इटहरीमा विराट सत्संग समारोह हुँदै

  • भदौ १९, २०८० / नेपाल रेखा
alt

इटहरी । नेपाल मानव धर्म सेवा समितिले ‘विराट सत्संग समारोह–२०८०’ आयोजना गर्ने भएको छ । समितिले असोज १९ र २० मा इटहरीमा दुई दिवसीय विराट सत्संग समारोह आयोजना गर्ने भएको हो ।
मानव–मानवबिचको प्रेम, सद्भाव, सहिष्णुता एवम् आध्यात्मिक ज्ञानको अपार शक्तिबाट व्यक्ति, समाज, देश एवम् समग्र विश्वमा ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया’ को महान् प्रेरणा जागृत गराउने उद्देश्य राखी आयोजना हुन लागिरहेको विराट सत्संग समारोह–२०८० को उद्घाटन सतपालजी महाराजबाट हुनेछ ।
समारोहमा आत्मानुभवी सन्त महात्माहरूद्वारा सत्संग प्रवचन एवम् नाम चलेका कलाकारहरूबाट भक्ति सङ्गीत एवम् साँस्कृतिक कार्यक्रमहरूको प्रस्तुति समेत रहनेछ । समितिले विभिन्न धार्मिक आस्थामा विश्वास राख्ने मनको शान्ति तथा अटुट आध्यात्मिक सुखको चाँसो र खोजी गर्न चाहनेका लागि समारोह एक कोशेढुङ्गा साबित हुने बताएको छ ।

सिमरा सेजको चार सय न ...

वीरगञ्ज । सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) प्राधिक ...

ट्राफिक नियम उल्लङ्घ ...

काठमाडौँ । के तपाईँ ट्राफिक नियम उल्लङ्घनमा परेपछि प्रह ...

नेपालका प्रजनन स्वास ...

काठमाडौँ । अष्ट्रेलियाको मेलबर्नमा चार दिनसम्म चलेको वि ...

स्वयम्भूनाथमा भक्तजन ...

२५७०औँ बुद्धजयन्तीका अवसरमा आज काठमाडौँको स्व ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]