नेवारी संस्कृतिमा आधारित तालिम

  • असार २४, २०८० / नेपाल रेखा
alt

इटहरी । नेवारी समुदायको धार्मिक तथा सांस्कृतिक मौलिक परम्परामा आधारित बिभिन्न सामाग्रीहरु बनाउने कार्य युवा पुस्तामा पनि हस्तान्तरण गर्ने उद्देश्यले सञ्चालित पाँच दिने तालिम समापन भएको छ ।
नेवाः पुच इटहरीको आयोजनामा सञ्चालित मण्डप, धुप, बाती, टपरी, खाजा लगायतका सामाग्री बनाउने पाँच दिने तालिम समापन भएको हो ।
नेवारी समुदायका ४५ जना महिलाहरुको सहभागिता रहेको तालिममा पुष्पा श्रेष्ठले सहजिकरण गरेकी थिइन् । नेपाः बहुउद्देश्य सहकारी संस्थाको प्रायोजन तथा नेवाः मिस पुच इटहरीको संयोजन रहेको तालिम समापन कार्यक्रम नेवाः पुच इटहरीका अध्यक्ष लक्ष्मीप्रकाश श्रेष्ठको अध्यक्षता तथा नेपाः बहुउद्देश्य सहकारीका कार्यवाहक अध्यक्ष जितेन्द्र बहादुर श्रेष्ठको प्रमुख आथित्य रहेको थियो ।
नयाँ पुस्तालाई पुरानो चालचलन सहित संस्कारहरु सिकाउने उद्देश्यले आयोजना गरिएको तालिमको संयोजन भीमबहादुर श्रेष्ठको संयोजकत्व रहेको थियो । यही असार १९ गतेबाट सञ्चालित पाँच दिने तालिमका उपलव्धीमुलक भएको तालिम संयोजक संस्था नेवाः मिस पुचकी उपाध्यक्ष कौशलिया श्रेष्ठले जानकारी दिइन् । नेवाः पुचले समय समयमा नेवार समुदायका विभिन्न कला, संस्कार, सांस्कृतिक पक्ष लगायतका विषयवस्तु समेटेर युवा पुस्तालाई तालिम प्रदान गर्दै आएको छ ।

tapari

 

दशैंको मुस्कान पछाडि ...

  दशैं नजिकिँदै छ। घरमा हाँसो, टीका, जमरा, मिठो ख ...

भेडेटार पार्क ...

पूर्वको प्रसिद्ध पर्यटकीयस्थल धनकुटाको भेडेटा ...

बिक्री गर्दै बाँसका ...

जनकपुरधाम उपमहानगरपालिका-६ पेठिया बजारमा बाँस ...

बूढीगण्डकी नदीकाे बा ...

बाढी आएपछि गोरखास्थित बूढीगण्डकी नदी आसपास क् ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]