रामजानकी मन्दिरको संरक्षणमा स्थानीय सरकारको ध्यान

  • जेठ १९, २०८० / नेपाल रेखा
alt

बाबुराम कार्की
सुनसरी । प्रकाशपुर बजारमा रहेको रामजानकी मन्दिरको संरक्षणको काम वडा कार्यालयको अगुवाइमा सुरु गरिएको छ ।
चार दशक अगाडि स्थानीय माईराम चौधरीले प्रकाशपुर बजारमा रामजानकी मन्दिरको स्थापना गरेकी थिइन् । केही वर्षदेखि मन्दिरको नित्यकर्म समेत बन्द रहेको छ ।
मन्दिर संरक्षण र सम्वद्र्धनको अभावमा मन्दिरको सिमाना अतिक्रमण हुँदै आएपछि स्थानीय सरकारले मन्दिरको संरक्षण गर्न र मिचिएको जग्गा निकाल्ने कामलाई अगाडि बढाएको वडाध्याक्ष तेजबहादुर गुरुङ्ले बताए । “तीन कठ्ठा १७ धुर क्षेत्रफलमा रहेको मन्दिरको घेराबारा उपभोक्ता समिति गठन गरेर वाल लगाउने काम सुरु भएको छ ।”
उनी भन्छन्, “वडाक्षेत्र भित्र रहेका मठ, मन्दिर, पार्टीपौवा लगायत सार्वजानिक चल, अचल सम्पत्तिको संरक्षण र सम्वद्र्धन गर्नु स्थानीय सरकारको दायित्व हो । हामीमाथि जनताले गरेको भरोसा र विश्वासलाई शिरोधार्य गर्दै कामहरु अगाडि बढाउदै लगेका छौ ।” “अहिले सार्वजानिक सम्पत्तिको संरक्षण हाम्रो पुस्ताले नगरे भावी पुस्ताले हामीलाई धिक्कार्ने छ । मन्दिरको जग्गा अतिक्रमण हुँदै गएपछि १५ लाख बजेट बिनियोजन गरेर मन्दिर क्षेत्रको सीमाना छुट्याई पर्खाल लगाउने काम भइरहेको छ ।”
रामजानकी मन्दिरको संरक्षण गर्न स्थानीय सरकार लागेपछि स्थानीयहरु पनि खुसी भएका छन् । “स्थानीयको जनभावना अनुसार जनप्रतिनिधिले काम गरेकोमा हामी सबै खुसी छौँ” स्थानीय रामबाबु रौनियारले भने ।
यत्तिका वर्षसम्म मन्दिरको घेराबारा गर्न कसैले आँट गरेनन्, अहिलेका युवा वडाध्याक्ष भाइले राम्रो काम गरेको मन्दिर वाल निर्माण समितिका अध्यक्ष केशव राईले बताए ।
“मन्दिरको दक्षिणपट्टिको केही फिट जग्गा मिचिएकोे थियो । नक्साअनुसारको जग्गा निकालेका छौँ । मन्दिरको सबै सीमाना क्लियर भएर वाल निर्माणको काम अघि बढेको छ ।’
प्रकाशपुर बजार क्षेत्रभित्र रहेको जग्गालाई संरक्षण गरेर मन्दिरलाई सञ्चालन गर्न स्थानीयहरुले पटक पटक पहलकदमी गरेपनि हुन सकेको थिएन स्थानीय अनमोल रौनियारले बताए । मन्दिर संचालनमा आएपछि दैनिक विहान, बेलुका पूजापाठ गर्न पूजारीको व्यवस्था, धर्मशाला र विवाहमण्डप निर्माण गरी वडा क्षेत्रमा हुने रातीको विवाह ब्रतबन्ध लगायतका धार्मिक कार्यहरु गर्न समेत सहज हुने अध्यक्ष गुरुङ् बताउछन् ।
मधेशी समुदायमा रातिको विवाह गर्ने परम्परा भएको हुँदा सबैलाई सहज होस् भनेर आवश्यक निमार्णका कामहरु समेत चाडै डिपिआरको काम अगाडि बढाइने गुरुङ्ले बताए ।
हाम्रो क्षेत्रको संसद ज्ञानेन्द्र बहादुर कार्कीले चुनावको बेला मन्दिरमा आउदा मन्दिरको घेरावार हुने कुरामा ढुक्क हुनुहोस् भन्नु भएको थियो काम भइरहेको छ स्थानीय विनोद रौनियारले त्यो दिनलाई सम्झिदै भने ।
मन्दिरमा धर्मशाला र विवाह मण्डप बनेपछि प्रकाशपुरको गहनाको रुपमा रहने स्थानीय समाजसेवी ओम कोइराला बताउछन् ।
रामजानकी मन्दिर संचालनमा आउदा केहि माछेले रोजगारी समेत पाउने निर्माण समितिका सचिव राममणि आर्चया वताउछन् । उनी भन्छन् बजार क्षेत्रभित्र रहेकाले पूजा पसलहरु समेत चल्ने छन् ।
रामजानकी मन्दिरदेखि पाँच किलोमिटर पूर्वमा रहेको रामधुनी मन्दिरसँग धार्मिक सर्किटमा जोडेर विवाह पञ्चमीमा रामधुनीबाट जन्ति आउने र रामजानकी मन्दिरमा विवाह उत्सव मनाउने कार्यको थालनी गरी धार्मिक पर्यटनलाई जोड्न सकिने स्थानीय रामप्रकाश कोइराला बताउछन् ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]