इटहरीमा प्रथम ऐतिहासिक जगन्नाथ रथयात्रा हुने

  • असार ८, २०८० / नेपाल रेखा
alt

इटहरी । सुनसरीको इटहरीमा प्रथम ऐतिहासिक जगन्नाथ रथयात्रा हुने भएको छ । रथयात्रा कार्यक्रमका विषयमा जानकारी गराउन बिहीवार आयोजना गरिएको पत्रकार सम्मेलनमा यही असार ९ गते भगवान जगन्नाथ, वलदेव र शुभद्रा महारानीको रथ यात्रा गरिन लागेको जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा रथयात्रा कार्यक्रमका अध्यक्ष विष्णु रिजालले यही असार ९ गते दिउँसो ३ वजे देखि इस्कोन इटहरी सेन्टर हटिया लाइनबाट दिव्य किर्तन, नृत्य सहित रथ यात्रा गरिने जानकारी दिए ।
रथयात्रा पछि राधाकृष्ण शिव मन्दिरमा आएर महा आरती, प्रवचन सहित प्रसाद वितरण गरि कार्यक्रम समापन गरिने इस्कोन इटहरी सेन्टरका प्रमुख प्रचारक ललित माधव दासले पत्रकारहरुलाई जानकारी गराए ।
रथयात्रामा इटहरी तथा आसपासका क्षेत्रका २ हजार देखि ३ हजार जना सम्म भक्तजनहरुको सहभागिता रहने अनुमान गरिएको छ । जगन्नाथ पुरीसँग जोडिने यस प्रकारको रथ यात्रा सुनसरीको इटहरीमा पहिलो पटक आयोजना हुन लागेको समेत जानकारी गराइयो । पछिल्लो समयमा इस्कोन इटहरीले यस क्षेत्रमा विभिन्न धार्मिक गतिविधिहरु गर्दै आएको छ ।

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]