किरात राई बान्तवा खिमद्वारा कोसी प्रदेश नाम फिर्ता लिन माग

  • जेठ १६, २०८० / नेपाल रेखा
alt

इटहरी । किरात राई बान्तवा खिमले कोसी प्रदेश नाम फिर्ता लिई पहिचानसहितको नाम राख्न माग गरेको छ ।
गणतन्त्र दिवस, किरातीहरुको महान चाड उभौली साकेला, सान्केवा यलम्बर २०८० र यलम्बर सम्बत ५०८३ मनाउदै पहिचानसहितको पुनः नामाकरणको माग गरिएको हो ।
किरात राई बान्तवा खिम केन्द्रीय कार्यसमितिको आयोजनामा इटहरी–१० मा रहेको खिमको केन्द्रीय कार्यालय तथा बहुउद्देश्यीय सांस्कृतिक संग्राहलयमा भएको कार्यक्रममा किरात सभ्यता, इतिहास, भूगोल र संस्कृतिको सम्मान गर्न कोसीको पुनःनामकरण जरुरी भएको किरात राई बान्तवा खिमका केन्द्रीय अध्यक्ष ज्ञान किराती काम्दुङले बताए ।
सो कार्यक्रममा किरात राई यायोख्खा केन्द्रीय उपाध्यक्ष जनक राई, नेकपा माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य मदन चुडाल, इटहरी वडा नम्बर १० का अध्यक्ष अवधेश चौधरी, नागरिक समाज इटहरी उपाध्यक्ष आरके कोयु राई, खिम विराटनगर महानगर अध्यक्ष हाङ्गकोन युमा राईलगायतले कोसीको पुनःनामाकरण गर्दा पहिचानमा आधारित हुनु पर्ने बताएका थिए । कार्यक्रमको संचालन खिम केन्द्रीय सचिव रिता राराहाङ्ग राईले गरेकी थिइन् ।

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]