बराहक्षेत्र । ‘जलवायु अनुकूलित कृषि मैत्रि प्रविधि धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ बराहक्षेत्र नगरपालिकाले २० औं राष्ट्रिय धान दिवस रोपाई गरेर मनाएको छ ।
बराहक्षेत्र–१० प्रकाशपुरमा पञ्चे बाजासहित नाच गान गर्दै धान दिवास मनाइएको हो ।
राजु सुबेदीको खेतमा बराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्की, सोही नगरपालिका उपप्रमुख नन्दकुमारी राई, कृषि विकास मन्त्रालय कोशी प्रदेशका सचिव डा. लेखराज दाहाल, कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख निलकमल सिंह, नगरका प्रशासकीय अधिकृत ऋद्धिप्रकाश सिटौला, बराहक्षेत्र नगरपालिकाको १० नम्बर वडा अध्यक्ष तेजबहादुर गुरुङ्ग, वडा न. ७ का अध्यक्ष कपिल आचार्य, जिल्ला कृषि सहकारी संघ सुनसरीका अध्यक्ष भोलाकाजी बस्नेत, कृषि शाखा बराहक्षेत्रका तुलसा लिम्बू र प्राविधिक नीर बहादुर राई लगायत स्थानीयबासीको सहभागितामा धान रोपाई गरेर दिवस मनाइएको छ ।
बराहक्षेत्र नगरपालिका कृषिको उर्वर क्षेत्र रहेकोले उत्पादन बढाउन सम्पूर्ण कृषकहरू लाग्नुपर्ने नगर प्रमुख कार्कीले आग्रह गर्दै नगरपालिकाले कृषिक्षेत्रमा आवश्यक सहयोग गर्ने बताए । उनले भने–‘कृषीमा आधुनिक प्रविधिको आवश्यकता रहेको बताउदै क्रमश विकास गरिदै लगिने छ ।’
कृषि सहकारी संघ सुनसरीको आयोजनामा भएको कार्यक्रमको ब्यवस्थापन कृषि सहकारी समन्वय समितिले गरेको थियो ।
समन्वय समितिका अध्यक्ष रबिन घिमिरेको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन खेम थापाले गरेका थिए ।
नगरक्षेत्रमा ११ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको कृषि शाखा बराहक्षेत्रले जनाएको छ ।