काठमाडौँ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रुपमा आरम्भ हुँदैछ । बिहान ११ः०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि तिहार सुरु भएको हो । बिहान ११ः०१ बजेपछि कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस वर्ष यमदीपदान भने भोलि अर्थात् बुधबारदेखि सुरु हुनेछ । काग तिहार पनि कात्तिक १४ गते बुधबार नै परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । बिहान त्रयोदशी परेका दिन धनतेरस अर्थात् धनत्र
विराटनगर । विराटनगर–१० सनसारीमाईस्थानस्थित भीमसेन मन्दिर सेवा समितिको आयोजनामा मंगलबार भीमसेनजात्रा निकालिएको छ ।मन्दिर परिसरमा आयोजित कार्यक्रममा कोशी प्रदेशका पर्यटनमन्त्री सदानन्द मण्डलले भीमसेनको मूर्तिमा पूजापाठ गरेर जात्राको शुभारम्भ गरेका थिए । मन्दिर परिसरबाट झ्याँकीसहित निकालिएको भीमसेनजात्रा ट्राफिकचोक, महेन्द्रचोक, शनिमन्दिर, भृकुटीचोक, डिएसपी रोड हुँदै अतिथिसदन, जलजलाचोक, बुधहाटचोक, रेम्बो गल्ली हुँदै झिः पुचमा पुगेर समानपन भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मण्डलले नेपाल बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक मुलुक भएको बताए । उनले नेपालमा बसोबास गर्ने सबै जातजातिक
चन्दन रौनियार दुहबी । सुनसरीको दुहबीमा कृष्ण जन्माष्टमी महोत्सवको तयारी सुरु भएको छ ।बुधबार दुहबीको कृष्ण मन्दिरमा पत्रकार सम्मेलनको आयोजना गरी दुहबीमा भदौं १० गते हुन लागेको कृष्ण जन्माष्टमी महोत्सवको तयारी सुरु गरेको कृष्ण जन्माष्टमी पुजा तथा मेला महोत्सव समिति अध्यक्ष पंकज हलुवाइले जानकारी दिए । दुहबी साविक वडा नम्बर ९ हालको वडा नं. ६ मा प्रत्येक बर्ष मनाउँदै आएको कृष्ण जन्माष्टमी महोत्सब यस वर्ष पनि मनाउनका लागि एक महिना अघि देखि राधा कृष्ण मन्दिर दुहबीका मूल समिती तयारीमा जुटेको पत्रकार सम्मेलनमा बताइयो । कृष्ण जन्माष्टमी महोत्सवलाई सफलता पूर्वक सफल बनाउनका लागि २ सय १ जनाको मूल समिती, १
इटहरी / २०८१ भदौ १ आज इटहरीमा रिचा काफ्ले युटुब च्यानलमार्फत सार्वजनिक गरिएको ‘मसिनो खाउँला, सुकिलो लाउँला’ बोलको तीज गीतले नेपाली समाजको मौलिक स्वरूप समेटेको भन्दै प्रशंसा गरिएको छ । गायक तथा सङ्गीतकार दुर्गा पराजुलीको सभापतित्वमा भएको लोकार्पण समारोहमा बोल्ने वक्ताहरूले तीज गीतका नाममा अश्लील शब्दहरू राखेर नाच्ने, गाउने विकृत परम्परा सुरु भएकोमा चिन्ता व्यक्त गरे । उनीहरूले त्यस्ता विकृतिविरुद्ध प्रहार गर्दै कवि गणेश खड्काको रचना, ऋचा काफ्लेको स्वर तथा दुर्गा पराजुलीको सङ्गीतमा सिर्जना गरिएको ‘मसिनो खाउँला, सुकिलो लाउँला’ बोलको गीतले नेपाली संस्कृतिप्रति जागरण ल्याउ
काठमाडौँ । आज साउनको अन्तिम सोमबार पशुपतिनाथसहित देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । पशुपतिनाथमा बिहान ४ बजेदेखि आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केका एक लाख १५ हजार भक्तजनले दिउँसो १२ बजेभित्र दर्शन गरेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो ।अन्य दिनको तुलनमा आज दर्शनार्थीको घुइँचो बढेपछि सुरक्षाकर्मी एवं स्वयम्सेवक खटाइएको विकास कोषले जनाएकोछ । भक्तजनको सहजताका लागि बिहानैदेखि मन्दिरका चारै ढोका खुला गरिएको छ । दर्शनार्थीका सुरक्षाका लागि स्वयंसेवक परिचालन, दर्शन सहजीकरण, स्वास्थ्य शिविर, खाने पानीलगायत व्यवस्थापन गरिएको प्रवक्ता अध
ताप्लेजुङ । एक वर्षको अवधिमा दुई लाख ३१ हजार तीन सय ३४ भक्तजनले पाथीभरा देवीको दर्शन गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार आव २०८०÷८१ को असारमा मात्र दुई हजार सात सय ५६ जनाले देवीको दर्शन गरेका हुन् । आवको २०८०–८१ पहिलो महिना अर्थात् गत साउनामा एक हजार एक सय २२ तीर्थयात्रीले पूजापाठ गरेका थिए । यसैगरी भदौमा पाँच हजार, असोजमा १० हजार तीन सय ४३ जनाले पाथीभरामा पुगेर पूजापाठ गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।पाथीभरामा विशेषगरी बडादसैँ र वसन्त ऋतुको समयमा भक्तजनको चाप बढ्ने गरेको देखिन्छ । बडादसैँपछि चैतेदसैँ (रामनवमी)का समयमा
विराटनगर । विराटनगर–३ मा स्थापित गरिएको सिद्धेश्वर महादेव मन्दिर तथा सामुदायिक भवनको उद्घाटन गरिएको छ । बालसन्त मोहनशरण देवाचार्यले शुक्रबार उक्त मन्दिर तथा सामुदायिक भवनको उद्घाटन गर्नुभएको हो ।भारतको नर्मदा नदीबाट प्राकृतिक शिबलिङलाई स्थापित गरिएको छ । तीन दिन सम्म ७ जना पण्डितहरुले होम होमादी गरी प्राणप्रतिष्ठा गरिएको मन्दिर तथा सामुदायिक भवनका अध्यक्ष रामप्रसाद घिमिरेले जानकारी दिनु भएकोछ ।वि.स.२०७९ सालमा माघमा बालब्यास पं.कपिलदेव चालिसेद्वारा वाचन गरी भएको श्रीमद्भागवत् महापुराणवाट संकलित रकमबाट मन्दिर तथा सामुदायिक भवन बनेको हो ।यो मन्दिर विराटनगरका लागि नौलो पनि रहेको छ । मन्दिरको
धरान । पछिल्लो समय लिम्बू संस्कार र संस्कृतिलाई संरक्षण गर्न पूर्वमा रहेका लिम्बू चलचित्रकर्मीहरुले छोटा लिम्बू चलचित्रहरु निर्माणमा तिव्रता दिन थालेका छन् । लिम्बु जातिको रहनसहन संस्कृतिलाई देखाउन, लिम्बुहरुको बिभिन्न संस्कारहरु बिहे, मृत्यु बिभिन्न बिधीहरुलाई आधार मानेर सर्ट मुभी निर्माण भैरहेका छन् । यसैक्रममा लिम्बुहरुको बिहेको संस्कारसँग जोडिएको सर्ट मुभी खोक्पा पनि निर्माण गरेर पहिलो शो, केही समय अघी कोशी प्रदेश सरकारले आयोजना गरेको ’चलचित्र महोत्सव’ मा प्रदर्शन गरेर दर्शकहरुको माया पाइसकेको छ । लिम्बू जातिमा छोरी चेली विवाह गरेर गएपछि रीतिरिवाज अनुसार कोसेली बुझ्नुलाई खोक्पा
इटहरी । इटहरी वडा नं. १ मा सञ्चालित राष्ट्रिय माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक एवम् अक्षयकोष दाता स्व. लोकेन्द्रप्रसाद अधिकारीको वार्षिक पुण्य तिथिको अवसरमा बुधबार विद्यार्थीको स्वास्थ्य परीक्षण गरिएको छ। स्वर्गीय अधिकारीको परिवारका तर्फबाट विद्यालयमा अध्ययनरत बालबालिकाहरुका लागि बाल रोग तथा दन्त रोग शिविर आयोजना गरिएको हो । जसमा ८२ जना बाल रोगी र १३१ जना दन्त रोगीहरुको स्वास्थ्य परीक्षण सम्पन्न गरियो । स्वर्गीय अधिकारीका धर्मपत्नी दूर्गादेवी अधिकारी, छोरा नवराज अधिकारीलगायत अधिकारी परिवारको अगुवाईमा शिविर आयोजना भएको विद्यालयका सहायक प्रधानाध्यापक लक्ष्मी सुवेदीले बताए।
कुमोद अधिकारी विराटनगर । सुनसरी जिल्लाको वराहक्षेत्र नगरपालिका–१ स्थित चतराधाममा आयोजना हुन लागेको बाह्रवर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाको सम्पूर्ण तयारी पूरा भएको छ ।महाकुम्भ मेला आयोजक समितिका अनुसार कोशी किनार स्थित चतराधाममा यहि चैत–२७ गते देखि वैसाख–२८ गतेसम्म एक महिना महाकुम्भ मेला आयोजना हुदैछ ।महाकुम्भ मेला स्थलमा आवास गृह, स्नान गृह, यज्ञ मण्डल तथा ठुलाठुला पण्डालहरुको निर्माणका साथै सडक, विजुली वत्ती तथा खानेपानी जडानको काम सम्पन्न भएको छ । भक्तजनहरुको सहजताका लागि आवासको व्यवस्था निःशुल्क भोजन, पाँच स्थानमा सवारी पार्किङको व्यवस्था, ठुलो संख्यामा मेलामा सहभागित