रामधुनीमा अष्ठचिरन्जिबी भगवानको मन्दिर स्थापना

  • असार ३१, २०८० / नेपाल रेखा
alt

धिरेन्द्रकुमार चौधरी
रामधुनी । रामधुनी नगरपालिका वडा नम्बर–४ सुनसरीमा रहेको नेपालको प्रसिद्ध तिर्थस्थल रामधुनी मन्दिर परिसरमा अष्ठचिरन्जिबी भगवानको मन्दिरमा मूर्ति स्थापना गरिएको छ ।
निर्माण समितिका शालिकराम ढकालले मन्दिरमा भगवान मारकेन्डम, वलि, व्यास, हनुमान, बिभिषण, कृपाचार्य, अस्वस्थामा र पर्शुरामलगायत आठ भगवानको मूर्ति प्रतिस्थापन गरिएको जानकारी दिए । त्यस मन्दिरमा अष्ठचिरन्जिबीका साथै भगवान गणेश र सास्तिका भगवानको मूर्ति स्थापना गरिएको छ ।
ती मूर्तिहरु भारतको बनारसमा निर्माण गरि ल्याइएको निर्माण समितिले जनाएको छ ।
रामधुनी–१ मा रहेको जनसरोकार नागरीक उपभोक्ता मन्चको आयोजनामा तीन बर्ष अगाडि मन्दिर निर्माण शुरु गरेको हो । रामधुनी नपाका तत्कालीन नगर प्रमुख जयप्रकाश चौधरीले मन्दिरको शिलान्यास गरेका थिए।
मन्दिर निर्माणका लागि स्थानीय नपाको साढे दस लाख रुपैया बजेट र दाताहरुको सहयोगमा मन्दिर निर्माण भएको निर्माण समितिले जनाएको छ ।
दाताहरु प्रहरी उपरीक्षक प्रभु ढकाल, इश्वरी न्यौपाने, शालिकराम ढकाल, घनश्याम रिजाल, नारायण श्रेष्ठ, हिम प्रसाद लिम्बु, प्रमोद खडका, बालकृष्ण ढुंगाना, ईश्वरी आचार्य लगायत अन्य समाजसेवीहरुको सहयोगमा मन्दिर निर्माण भएको नागरिक जनसरोकार उपभोक्ता मंचका उपाध्यक्ष तुलसी गेलालले जानकारी दिए ।
करीब आधा करोड रुपैया लागतमा मन्दिर निर्माण गरिएको छ भने मन्दिरको पूर्ण निर्माण कार्य केहि बाँकी रहेको समितिले जनाएको छ ।
धार्मिक मान्यता अनुसार अष्ठचिरन्जिबी भग्वानको भौतिक शरीर नरहेता पनि आत्मा जिबितै रहेको जनबिश्वास रहेको छ । यस मन्दिरमा जन्म दिनको अबसरमा पुजाआजा गर्दा सुखशान्ती हुने जनविश्वास रहेको छ ।

गोरखा दरबारबाट विधिप ...

गोरखा । बडादसैँको सातौँ दिन शनिवार गोरखा दरबारको दसैँघर ...

पूर्ण लोकतन्त्रको सङ ...

– सरोजकुमार मिश्र मधेसी समाजमा एउटा निकै प्रचलित ...

आज फूलपाती भित्र्याइ ...

काठमाडौँ । नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा न ...

गौरादहमा लालपैनी खोल ...

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र भौतिक प ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]