सर्दु जलाधार क्षेत्रमा समुहगत सहभागिता जनाउँदै बृक्षारोपण

  • असार २४, २०८० / नेपाल रेखा
alt


जनक पाण्डे
इटहरी । सर्दु जलाधार क्षेत्रको संरक्षण गर्ने उद्देश्य सहित धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्ग राईले सुरु गरेको बृक्षारोपण कार्यमा सामाजिक संघ संगठनहरुले बृक्षा रोपन कार्यमा समूहगत सहभागिता जनाएर साथ दिएका छन् । समूहगत रुपमा सहभागिता जनाएर भोजपुर समाज सेवा केन्द्र सुनसरीले शनिबार बृक्षारोपण गरेर उक्त कार्यमा साथ दिएको हो ।

जनश्रमदानमा आधारित उक्त बृक्षारोपण कार्यमा बिभिन्न क्षेत्र र स्थानबाट मानिसहरुले श्रमदानमा साथ दिइरहेका छन् । ब्यक्तिहरुले साम्पाङ्गले थालनी गरेको कार्यको प्रशंसा गर्दै आफु बृक्षा रोपणमा सहभागि भएको बताएका छन् । भोजपुर सेवा समाज केन्द्रका अध्यक्ष शालिग्राम पाण्डेले यस्तो वातावरणसंग प्रत्यक्ष सम्बन्ध राख्ने बृक्षारोपण जस्तो राम्रो कार्य सवैतिर हुनुपर्ने बताएका छन् ।

357336627_1332043887695165_1557755504523077549_n

त्यसैगरेर, बृक्षारोपण कार्यमा स्वतन्त्र नागरिक समाज सुनसरीले पनि सामूहिक रुपमा सहभागिता जनाएर बृक्षारोपण गरेको छ । बृक्षारोपणलाई सुरुवात जसले गरेपनि सराह्रनीय रहेको बताउँदै यसलाई शिक्षाको रुपमा लिइनुपर्ने समाजका सुनसरी उपसंयोजक मोहन ढकालले बताए ।

शनिबारको बृक्षारोपण कार्यमा इटहरीबाट भोजपुर सेवा समाज केन्द्र, स्वतन्त्र नागरिक समाज सुनसरी र प्रकृति मानव केन्द्रित ज्ञान अभियान नेपालले बृक्षारोपण कार्यमा समूहगत रुपले सहभागिता जनाएका थिए । बृक्षारोपणमा राजन बस्नेत, भक्तिप्रसाद पराजुली, सिता ढकाल, मनोज श्रेष्ठ, शिवबहादुर खतिवडा, उत्तम रेग्मी, जनक पाण्डे, दिनेश कोईराला, टिका दंगाल, शिव काफ्लेले सहभागिता जनाएका थिए । त्यस्तै, सबिता कोईराला, दिमोशा मगर, भोला रौनियार, शिव राई, हिरा आचार्य र सुष्मा तिम्सिनाले बृक्षारोपणमा सहभागिता जनाएका थिए ।

त्यस्तै शनिबार नै स्वतन्त्र नागरिक समाज सुन्दरहरैचा पनि कार्यमा सहभागि भएको छ । धरानको सर्दु जलाधार क्षेत्रको संरक्षणकालागि बृक्षारोपण कार्यमा सहभागिता जनाएर समाजका सुन्दरहरैचा संयोजक चिरन्जिवी शिवाकोटीले ऐक्यबद्धता ब्यक्त गरेका छन् ।355758072_1312233626370908_6580442329145059436_n

धरानमा पच्चिस लाख बिरुवा रोप्ने योजना अनुसार धरान उपमहानगर पालिका अन्तर्गतको २० नं. वडा अन्तरगतको सर्दु जलाधार क्षेत्र, श्रम संस्कृती पार्कमा बृक्षारोपण भइरहेको छ ।
बृक्षहरुमा बिभिन्न जातका रुख, धुपी, फलफुल आँप लगायत मौसम अनुकूलका बिभिन्न प्रजातिका बिरुवाहरु रोपीएका छन् । धरानमा साम्पाङ्गको अगुवाईमा गत बर्षदेखि बिरुवा रोपिदै आएको छ ।

गोधुली साँझमा माछा म ...

सुनसरीको कोसी गाउँपालिकास्थित नेपाल-भारत सीमामा पर्ने म ...

तीव्र गतिको हावाहुरी ...

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था ...

वागेश्वरी मन्दिर ...

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२ स्थित घरबा ...

एस.ई.ई. स्पिकर प्रति ...

धरान । र्याडिकल लाईट नेपाल प्रा.लि. धरानको आयोजनामा सञ् ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]