षदेखि मन्दिरको नित्यकर्म समेत बन्द रहेको छ । मन्दिर संरक्षण र सम्वद्र्धनको अभावमा मन्दिरको सिमाना अतिक्रमण हुँदै आएपछि स्थानीय सरकारले मन्दिरको संरक्षण गर्न र मिचिएको जग्गा निकाल्ने कामलाई अगाडि बढाएको वडाध्याक्ष तेजबहादुर गुरुङ्ले बताए । “तीन कठ्ठा १७ धुर क्षेत्रफलमा रहेको मन्दिरको घेराबारा उपभोक्ता समिति गठन गरेर वाल लगाउने काम सुरु भएको छ ।&rd

    • प्रकाशित मितिः जेठ १९, २०८०
    • 227 पटक पढिएको
    • नेपाल रेखा
  • किरात राई बान्तवा खिमद्वारा कोसी प्रदेश नाम फिर्ता लिन माग

    इटहरी । किरात राई बान्तवा खिमले कोसी प्रदेश नाम फिर्ता लिई पहिचानसहितको नाम राख्न माग गरेको छ । गणतन्त्र दिवस, किरातीहरुको महान चाड उभौली साकेला, सान्केवा यलम्बर २०८० र यलम्बर सम्बत ५०८३ मनाउदै पहिचानसहितको पुनः नामाकरणको माग गरिएको हो । किरात राई बान्तवा खिम केन्द्रीय कार्यसमितिको आयोजनामा इटहरी–१० मा रहेको खिमको केन्द्रीय कार्यालय तथा बहुउद्देश्यीय सांस्कृतिक संग्राहलयमा भएको कार्यक्रममा किरात सभ्यता, इतिहास, भूगोल र संस्कृतिको सम्मान गर्न कोसीको पुनःनामकरण जरुरी भएको किरात राई बान्तवा खिमका केन्द्रीय अध्यक्ष ज्ञान किराती काम्दुङले बताए । सो कार्यक्रममा किरात राई यायोख्खा केन्द्रीय उपा

    • प्रकाशित मितिः जेठ १६, २०८०
    • 352 पटक पढिएको
    • नेपाल रेखा
  • न्यायपालिकाले सुधारका कार्यक्रमलाई अगाडि बढाइरहेको छ–कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की

    काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायपालिकाको स्वतन्त्रतासम्बन्धी मूल्य, मान्यतालाई अक्षुण्ण राख्दै छिटोछरितो, स्वच्छ, निष्पक्ष, सुलभ, गुणस्तरीय एवं प्रभावकारी न्याय सम्पादन गर्नुपर्ने बताउनुभएको छ ।आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले कानुन दिवस, २०८० को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । “सबैलाई न्याय सुनिश्चित गर्ने तथा सुशासन र गुणस्तरीय सेवा प्रवाहको प्रत्याभूतिमार्फत भरोसायोग्य न्याय प्रणालीको विकास गर्न न्यायपालिकाले विभिन्न सुधारका कार्यक्रमलाई अगाडि बढाइरहेको

    • प्रकाशित मितिः वैशाख २६, २०८०
    • 158 पटक पढिएको
    • नेपाल रेखा
  • मुख्यमन्त्री कार्कीद्वारा उँभौली पर्वको शुभकामना

    इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले किराँत समुदायको महान् चाड ‘उँभौली पर्व’को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्णमा सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री कार्कीले आज विज्ञप्ति जारी गर्दै उँभौली पर्व, प्रकृति पूजक वा धर्ती पूजक, अर्थात् नेपालका किराँत समुदायभित्रका विभिन्न जातिले मनाउने प्रसिद्ध पर्व भएको उल्लेख गर्नुभएको छ । यसको अर्को नाम ‘साकेला पर्व’ पनि हो । उँभौली पर्वलाई ऋतु परिवर्तनको सङ्केत दिने पर्वका रुपमा पनि मनाउने गरिन्छ । वैशाख शुक्ल पूर्णिमादेखि एक महिनासम्म मनाइने उँभौली पर्व वसन्त ऋतुमा पर्दछ ।

    • प्रकाशित मितिः वैशाख २२, २०८०
    • 115 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]