बाबुराम मुडियारी
विराटनगर । नेपालीहरूको महान चाड विजया दशमीको अवसर पारेर मनोरञ्जनका साथै स्थानीय खानाको परिकारको बजारीकरण गर्दै संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले विराटनगरमा ७ दिने दशैँ कार्निभल २०८० फुड फेस्टिवलको आयोजना सञ्चालन गरिएको छ ।
सो फुड फेस्टिबलमा खानाका परिकारका साथै घरेलु उत्पादनहरूको पनि स्टलहरू राखिएका छन् । फुड फेस्टिबललाई मनोरञ्जनका लागि स्थानीय कलाकारहरूको प्रस्तुती रहेको छ । फेस्टिबल अवलोकनमा आउने उपभोक्ता तथा पर्यटकहरूलाई मनोरञ्जनका लागि स्थानीय कलाकारहरूको प्रस्तुति र प्रवेश निःशुल्क रहेको आयोजकले जनाएको छ ।
फेस्टिबल मञ्जिना मुभिज क्रिएसन र भाजु युवराज फाउण्डेसनले आयोजना गरेको हो । मञ्जिना मुभिज क्रिएसन र भाजु युवराज फाउण्डेशनको आयोजनामा भइरहेको फुड फेस्टिबल असोज २८ गते सुरु भएको हो । यो कार्तिक ४ गते अर्थात दशैँको फुलपातीसम्म ७ दिन सञ्चालन हुने जानकारी मञ्जिना मुभिज क्रिएसनका तर्फबाट जतिन ताम्राकार र भाजु युवराज फाउण्डेसनको तर्फबाट यूनेशराज श्रेष्ठले जानकारी गराएका छन् ।
फुड फेस्टिवलमा विराटनगरको हिमालय रोड देखी ट्राफिक चोकसम्म को सडक लाई दशैं भाइब्स श्रीङ्गारले सजि सजाऊ गरिएको छ ।यहाँ नेवारी, मारवाडी, थारू लगायत विभिन्न जातजातिका २५ वटा भन्दा बढी खाना लगाएत घरेलु उत्पादन वस्तु हरूको स्टल राखिएका छन् ।साथै छिमेकी मुलुक भारतको पनि केही भारतीय खानाको परिकारको स्टल पनि रहेको छ ।