इटहरीमा प्रथम ऐतिहासिक जगन्नाथ रथयात्रा हुने

  • असार ८, २०८० / नेपाल रेखा
alt

इटहरी । सुनसरीको इटहरीमा प्रथम ऐतिहासिक जगन्नाथ रथयात्रा हुने भएको छ । रथयात्रा कार्यक्रमका विषयमा जानकारी गराउन बिहीवार आयोजना गरिएको पत्रकार सम्मेलनमा यही असार ९ गते भगवान जगन्नाथ, वलदेव र शुभद्रा महारानीको रथ यात्रा गरिन लागेको जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा रथयात्रा कार्यक्रमका अध्यक्ष विष्णु रिजालले यही असार ९ गते दिउँसो ३ वजे देखि इस्कोन इटहरी सेन्टर हटिया लाइनबाट दिव्य किर्तन, नृत्य सहित रथ यात्रा गरिने जानकारी दिए ।
रथयात्रा पछि राधाकृष्ण शिव मन्दिरमा आएर महा आरती, प्रवचन सहित प्रसाद वितरण गरि कार्यक्रम समापन गरिने इस्कोन इटहरी सेन्टरका प्रमुख प्रचारक ललित माधव दासले पत्रकारहरुलाई जानकारी गराए ।
रथयात्रामा इटहरी तथा आसपासका क्षेत्रका २ हजार देखि ३ हजार जना सम्म भक्तजनहरुको सहभागिता रहने अनुमान गरिएको छ । जगन्नाथ पुरीसँग जोडिने यस प्रकारको रथ यात्रा सुनसरीको इटहरीमा पहिलो पटक आयोजना हुन लागेको समेत जानकारी गराइयो । पछिल्लो समयमा इस्कोन इटहरीले यस क्षेत्रमा विभिन्न धार्मिक गतिविधिहरु गर्दै आएको छ ।

सुनको मूल्य तोलामा १ ...

काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु ...

सुनको मूल्य निरन्तर ...

काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य निरन्तर ब ...

इटहरीमा दिप प्रज्ज्व ...

इटहरी । सुनसरीको इटहरीमा १७ औं गणतन्त्र दिवस मनाइएको छ ...

चुरे उत्थानशील आयोजन ...

इटहरी । अन्तर्राष्ट्रिय जैविक विविधता दिवसको उपलक्ष्यमा ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]