अर्घा भगवती मन्दिरमा धार्मिक पर्यटक बढे

  • कार्तिक १०, २०८० / नेपाल रेखा
alt

अर्घाखाँची ।अर्घाखाँचीको धार्मिक तथा पर्यटकीयस्थल अर्घा भगवती मन्दिरमा पछिल्लो समय धार्मिक पर्यटकको वृद्धि भएको छ ।
बडादसैँमा विशेष पूजाआजा हुने यस मन्दिरमा कोजाग्रत पूर्णिमाका दिनसम्म देवी भागवती, वेद पाठ पारायण तथा दुर्गा सप्तशती पाठ भइरहेको पण्डित केशवराज आचार्य बताउनुहुन्छ । बडादसैँको घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म विशेष विधिबाट यहाँ पूजा गरिन्छ ।
कोजाग्रत पूर्णिमाका दिन सराये नाच हुने गर्छ । अर्घाको सरोये नाच देशभर प्रसिद्ध छ । हालः यस मन्दिरमा एसियाकै सबैभन्दा ठूलो भगवती मन्दिरको मूर्ति प्रतिस्थापन गरिएको छ । अर्घा दरबार अर्थात् अर्घा भगवती मन्दिरमा दस फिटको बेसमा, २१ फिटको मूर्ति राखिएको छ । मूर्तिसँगै सेल्फी खिच्ने पनि बढेका छन् ।
मूर्ति प्रतिस्थापनसँगै मन्दिर तथा पौवा निर्माण गरिएको छ । दरबार तथा मन्दिर वरिपरि चिटिक्क पारिएको छ । लिच्छवीकालदेखि नै यस दरबार तथा मन्दिरमा पूजाआजा हुँदै आइहेको मन्दिर संरक्षण समितिका अध्यक्ष सरोज भुसालको भनाइ छ ।
लुम्बिनीमा आएका पर्यटक तथा अर्घाखाँचीकै धार्मिक पर्यटकीयस्थल सुपा देउरालीमा आएका पर्यटकलाई सदरमुकाम सन्धिखर्क हुँदै अर्घामा लैजान एसियाकै सबैभन्दा ठूलो भगवती देवीको मूर्ति स्थापना गरिएको हो । सन्धिखर्क नगरपालिकाका पूर्वप्रमुख कमलप्रसाद भुसालले उक्त मूर्ति स्थापनाका लागि पहल गर्नुभएको थियो ।
गौतमबुद्धको जन्मस्थल लुम्बिनीसँगै गुल्मीको रेसुङ्गा र प्युठानको स्वर्गद्वारीमा आएका पर्यटकलाई अर्घा दरबारमा लैजाने उद्देश्यले मूर्ति स्थापना गरिएको नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ।

गोरखा दरबारबाट विधिप ...

गोरखा । बडादसैँको सातौँ दिन शनिवार गोरखा दरबारको दसैँघर ...

पूर्ण लोकतन्त्रको सङ ...

– सरोजकुमार मिश्र मधेसी समाजमा एउटा निकै प्रचलित ...

आज फूलपाती भित्र्याइ ...

काठमाडौँ । नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा न ...

गौरादहमा लालपैनी खोल ...

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र भौतिक प ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]