इटहरी । थारु समुदायले धुमधामका साथ मनाउने महान पर्व माघे सक्रान्तिका अवसरमा सुनसरीको दुहवीमा माघी सांस्कृतिक कार्यक्रम आयोजना गरि मनाइएको छ ।थारु विद्यार्थी समाज सुनसरी, मोरङको संयुक्त आयोजनामा नव निर्वाचित संघीय तथा प्रदेश सभा सदस्यहरुलाई बधाई तथा सम्मान र प्रथम सांस्कृतिक कार्यक्रम आयोजना गरिएको हो ।थारु जातिको पहिचान संस्कृतिलाई जर्गेना गर्ने कार्यमा युवाहरुलाई जागृत गर्ने तथा थारु समुदायले मनाउने नयाँ वर्ष माघीलाई निरन्तरता दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका अध्यक्ष राजेशकुमार माझीले जानकारी दिए ।सास्कृतिक कार्यक्रम दुहवी थारु समुदायले नयाँ अन्नवाली भूमिदेवलाई चढाएर खाने
इटहरी । यलम्वर संवत ५०८३ को अवसर पारेर सुनसरीको इटहरीमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरियो ।किराँत मुन्धुम अध्ययन केन्द्र नेपाल सुनसरी मोरङको संयुक्त आयोजनामा इटहरीमा यलम्वर संवत अन्तरगत नयाँ वर्ष ५०८३ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको हो ।वसन्त राईको अध्यक्षता तथा किराँत मुन्धुम अध्ययन केन्द्र नेपालकी केन्द्रीय कोषाध्यक्ष माया राईको प्रमुख आतिथ्यमा भएको शुभकामना आदान प्रदान कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिदै जाने समेत वक्ताहरुले बताए । कार्यक्रममा किराँत राई सुन्निमा संघ इटहरीकी अध्यक्ष सिता राई लगायतका अतिथीहरुको सहभागिता रहेको थियो । यलम्वर संवत पुरानो संवत भएपनि
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले गुरुङ जातिको महान् चाड तमु ल्होसारको सुखद् अवसरमा देश, विदेशमा बस्ने सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।“तमु ल्होसार पर्व गुरुङ जातिले नयाँ वर्ष सुरुआतको रूपमा मनाउने गर्दछन् । दाजुभाइ आफन्त, नाताकुटुम्ब भेला भएर सामूहिकरूपमा खाना खाने यो पर्वमा मौलिक सांस्कृतिक नाचगान गर्ने, मान्यजनबाट आशीर्वाद लिने, परम्परागत जातीय वेषभूषा लगाउने चलन छ । यो पर्वका बेला घाटु, सोरठी र चुड्का भनेर प्रचलित कौडा नाचेर आफन्त, परिवार र साथीभाइसँग रमाइलो गरिन्छ मुख
काठमाडौँ । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १३८ औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किराँत, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उनको महत्वपूर्ण योगदान रहेको छ । समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माणसमेत गर्नुभएको थियो । जसलाई सत्य धर्म मुचुल्का भनिन्छ । यो १९८८ साल वैशाख २४ गते जारी गरिएको थियो । किराँत समाज सुधारका लागि नीतिसमेत निर्माण गरी योगदान गरेका फाल्गुनन्दको निधन २००५ सालमा भएको हो । किराँत समाज सुधारमा उनले पु¥याएको योगदानको कदर गर्दै उनलाई २०६६ मङ्सिर १६ गते
महेन्द्रनगर । सिरहा र धनुषाको सिमाना स्थित कमला नदीमा भूत मेला लागेको छ । आज नदी किनारमा बिहानैदेखि स्नान गर्ने श्रद्धालुको घुइँचो लागेको छ । कमलाको उत्तराहिनी , सारश्वर, चिकना, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया, इनर्वालगायतका घाटमा भक्तजनको भीड नै लागेको छ । कार्तिक पूर्णिमामा कमलामा स्नान गर्नाले भूतबैताल भाग्ने र धामी–झाँक्रीले तान्त्रिक सिद्धिप्राप्त गर्ने जनविश्वास रहेको छ ।बर्सेनि धामी–झाँक्रीले भूत र घरको कूलदेवता खेल्दै कमला नदीमा पुगेर स्नान गर्ने चलन सदियौँदेखि रहिआएको र त्यसैले यसलाई भूत मेला भन्ने गरिएको बताइएको छ । आजको दिन नयाँ–नयाँ धामी–झाँक्री कमला स्न
काठमाडौँ ।चान्द्रमास अनुसार प्रचलनमा रहेको मौलिक नेपाल संवत् ११४३ लाई आज बिहान सूर्योदयसँगै स्वागत गरिएको छ ।नेपाल संवत् ११४३ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । बिहान सूर्योदयसँगै नयाँ वर्ष सुरु भएको खुसीयालीमा अहिले राजधानीका विभिन्न स्थानमा शुभकामना ¥याली निकाल्ने तयारी भएको नयाँ वर्ष (न्हूँ द) मूल समारोह समितिले जनाएको छ ।यस संवत्लाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेको छ । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुआत गराउनुभएको थियो । नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको
इटहरी । विगतका वर्षहरुझै यस वर्ष पनि छैठ सेवा समिति इटहरीले इटहरी उपमहानगरपालिका र सुन्दरहरैचा नगरपालिकाको संगम स्थल बुढिगंगा जमुना मुक्तिधाममा छैठ पर्व कार्यक्रमको आयोजना गर्ने भएको छ ।पत्रकार सम्मेलन गरी संस्थाले छैठ पर्व पुजाको तयारी एवं कार्यक्रमको जानकारी दिएको छ । छैठ पर्व विशेष कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको पत्रकार सम्मेलनमा बताइयो । प्रत्येक वर्ष सो अवसरमा इटहरी लगायत आसपासका स्थानबाट अत्याधिक मात्रामा श्रद्धालु भक्तजनहरुको घुइचो लाग्ने गरेको छ । यस वर्ष २ लाख २५ हजार बढी भक्तजनहरुको सहभागिता रहने आयोजकले विश्वास लिएको छ । ११ गते शोभायात्रा, १२ गते खरना, १३ गते छैठ पुजा सुभारम्
त्रिवेणी । रामप्रसाद नेपालीले जिल्लाको कावासोतीमा मादलको व्यापार गर्न थालेको २२ वर्ष पुगेको छ । मादल बेचेरै दुई दशक बिताएका उनको पसलमा यसपालि भने ग्राहकको खासै चहलपहल छैन । नयाँ मादल किन्नेको सङ्ख्या निकै न्यून छ । तिहारले छोपिसक्दा केही पुराना मादलमा खरी हाल्न आउने गरेका छन् । तर नयाँ मादल किन्नेको सङ्ख्या निकै न्यून भएको उनले बताए । “तिहारले छोपिसक्यो, नयाँ मादल तेस्तै २५ वटा राखेको थिएँ, लगभग सबै बाँकी छ, बिक्री भएको छैन, पुरानो केही मादलमा खरी लगाउने कामबाहेक अहिले केही छैन”, व्यवसायी नेपालीले भने, “तिहारमा मादलको किनबेचमा ग्राहको चहलपहल छैन ।” पछिल्लो केही दिनयता
इटहरी । सुनसरीको इटहरीमा विगत तीन वर्ष देखि रमाइलो मेला सञ्चालन हुन नसकिरहेको समयमा यस वर्ष भने दशैं, तिहारको अवसर पारेर रमाइलो मेला लगाइने भएको छ ।इटहरी उपमहानगरपालिका वडा नम्बर–९ मा रहेको जनता माध्यमिक विद्यालयमा हरेक वर्ष बनाइने दुर्गा पुजा स्थल नजिकै रमाइलो मेला सञ्चालन गर्ने तयारी गरिएको हो ।इटहरी फुटबल क्लबको आयोजनामा चाडपर्वको अवसर पारेर असोज १० गते देखि रमाइलो मेला सञ्चालन गर्न लागिएको मेला सञ्चालक कपिल गुरुङ्गले जानकारी दिए ।उनले विगत तीन वर्ष देखि इटहरीमा मेला सञ्चालन नभइरहेको अवस्थामा आफूहरुले मेला सञ्चालन गर्न लागेको समेत बताए ।इटहरीमा विगत एक दशक अघि देखि सामूहिक दुर्गा पुजा
धिरेन्द्रकुमार चौधरी रामधुनी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भगिनी संगठन अ.ने.म.संघ (क्रान्तिकारी) र थारु राष्ट्रिय मुक्ति मोर्चा नगर कमिटी रामधुनीको आयोजनामा जितिया बिषेश कार्यक्रम मंगलबार झुम्कामा मनाइएको छ । कार्यक्रममा प्रमुख अतिथी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) केन्द्रीय सदस्य एवम् अ.ने.म.संघ ( क्रान्तिकारी) केन्द्रिय सचिवालय सदस्य सपना परियारले हरेक महिलाको अधिकार सुनिश्चिताका लागि संविधानमा व्यवस्था गरिएपनि कार्यान्वयनमा कठिनाई भएको बताइन् । उनले भनिन्–‘त्यसैलेअझै पनि उपलब्धि अधिकारको रक्षा गर्दै एकतावद्ध भइ आवाज उठाउन आबश्यक छ ।’ सो अवस